कात्तिक ६, २०८०
ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...
काठमाडौं, १७ पुस- नेपाली मुद्रा बजारमा लगानी योग्य पूजी अभाव देखिएपछि बैंकहरुले आर्कषक व्याज दर देखाएर सर्वसाधारणबाट रकम (निक्षेप) तान्न थालेका छन् । बैंकहरुले आफूसँग भएको कर्जायोग्य पुँजी सकिएपछि ८ देखि १२ प्रतिशतसम्म व्याजदरमा निक्षेप संकलन सुरु गरेका हुन् । जसका कारण निक्षेपको व्यादरसँगै कर्जाको व्याजदर पनि ह्वात्तै बढेको छ ।
यसले साना लगानीकर्ताको रकम उठाउने सके फाइदा हुने विज्ञहरु बताउँछन् । अर्थविद् दिपेन्द्र बहादुर क्षेत्री भन्छन्, अहिलेको अवस्थामा व्याज राम्रो पाउने हुँदा सानो पूँजी संकलन गर्न सके सर्बसाधारणलाई राम्रो फाईदा हुन्छ ।, बैंकहरुले कर्जायोग्य लगानी बढाउन सक्छन ।’
निक्षेपमा आकर्षक व्याज
अहिले केही बैंकले तरलताको अभावलाई समाधान गर्न न्यूनतम साढे ८ देखि १२ प्रतिशत व्याजमा निक्षेप ल्याउने आर्कषक योजना सार्वजनिक गरेका छन् ।
कृषि विकास बैंकले तलरता अभाव भएपछि सर्वसाधारणबाट निक्षेप तान्न साढे ८ प्रतिशत व्याज दिने गरी एडीबीएल स्वर्ण निक्षेप योजना ल्याएको छ ।
जनता बैंकले १० प्रतिशत व्याज दिने गरी जनता फिक्सड डिपोजिट योजना ल्याएको छ । एनआईसी एसिया बैंकले अल्पकालका लागि साढे ८ प्रतिशतमा फिक्स डिपोजिट योजना ल्याएको छ भने मेगा बैंकले वर्षिक १० प्रतिशत व्याज दरमा मेगा सुपर फिक्स्ड डिपोजिट स्किम सार्वजनिक गरेका छन् ।
‘कर्जा मात्रै बढ्यो’
खासगरी निक्षेप भन्दा कर्जा बृद्धिदर बढेपछि लगानीयोग्य पुँजीको अभाव देखिएको बैंकरहरु बताउँछन् । चुनावी खर्च, रेमिट्यान्स आप्रवाह घट्नु, राजनीतिक अस्थिरताका कारण पनि बैंकहरुमा लगानी गर्ने पुँजीको अभाव देखिएको हो ।
लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत झलक खनालकाअनुसार अहिले निक्षेपको बृद्धिदरभन्दा कर्जा बृद्धिदर ह्वात्तै बढेकाले प्रयाप्त लगानी गर्न नसकिएको हो । यसको प्रमुख कारण पुस महिनामा राजस्वमा ठूलो रकम जम्मा हुनु नै हो । ‘पुसमा राजस्वको रुपमा ठूलो पूँजी सरकारी ढुकुटीमा जम्मा भएर बसेको छ । पूँजीगत खर्च पनि निकै थोरै मात्रै भएको छ, यसैले बजारमा रकम अभाव देखिएको हो’ खनालले लोकान्तरसँग भने ।
विकास बैंकहरुले अहिले २ वर्षको मुद्दतिमा साढे ११ प्रतिशतसम्म व्याज दिएर पूँजी संकलन गरिरहेको उनले बताए ।
पुँजी अभाव नै देखिएपछि अहिले कतिपय बैंकहरुले लगानी बढाउन नसक्ने बताएका छन् । अधिकांश वाणिज्य बैंकको कर्जा लगानी तथा निक्षेप अनुपात (सीडी रेसियो) ८०÷२० प्रतिशत अनुपात सीमामा पुगिसकेकाले थप लगानी गर्ने अवस्था नरहेको बैंकरले बताएका छन् । बैंकले कूल पूँजीको ८० प्रतिशत मात्र लगानी गर्न पाउँछन् ।
ठूलो समस्या होइनः राष्ट्र बैंक
बजारमा हल्ला भएजस्तो तरलता अभाव नभए पनि लगानी गर्न मिल्ने पूँजीमा मात्रै केही कमी भएको नेपाल राष्ट्र बैंकको दाबी छ । राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले भन्छन्, ‘अहिले बैकिङ प्रणालीमा ठूलो रकम अभाव भएको होइन, बजारमा लगानीयोग्य पुँजीमा करीब ४ अर्ब कमी देखिएको छ , यो ठूलो तरलता समस्या भन्न मिल्दैन् ।’
गत वर्ष ३५ अर्ब हाराहारीमा तरलता अभाव देखिदा समेत समाधान भएको बताउँदै उनले यो अल्पकालीन समस्या भएकाले केही समयमै समाधान हुने पौडेलको भनाइ छ ।
तरलता घट्नुमा सरकारी ढुकुटीमा ठूलो रकम जम्मा हुनु नै प्रमुख कारण रहेको उनको भनाइ छ । सरकारी ढुकुटीको रकम खर्च भएर बजारमा आए बजारमा तरलताको समस्या स्वतः समाधान हुने उनले बताए ।
राष्ट्र बैंकले अल्पकालीन रुपमा बैकिङ प्रणालीमा तरलता बढाउन वाणिज्य बैंक, विकास बैक र वित्त कम्पनीलाई बोलकबोलबाट लगानी गर्ने भएपछि यो अभाव केही समाधान हुने विज्ञहरु बताउँछन् ।
‘ठूलो पूँजी होल्ड भयो’
राष्ट्र बैंकका पूर्व गर्भनर समेत रहेका अर्थविद् दिपेन्द्र बहादुर क्षेत्रीले बैंकहरुले सानो सानो पूँजीलाई प्राथमिकता दिएर संकलन गर्न नसक्दा यस्ता समस्या देखिने बताउँछन् । लोकान्तरसँगको कुराकानीमा क्षेत्री भन्छन्, ‘निक्षेप संकलन भएन तर कर्जाको माग बढ्यो भनेर बैंकहरुले भनिरहे पनि सानो रकम उठाउन बैंकहरु तयार हुनुपर्यो । त्यसका लागि बैंकहरु तयार छैनन् ।’
नेपाली मुद्रा बजारमा बेला बेला उतार चढाव देखिने, अल्पकालीन समस्याहरु देखिइरहनुको प्रमुख कारण राजनीतिक अस्थिरता पनि एक प्रमुख कारण भएको क्षेत्रीको भनाई छ ।
‘अहिले ४ खर्बभन्दा बढी रकम राज्यको ढुकुटी होल्ड भएर बसेको छ, त्यसलाई सदुपयोग गर्ने प्रभावकारी प्रणाली चाहिन्थ्यो, स्थायी सरकार चाहिन्थ्यो, तर, त्यसो केही नहुँदा रकम होल्ड भएको छ । यस्ता समस्या समाधान नहुँदासम्म यस्ता समस्या देखि नै रहन्छन्,’ क्षेत्रीले भने ।
बैंकहरु संख्यात्मक रुपले बढी भए पनि गुणत्मक प्रतिस्पर्धामा जान नसक्नु पनि मुद्रा संकटको प्रमुख कारण भएको क्षेत्रीको भनाई छ ।
लगानी नहुँदा यस्तो पर्छ असर
बजारमा लगानी गर्ने पुँजी नहुँदा विकास निर्माण लगायतका काममा असर पर्ने विज्ञहरुको भनाई छ ।
‘अर्थतन्त्र बलियो बन्न मुलुकको विकास निर्माणसँगै भएको पूँजी चलायमान भइरहनुपर्छ तर, हाम्रो भएको पूँजी होल्ड भएर बस्ने र बजारमा छरिएर बस्ने हुँदा यसले अर्थतन्त्रमा समेत गम्भीर असर पर्ने हुन्छ,’ अर्थविद् क्षेत्री भन्छन् ।
अहिलेको अवस्थामा बैंकहरुले गर्ने काम नै सानो पूँजीलाई सहजै पहुँच दिनुपर्ने क्षेत्रीको भनाइ छ ।
ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...
नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतवार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमवार पुनः घटेको छ । साताको दोस्रो दिन १५.४१ अंकले घट्दै नेप्से परिसूचक १९६९.०२ विन्दुमा रहँदा कारोबार रकम पनि घटे...
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ दशमलव ५६ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव १४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक तीन दशमलव शून्य चार अङ्कले ओरालो लागेर तीन स...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४ दशमलव ८१ अङ्कले ओरालो लागेर १ हजार ९ सय ९१ दशमलव ७१ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक दुई दशमलव २६ अङ्कले ओरालो लागेर तीन ...
लक्ष्मी सन्राइज बैंकले काठमाडौं उपत्यका भित्रका २ वटा शाखा स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वड...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...