×

NMB BANK
NIC ASIA

चीन जाँदा उत्तर कोरियाका शासक किम डराएर विमान नचढेका हुन् त ?

चैत १४, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ । 

Muktinath Bank

चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सनु २०११ पछि नेतृत्वमा आएका किमको यो पहिलो विदेश भ्रमण रहेको बताइएको छ । 


Advertisment
Nabil box
Kumari

तर यसको पुटि भन्दा पहिला हरियो डिव्वामा सजिएको एक ट्रेन चीनमा प्रवेश गरेको थियो  । यसमा उत्तर कोरियाका सवैभन्दा ठूला नेता सवार भएको अनुमान गरिएको थियो । 

Vianet communication
Laxmi Bank

तर, सवै छक्क यो कुरामा छन् कि समय विताउन विश्वका धेरै जसो नेता हवाई जहाज तथा हेलिकप्टरमा यात्रा गर्छन् तर उत्तर कोरियाका नेताले उल्टो किन गरे ?

हवाई यात्रा गर्न किन डराए 

किम जोङ उनका बुवा किम जोङ इल हवाईजहाजमा यात्रा गराउन मन पराउँदैनथे । सन् २००२ मा उनी यही रेलमै रुस भ्रमण गएका थिए । यो रेलमा विश्वकै सबैभन्दा महंगो वाइन तथा बारबेक्यू हुने गर्दथ्यो । त्यस्तै रेलमै पार्टी पनि हुने गरेको बताइन्छ । किम जोङ उनले यही रेलबाट १०–१२ भ्रमण गरेका छन् जसमध्ये धैरै चीन भ्रमण रहेको छ । 

बुवा किम जोङले पनि धेरै जसो भ्रमण रेलबाट नै गर्दथे । लामो दूरीका भ्रमण पनि उनी रेलबाटै गर्दथे । यहाँसम्म कि सन् १९८४ मा यही रेलमा उनी पूर्वी यूरोप गएका थिए । उनको निधन पनि हृदयघातका कारण रेलमै भएको थियो ।

तर किम जोङ उन र उनका बुवाले यात्रा गर्ने गरेको यो रेल भने साधारण नभएको बताइन्छ ।

न्यूयोर्क टाइम्सका अनुसार बेइजिङमा देखिएको यो रेलमा २१ वटा डिब्बा रहेका छन् । यसका सबै डिब्बा हरियो रंगका छन् । रेलका झ्यालमा ‘टिन्टेड ग्लास’ लगाइएको छ ताकि बाहिरबाट भित्र को छ भन्ने कुरा थाहा नहोस् । 
यो रेलका बारेमा जति पनि जानकारी सार्वजनिक भएको छ, यसमा सवार अधिकारीको बयान तथा अनुसन्धान एजेन्सी तथा मिडिया रिपोर्टमा आधारित छ । 

दक्षिण कोरियाली मिडियाले सन् २००९ मा प्रकाशित गरेको एउटा रिपोर्ट अनुसार किम जोङ उनको उच्च सुरक्षाका लागि ९० वटा डिब्बासहितको रेल तयार गरिएको थियो । 
समाचारका अनुसार किम जोङ उनका बुवाको भ्रमणमा तीन वटा रेल रहेका हुन्थे । सबैभन्दा अगाडि एडभान्स्ड सेक्य्ुरिटीसहितको रेल हुन्थ्यो, त्यसपछि किम जोङ इलको रेल, त्यसपछि अतिरिक्त बडीगार्ड तथा सप्लाई हुने गर्दथ्यो । 

किन विशेष छ यो रेल ?

रेलका सबै डिब्बा बुलेटप्रुफ छन् । सामान्य रेलभन्दा यसको तौल पनि धेरै हुने भएकाले यसको गति पनि कम हुने गर्दछ । यसको गति केवल ३७ माइल प्रतिघण्टा हुने बताइएको छ । 

सन् २००९ को एउटा रिपोर्टका अनुसार किम जोङ इलको भ्रमणमा सय जना सुरक्षा अधिकारी अत्याधुनिक सुरक्षासहितको रेलमा हुन्थे । उनीहरुको काम स्टेसन चेक गर्ने तथा सुरक्षा व्यवस्था प्रदान गर्ने हुन्थ्यो ।
अझ रेलको माथिबाट हेलिकप्टर तथा एयरफोर्सले सुरक्षा प्रदान गर्दथ्यो । अझ अचम्म पार्ने कुरा त के छ भने उत्तर कोरियामा किम जोङको व्यक्तिगत प्रयोगका लागि २२ वटा रेल्वे स्टेसन बनाइएको छ । 

उत्तर कोरियाको सरकारी मिडियाले कहिलेकाहिँ रेलमा सवार गरेका आफ्ना ठूला नेताका तस्बिर सार्वजनिक गर्ने गरेको छ । 
सन् २०१५ मा यही रेलको एउटा डिब्बामा लामो सेतो टेबलमा किम जोङ उन बसेको तस्बिर सार्वजनिक भएको थियो । किम जोङ उन बसेको रेलको डिब्बा कन्फ्रेन्स रुमजस्तै देखिन्थ्यो । सन् २०११ मा जारी यस्तै एउटा भिडियोमा किम जोङ उनका बुवा पनि यसरी नै रेलमा बसेका देखिन्थे । किम जोङ उनका बारेमा १३ नोभेम्बर २०१५ मा बेलायती समाचारपत्र द गार्जियनमा समाचार छापिएको थियो । 

डर किन ?

के किम जोङ उन आफ्नो सुरक्षादेखि साँच्चै डराउँछन् तरु उत्तर कोरियामा सन् १९९७ देखि १९९९ सम्म भारतीय राजदूत रहेका जगजीत सिंह सपरा भन्छन्, ‘डर त छ, किम मात्रै होइन, उनका पूर्वज पनि सुरक्षालाई निकै सतर्क रहन्थे । किम जोङ उनका बुवा किम जोङ इल पनि मस्को र बेइजिङ भ्रमण जाँदा रेलमा गएका थिए ।’

सपरा भन्छन्, ‘कुनै पनि देशको शासक हवाईजहाजको ठाउँमा रेलमा विदेश भ्रमण गर्छ भने यसैबाट हामी अनुमान लागउन सक्छौँ कि उ आफ्नो सुरक्षालाई लिएर कति सतर्क छन् भन्ने । उत्तर कोरियाको हवाई सम्पर्क केवल चीनसँग मात्रै रहेको छ । त्यो पनि हप्तामा दुई दिन बेइजिङबाट प्योङयाङ उडान हुने गर्दछ । यदि तपाईँ उत्तर कोरिया जानु छ भने पहिले बेइजिङ जानु आवश्यक हुन्छ ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

चैत १९, २०७५

काठमाडौं – चुनावी मौसम शुरू भएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले धमाधम जुलुस र सभामा सम्बोधन गर्न थालेका छन् ।  यसै क्रममा सोमवार वधर्नको स्वावलम्बी मैदानमा मोदीको सभा आयोजन गरियो । तर सभाम...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x