×

NMB BANK
NIC ASIA

मुटु बचाउन योग, ध्यान र मन्त्र

फागुन ५, २०७४

NTC
Premier Steels

काठमाडौँ, ५ फागुन- महामृत्युञ्जय योग केन्द्र, विजयचोक, माइती नेपाल, गौशालाले शुक्रबारदेखि तीनदिने ‘स्वस्थ्य मुटुका लागि मुटु व्यवस्थापन कार्यशाला’ शुरु गरेको छ । 

Muktinath Bank

कार्यशालामा केन्द्रका संस्थापक योगी पूर्ण पिया श्रेष्ठले व्यायाम, श्वासप्रश्वास, योग र मुटुबारे जानकारी दिँदै मुटुका लागि निःशुल्क विशेष योग प्रशिक्षण दिनुभएको छ । कार्यशालामा मुटुरोग रोकथामका लागि जानकारी तथा अभ्यास, प्राकृतिक उपचार विधिद्वारा दीर्घ एवं साधारण मुटुरोगको रोकथाम तथा उपचार, मुटुका लागि मालिस, विशेष प्रकारको चिया एवं सल्लाह तथा परामर्श दिइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

योगी श्रेष्ठ ४८ वर्षदेखि निरन्तर योग, ध्यान, प्राणायाम तथा अध्यात्म साधनामा समर्पित हुनुहुन्छ । 
शरीरसँग मन, मनसँग मस्तिष्क, मस्तिष्कसँग आत्मा र आत्मासँग परमात्मालाई जोड्ने कला सिकाएर शारीरिक, मानसिक एवं आध्यात्मिक रुपमा स्वस्थ्य, सुन्दर, शान्त र आनन्दित तुल्याउँछ ।


Advertisment
Nabil box
Kumari

केन्द्रले योग तथा प्राकृतिक चिकित्सा अनुसन्धानशालाका रुपमा काम गरी योग प्रशिक्षण, ध्यान, आयुर्वेदिक मालिस, शिरोधारा, स्टिम र शिर मालिस सेवा पनि दिँदै आएको केन्द्रका व्यवस्थापक सुमित दाहालले जानकारी दिनुभयो । 

Vianet communication

स्वस्थ्य मुटुको व्यवस्थापनका लागि मुटुको स्वस्थता र यसको क्रियाशीलता तथा मुटुको समस्याको मापन गरी मुटुको शोधन, व्यायाम र खानपानलाई विशेष ध्यान दिनुपर्ने योगी श्रेष्ठले बताउनुभयो । मुटुको शोधनका लागि कपालभाती, जडिबुटी, नेती, कुञ्जल, एनिमा, कटीस्नान आदि, व्यायामका लागि ॐ ध्वनिमन्त्रको प्रयोग, अनुलोम विलोम, प्राणायम, भस्त्रिका, सोहं श्वासको ध्यान, कीर्तनभजन आदि तथा खानपानका लागि चनाको सातु, मिश्री, अमला, पुरानो चामल, मुङ, केरा, आँप, अनार, हर्राे, दाख, मोही, हिङ, करेला, मेथी, लौका, ज्वानो, सुन्तला, मह, कागती, लसुनप्याज आदि सेवन गर्न सिफारिस गरिएको छ । 

“हामी आफैँले सिर्जना गरेको आध्यात्मिक, आधिभौतिक र आधिदैविक दुःख अथवा त्रयताप निवारणका लागि ॐध्वनिको प्रयोग र शान्ति प्रार्थना गर्नुपर्छ”, योगी श्रेष्ठले भन्नुभयो, “ योग सर्वप्रथम शिवले पार्वतीलाई सिकाउनुभएको थियो, योग आत्माको पूजा हो ।” उहाँका अनुसार नियमित योगले मुटु स्वस्थ्य भई यसको रोगबाट बच्न सकिन्छ । 

चिल्लो, पिरो, बोसोयुक्त, भुटेको, मैदा जस्ता खाद्य पदार्थले रगतलाई खराब बनाउने भएकाले श्वासप्रश्वास गर्न र व्यायाम गर्न जान्नुपर्छ भन्ने उहाँको भनाइ छ । उहाँका अनुसार हिँड्दा मात्र पूरै शरीरको व्यायाम नहुने भएको दायाँबायाँ नै हुने गरी तीर्यक व्यायाम गर्नुपर्छ । पद्मासन मुटु र मिर्गाैला बचाउने राम्रो उपाय हो । मस्तिष्कले पर्याप्त अक्सिजन(प्राणअग्नि) पाएन भने त्यसको भार मिर्गाैलामा पर्छ । 

“गलत खानपान, जीवनशैली र व्यायामरहितताले नै हामी रोगबाट पीडित भएका हौँ, रोग लाग्न नदिनु नै बुद्धिमानी हो”उहाँले भन्नुभयो । उहाँका अनुसार कतिपय रोग बीजमन्त्रहरुले ठीक पार्छन् । हाम्रो फोक्सोमा भएको सात करोड ३० लाख थैलीमध्ये करीव दुई करोड मात्र खुलेका छन् । तिनलाई पनि खुलाउनुपर्छ । ॐध्वनि उच्चारण गर्दा हाम्रा प्रजनन र पाचन अङ्ग तथा मस्तिष्क खुल्छन् । अं, आं जस्ता १६ मन्त्रले थाइरायड ग्रन्थी खोल्छ । अ, आदेखि क, ख, ज्ञसम्मका अक्षरले ५० केन्द्र खुल्छन् । हाम्रा शिशु कक्षामा ऋ, ऋृ, लृ, लृृ चार अक्षर पढाउन छाड्दा मस्तिष्कका चार यन्त्र बन्द भएका छन् । सासलाई स्वर बनाउन सकेमा शक्ति विकास हुन्छ । 

विगत तेह्र वर्षदेखि शरीरमा पेसमेकर राख्नुभएका रामेछापका राजु घिसिङ तामाङ अहिले योग सिकाउनुहुन्छ । “योगमा गहिरिएँ, अकुप्रेसर गरेँ, फाइदा भो, अहिले अरुलाई पनि सिकाउँदैछु”, उहाँले भन्नुभयो । त्यस्तै मुटुको बाइपास सर्जरी गर्नुभएका अर्जुन राई बाबालाई चिकित्सकले १५ वर्ष आयु तोकेकामा थप ३२ वर्षसम्म अझै बाँचिरहनुभएको छ । उहाँ पनि नियमित योग र हिँडडुल गर्नुहुन्छ । 

“हाम्रो शरीर शाकाहारी शरीर हो, बोसो, रातो मासुले मुटुलाई राम्रो गर्दैन, अण्डा पचाउन पनि निकै व्यायाम गर्नुपर्छ । हरियो तरकारी, फलफूल, सलाद अमृतसरह भएकाले प्रशस्त सेवन गर्नुपर्छ । महिलाले दैनिक १८०० र पुरुषले २२०० क्यालोरीभन्दा बढी खानुपर्छ । तनाव र चिन्तालाई छिनमै जान दिनुपर्छ, दोहो¥याइरहनुहुँदैन ।” अरु केही नभए पनि आयु वृद्धि गराउन गहिरो र लामो सास तथा ध्यानमा ध्यान राख्न उहाँको सबैलाई सुझाव छ । 

केन्द्रले जैविक खानाका लागि पनि जोड दिएको छ । नुवाकोट, पञ्चकन्यालाई जैविक ग्राम बनाउने अभियानमा संलग्न राम थापाले केन्द्रका लागि नुवाकोटका जैविक उत्पादन(चामल, बेसार, तरकारी आदि) जुटाइरहनुभएको छ । केन्द्रमा शुक्रबार आयोजित उद्घाटन कार्यक्रम ज्योतिषी ओजराज लोहनीले ज्योतिषशास्त्र वैज्ञानिक भएको बताउँदै दृढ भएर लागेमा मानिस सफल हुने विश्वास व्यक्त गर्नुभयो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x