×

NMB BANK
NIC ASIA

साउदी अरबले मनोरञ्जनमा अर्बौं रुपैयाँ खर्च गर्ने

फागुन ११, २०७४

NTC
Premier Steels

काठमाडौं, ११ फागुन — साउदी अरबमा केही समयअघि मनोरञ्जन उद्योग छँदै थिएन । 

तर अब साउदीले आगामी दशकमा मनोरञ्जन उद्योग विकासका लागि ६४ अर्ब डलर लगानी गर्ने भएको छ । 

साउदीको जनरल एन्टरटेनमेन्ट अथोरिटी प्रमुखले यही वर्ष मात्र पाँच हजारवटा समारोह आयोजित गर्ने बताए । 

रियादमा पहिलो ओपेरा हाउस निर्माणको काम आरम्भ गरिएको छ । यो लगानी साउदीको आर्थिक र सामाजिक सुधार कार्यक्रमको एक अंग हो । 

दुई वर्षअघि युवराज मोहम्मद बिन सलमानले देशको आर्थिक र सामाजिक सुधार कार्यक्रमको खाका प्रस्तुत गर्दै भिजन २०३० दस्तावेज जारी गरेका थिए । बत्तीस वर्षीय युवराज साउदी अरबको तेलप्रति निर्भरता कम होस् भन्ने चाहन्छन् । 

यसअन्तर्गत मानिसलाई सांस्कृतिक क्रियाकलाप र मनोरञ्जनमाथि खर्च गर्नका लागि प्रेरित गरिनेछ । गत वर्षको डिसेम्बरमा सरकारले सिनेमामाथिको रोक हटाइदिएको थियो । 

जेनरल एन्टरटेनमेन्ट अथोरिटीका प्रमुख अहमद बिन अल–खातिबले सन् २०१८ को अन्त्यसम्ममा मनोरञ्जन क्षेत्रमा दुई लाख २० हजार मानिसलाई रोजगारी प्राप्त हुने आशा गरेका छन् । 

अल–खातिबले भने, ‘विगतमा लगानीकर्ताहरूले साउदी अरबबाहिर गएर काम गर्नुपर्थ्यो अनि फर्केर आफ्नो काम देखाउनुपर्थ्यो । अब यसमा परिवर्तन आउनेछ । मनोरञ्जनसम्बन्धी सबै काम यहीँ हुनेछ । सन् २०२० सम्ममा तपाईंले
परिवर्तन देख्न सक्नुहुनेछ ।’

रियादनजिकै लास भेगासजस्तो एक ठूलो मनोरञ्जन शहरको योजनामा पहिलेदेखि नै काम भइरहेको छ ।

बीबीसीबाट
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x