×

NMB BANK
NIC ASIA

जाजरकोट भूकम्प

इपिसेन्टरको भयावह : अक्सिजन सकियो, अस्पतालमा बेड छैन, स्कूलमा राखेर उपचारको तयारी

काठमाडाैं | कात्तिक १८, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ ।

Muktinath Bank

नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भत्किएका घरहरूमा पुगेर उद्धारको काम बाँकी नै रहेकाले मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने देखिएको छ ।


Advertisment
Nabil box
Kumari

भूकम्पको इपिसेन्टर रहेको जाजरकोटको नलगाड नगरपालिकास्थित दल्लीमा रहेको नगर अस्पतालमा घाइतेहरूलाई उपचारका लागि भर्ना गारिएको  छ । तर, सीमित स्रोत साधन र सीमित जनशक्तिका कारण निकै समस्या भएको अस्पतालका इन्चार्ज राजेश सिंहले बताएका छन् ।

Vianet communication
Laxmi Bank

उनका अनुसार ४२ जना घाइतेहरू उक्त अस्पतालमा उपचाररत छन् । तीमध्ये ५ जनाको अवस्था गम्भीर रहेको सिंहले बताए । उनीहरूलाई थप उपचारका लागि थाप्लेस्थित अस्पतालमा रिफर गर्ने तयारी भइरहेको सिंहले बताए ।

'अस्पतालमा ल्याइएकालाई हामीले प्राथमिक उपचार दिएर जसोतसो टिकाएका छौं । केही घाइतेको स्वास्थ्य अवस्थामा सुधार पनि आएको छ,' अस्पतालका इञ्चार्ज सिंहले लोकान्तरसँग भने, 'हामीसँग भएको अक्सिजन पनि सिद्धिन थाल्यो । अब थप बिरामीलाई दिने अक्सिजन छैन ।'

सीमित भौतिक संरचना रहेको अस्पतालमा बेडको समेत अभाव रहेको उनले बताए ।

'अब थप घाइते वा बिरामी भर्न गर्न बेड छैन । कुनै स्कूललाई नै तत्काल अस्पतालको रूपमा प्रयोग गर्नुपर्ला,' सिंहले थपे, 'हामीलाई दक्ष स्वास्थ्यकर्मीको समेत अभाव भएको छ ।'

उक्त अस्पतालमा एकजना मात्र एमबीबीएस चिकित्सक छन् । २६ जना स्वास्थ्यकर्मीले मिलेर रातिदेखि नै उपचार गरिरहेको उनले बताए ।

अस्पताल ल्याउँदै गर्दा मृत्यु भएका ६ जनाको शव पनि सोही अस्पतालमा राखिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x