मंसिर ३, २०८०
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
लुजान–अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी)का प्रमुख थोमस बाखले ६ देखि ८ प्यालेस्टिनी खेलाडीले पेरिस ओलम्पिकमा भाग लिने अपेक्षा गरिएको बताएका छन् । उनका अनुसार खेलका लागि छनोट हुन अयोग्य भए पनि केहीलाई र्आओसीले आमन्त्रण गर्नेछ ।
बाखले शुक्रबार एएफपीलाई जुलाई २६ देखि शुरू हुने पेरिस ओलम्पिक खेलका लागि धेरै खेलका छनोट कार्यक्रम जारी रहेको बताए । ‘तर कुनै पनि प्यालेस्टिनी खेलाडी खेल मैदानमा छनोट भएन भने पनि योग्य खेलाडी नभएका अन्य राष्ट्रिय ओलम्कि समिति जस्तै प्यालेस्टिनको ओलम्पिक समितिले आइओसीको निमन्त्रणाबाट लाभ उठाउनेछ,’ स्विट्जरल्यान्डको लुजानस्थित आइओसीको मुख्यालयमा एक अन्तरवार्तामा उनले भने ।
उनले प्यालेस्टिनी प्रतिनिधिमण्डलको सङ्ख्या ‘छदेखि आठ’ हुने अपेक्षा गरिएको बताए । बाखले गाजामा ‘युद्धको पहिलो दिनदेखि’ नै आईओसीले ‘खेलाडीहरूको योग्यतामा भाग लिने र आफ्नो प्रशिक्षण जारी राख्ने अनुमति दिनका लागि विभिन्न तरिकामा समर्थन गरेको’ जानकारी दिए ।
इजराइल र गाजामा युद्धको तुलनामा युक्रेनमाथिको आक्रमणलाई लिएर आईओसीले रुसलाई फरक व्यवहार गरेको भन्ने भनाइलाई बाखले अस्वीकार गरे । युक्रेनमा आक्रमण गरेपछि रुसलाई धेरै अन्तर्राष्ट्रिय खेलबाट निलम्बन गरिएको थियो र उसका खेलाडीहरूलाई पेरिस २०२४ ओलम्पिकमा राष्ट्रिय झन्डामुनि रहेर प्रतिस्पर्धा गर्न प्रतिबन्ध लगाइएको थियो ।
पेरिस ओलम्पिकमा भाग लिनका लागि रुसले युक्रेनविरुद्धको युद्धलाई सार्वजनिकरूपमा समर्थन नगरेको र सेना वा सुरक्षा सेवाहरूले काम नगरेको हुन आवश्यक छ । सन् २०२२ मा बेइजिङमा आयोजित शीतकालीन ओलम्पिक लगत्तै युक्रेनमा आफ्नो आक्रमणमा मस्कोले ‘ओलम्पिक युद्धविरामको’ उल्लङ्घन गरेको र युक्रेनी खेल सङ्गठनहरूलाई कब्जा गरेका कारण रुसमाथि प्रतिबन्ध लगाइएको थियो ।
‘इजराइल र प्यालेस्टिनबीचको अवस्था पूरै भिन्न छ,’ बाखले भने । इजराइलमा हमासको आक्रमण र गाजामा युद्धको ‘भयानक परिणामहरू’ प्रति युक्रेनको सार्वजनिक भनाइमा एकअर्काप्रति समान रहेको बाखले बताए ।
‘पहिलो दिनदेखि हामीले अक्टोबर ७ र फेरि युद्ध तथा त्यसको परिणामका बारेमा हामी कति भयभीत थियौँ भनेर भनेका थियौँ,’ उनले भने, ‘हामीले युक्रेनमा रुसी आक्रमणलाई लिएर सधैँ स्पष्ट छौँ ।’
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...