×

NMB BANK
NIC ASIA

दिपक मनाङेदेखि भिमे दमाइसम्म, इन्टरपोलको रेड कर्नर नोटिसमा ७९ नेपालीको नाम

चैत ५, २०७४

NTC
Premier Steels

काठमाडौं, ५ चैत– लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका फरार ‘माननीय’ राजीव गुरुङ उर्फ दीपक मनाङे अहिले इन्टरपोलको रेडकर्नर नोटिसमा परेका छन् । प्रहरी प्रवक्ता मनोज नेउपानेका अनुसार, प्रदेश नम्बर ४ को मनाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित मनाङेलाई खोजी गर्न नेपाल प्रहरीको इन्टरपोल शाखाले नोटिस जारी गरेको हो । 

Muktinath Bank

यो सँगै मनाङेलाई अब १ सय ९२ देशका प्रहरीले खोजी गर्नेछन् । ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै २०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई ५ वर्ष कैद सजाय सुनाएको थियो । सर्वोच्च अदालतले गत माघ २ गते सोही फैसलाको पक्षमा आदेश जारी गरेपछि  प्रदेश सांसद् मनाङे फौजदारी मुद्दामा दोषी ठहर भएको तथ्य बाहिर आयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सर्वोच्चको फैसला आएसँगै मनाङे फरार छन् । उनले प्रदेश सांसदको रुपमा शपथसमेत लिएका छैनन् । दिपक मनाङे रेडकर्नर सूचीमा पर्ने पछिल्लो नेपाली हुन् । प्रवक्ता नेउपानेका अनुसार मनाङेभन्दा अघि १४ जना नेपालीलाई प्रहरीले रेडकर्नर नोटिस जारी गरेर खोजीरहेको छ । 


Advertisment
Nabil box
Kumari

यी हुन् नेपाल प्रहरीले रेड कर्नर नोटिस जारी गरेका नेपाली

Vianet communication
भुपेन्द्र खड्का, काठमाडौं             
भक्तबहादुर लामा, नुवाकोट
विष्णुबहादुर लामा, नुवाकोट            
रामबहादुर तामाङ, नुवाकोट
केशव दर्लामी मगर, धनकुटा        
फकिर रियाज, रुपन्देही
अंगवीर बोहोरा, दार्चुला            
रामकुमार यादव, सर्लाही
पशुपतीनाथ शुक्ला, कपिलवस्तु        
रुद्र अचार्य, चितवन
एमडी सकिल हुसेन, सप्तरी            
ओकेन्द्रबहादुर सिंह, बाजुरा
पवन कुमार कार्की, काठमाडौं         
जीवनबहादुर अधिकारी, कास्की
दिपक मनाङे उर्फ राजीव गुरुङ, मनाङ

नेपाल बाहेक अन्य देशका प्रहरीले पनि ७९ जना नेपालीलाई इन्टरपोलको रेडक कर्नर नोटिसमा राखेर  खोजीरहेको छ । यस मध्ये भारत प्रहरीले २८ जना, अमेरिकी प्रहरीले ५ जना, आबुधावी प्रहरीले १५ जना, कतारको प्रहरीले ९ जना, साउदी अरेबियाको प्रहरीले ३ जना, मिन्स अर्थात बेलारुस, पोर्चुगल, पोल्यान्ड र बहराइनको प्रहरीले १–१ जनालाई इन्टरपोलमार्फत  खोजिरहेको छ । यीमध्ये रेडकर्नर नोटिसमा मात्रै २८ जना नेपाली छन् । 

यी हुन् विदेशबाट रेडकर्नर नोटिस जारी भएका नेपाली

विपिन विष्ट            
हरिहर भुसाल            
राजेश क्षेत्री    
तहिर साह            
देवी ओली            
तुलराम बहादुर        
विरेन्द्रबहादुुर थापा         
चक्रसिंह ठकुरी        
राजेश बहादुर    
अनुप प्रधान             
विनिता प्रधान            
नुरमहोमद अन्सारी
सुर्यबहादुर तामाङ         
मनोजकरण जैगादी         
उमेश सापकोटा    
छिरिङ टासी            
कृष्णबहादुर औजी        
राजेन्द्रबहादुर 
अविशेष सिंह            
रमेश बहादुर             
प्रेम सिंह
माधवी श्रेष्ठ             
खुमराज थापा            
नन्नु मगर    
चित्रइन्द्रबहादुर साउद    
शिवराज फुलचन्द शर्मा    
डोलबहादुर राजबहादुर शाही     
भिमे दमाइ

प्रहरी प्रवक्ता न्यौपानेका अनुसार, चोरी, ठगी, हत्या, वन्यजन्तुको चोरी शिकारी, बलात्कारजस्ता गम्भीर अपराधमा मुछिएको भन्दै उनीहरूविरुद्ध रेडकर्नर नोटिस जारी भएको हो । नोटिस जारी भएपछि ती मुलुकको प्रहरीले अपराधीलाई पक्राउ गरेर सम्बन्धित देशलाई बुझाउनुपर्छ । नेपाल प्रहरीका पूर्व एआइजी नवराज ढकाल भन्छन्, ‘विदेशी नागरिक त्यो देशमा अपराध गरेर नेपाल आएको अवस्थामा भने फर्काउन सकिन्छ । तर, अन्य देशमा अपराध गरेका नेपाली नेपालमा फेला परे पनि पक्राउ गरेर पठाउन भने मिल्दैन ।’

सुपुर्दगी कानून नभएका कारण नेपाली नागरिकलाई पक्राउ गरेर दोस्रो मुलुक पठाउन नमिल्ने भएको हो । नेपालमा सुपुर्दगी कानुन छैन, नेपाली नागरिकलाई दोस्रो मुलुकमा पठाउन मिल्दैन । तर, त्यो देशमा नेपालीले गरेको अपराध बमोजिम यहाँ पक्राउ गरेर सजाय दिन सकिन्छ । नेपालले विदेशीले उसको मुलुकमा अपराध गरेर नेपालमा बसेको पाए उसलाई त्यही देशमा पठाइदिने गरेको छ । 

के हो रेड कर्नर नोटिस ?

सूचना र प्रविधिको विका सँगै अपराध पनि अन्तर्राष्ट्रिय स्तरमा झाङ्गिदै गयो । यसरी बढेको अपराधको भौगोलीकरणसँगै समन्वय र सहकार्यका लागि इन्टरपोल गठन भएको हो । मुख्य गरी विभिन्न देशमा लुकेर बसेका अपराधीलाई पक्राउ गर्न विश्वभरका प्रहरी संगठनबीच सहकार्यका निम्ति अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) सन् १९२३ मा गठन गरिएको हो । सन् १९९७ मा आबद्ध भएको नेपाल इन्टरपोलको १०० औं सदस्य हो । इन्टरपोलमा हालसम्म १ सय ९२ देश सदस्य छन् । 

पूर्व एआइजी ढकालका अनुसार, इन्टरपोलले सम्बन्धित देशको प्रहरी संगठनको सिफारिसमा रेड कर्नर नोटिस जारी गर्छ । अदालतबाट मुद्दा फैसला भई अपराधी लुकीछिपी भागे वा लामो समय फरार भए, त्यस देशले इन्टरपोललाई रेडकर्नर नोटिस जारी गर्न अनुरोध गर्छ ।

सोही अनुसार इन्टरपोलका सदस्य राष्ट्रहरूलाई जहाँ भए पनि पक्राउ गरी कानूनी कारबाहीका लागि बुझाउन आग्रहसहितको फोटोसहित सूचना प्रवाह गरिन्छ । इन्टरपोलको आग्रहमा अपराधीलाई सम्बन्धित देशका प्रहरीले निगरानी गरिरहेका हुन्छन् । सोही अनुरूप खोजी कार्य हुन्छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x