×

NMB BANK
NIC ASIA

राष्ट्राध्यक्षको राष्ट्रिय दायित्व

चैत १, २०७४

NTC
Premier Steels

श्रीमती विद्यादेवी भण्डारीले राष्ट्रपति पदमा पुन:निर्वाचित भएपछि बुधवार शपथ लिई तत्कालै कार्यभार सम्हाल्नु भएको छ । अर्थात् यसअघिको आफ्नो कामलाई निरन्तरता दिनुभएको छ । प्रचलित संविधानले उहाँलाई संविधानको संरक्षण र पालन गर्ने जिम्मेवारी दिएको छ । र, विगतको राजनीतिक पृष्ठभूमिको आधारमा उहाँले कुनै एक दल विशेषलाई निकट र कसैलाई टाढा नसम्झिकन सबै नेपालीको अभिभावकत्व लिने आशा गरिएको छ । शपथग्रहणको क्रममा उहाँ आफैंले उच्चारण गरेका शब्द र तिनमा निहीत प्रतिबध्दताप्रति इमान्दार रहनु हुने अपेक्षा राखिएको छ ।

Muktinath Bank

राजतन्त्रमा आवधिक निर्वाचनको परिपाटी नहुने हुनाले नै मुलुकलाई गणतन्त्रमा लगिएको हो भन्ने मान्यतामा दह्रो विश्वास हुनेहरूले राष्ट्रको सर्वोच्च पदमा अरूले पनि पालो पाउनु पर्थ्यो भनेको सुनिएको छ र यसलाई एक हदमा तर्कसम्मत दलील मान्न सकिन्छ । अर्को पक्षको जिकीर राख्नेहरूले संक्रमणकाल सक्दै मुलुक स्थायित्वको चरणमा प्रवेश गरेका बखत राष्ट्रपतिलाई निरन्तरता दिनु उपयुक्त हुने मन्तव्य दिएको पाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैबीचमा राष्ट्रपतिलाई पद र गोपनीयताको शपथ गराउने प्रधान न्यायाधीश गोपाल पराजुलीलाई शीतलनिवासमा शपथको कार्यक्रम सकिँदा-नसकिँदै उहाँ पदमा नरहेको भन्ने कुरा चर्चामा ल्याएर विवाद सिर्जना गरियो । यस घटनाले मुलुकलाई संक्रमणबाट उम्किन नदिन केही स्वार्थसमूहहरूले घात-प्रतिघातका सिलसिला शुरू गरेको अडकल गर्ने आधार प्रदान गरेको छ । न्यायाधीशहरूको व्यक्तिगत विवरण र अभिलेख राख्न खडा गरिएको निकाय न्याय परिषद्को सचिवालयका सचिवले आफैं मनोमानी ढङ्गले तपाञीको कार्यकाल सकिएको छ भनेर एक्कासि पत्र लेखेको जानकारी सार्वजिनक भएको छ । क्षेत्राधिकार बाहिर गएर सचिवले त्यस्तो काम गर्न नसक्ने-नमिल्ने वस्तुतथ्यलाई ध्यानमा राख्दा नेपालको न्यायपालिकालाई पङ्गु बनाइदिएर अन्ततोगत्वा लोकतन्त्रकै जरो उखेल्ने षडयन्त्र चलिरहेको अनुमान गर्नुपरेको हो । यसमा न्यायपालिकाको सबैभन्दा माथिल्लो तह सर्वोच्च अदालतका न्यायाधीशहरूले संयम र विवेकको प्रयोग गरेर स्थितिलाई विस्फोटक हुन दिनु भएन । तर खेदजनक कुरो, कतिपय न्यायाधीशहरू नै जटिल स्थितिलाई झन् जटिल तुल्याउन अग्रसर भएको देखियो । न्यायाधीश चोलेन्द्र शम्शेर राणाको पटक-पटकको यस्तै विवादास्पद कार्यशैलीले न्यायपालिकाप्रतिको जनआस्था र जनविश्वास धर्मराएको छ । अनुशासनको कमीले न्यायपालिका नै अराजक बाटोमा लागेको आशङ्का अकारण गरिएको होइन ।


Advertisment
Nabil box
Kumari

यसरी न्यायपालिकामा देखिएको अस्तव्यस्ततालाई लम्बिन दिनु घातक हुन सक्छ । यो मामिला सुल्झाउन को अग्रसर हुने त भन्ने प्रश्न अगाडि आउँछ । हाम्रो विचारमा यसमा राष्ट्रकी अभिभावक राष्ट्रपति नै  अघिसर्नु वाञ्छनीय हुनेछ किनभने राज्यव्यवस्थामा क्रियाशील कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सबै क्षेत्रमा उहाँको भूमिका रहने संवैधानिक प्रावधान छ । साथै राष्ट्राध्यक्षलाई अवशिष्ट अधिकार पनि प्रयोग गर्ने सुविधा हुन्छ । बाधा-अड्काउ फुकाउने सन्दर्भमा आदेशहरू जारी गर्ने परम्परा त प्रथम राष्ट्रपतिकै कार्यकालमा बसिसकेकै छ । तसर्थ उहाँले राष्ट्रको सर्वोपरि हितलाई ध्यानमा राखी यथायोग्य कदम चालिहाल्नु आवश्यक मानिएको हो ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्‍यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...

जेठ ३, २०८०

प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्‍मा ठूला भनिएका दलका शीर्ष न...

साउन १, २०८०

लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ ।  स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...

चैत ९, २०८०

संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति र प्रेस स्वतन्त्रता खण्डित गर्नेगरी गृह मन्त्रालयले मंगलबार जारी गरेको परिपत्रले राज्यप्रति आशंका उब्जाएको छ । अनलाइन सञ्चार माध्यममा प्रकाशित समाचारको नियन्त्रण प्रमुख...

माघ २५, २०८०

काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...

भदौ २४, २०८०

संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x