माघ १३, २०८०
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
विराटनगर | मंसिर ३०, २०८०
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।
काठमाडौं विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २९ औँ दीक्षान्त समारोहमा उनलाई दीक्षित भएको प्रमाणपत्र दिए । भर्खर २६औँ वसन्तमा टेकेका सनम ‘एमबीबीएस टप’सहित गोल्ड मेडल भिर्ने चिकित्सक (डाक्टर) भएका छन् ।
डा सनमले विश्वविद्यालयले प्रदान गर्दै आएका पदकमध्ये पहिलो चरणको भाइस चान्सलर स्वर्णपदक स्नातक तहमा सबैभन्दा बढी अङ्क ल्याए ।
बागलुङ घर
बाङगुलङ घर भएका सनम परिवारका जेठा सन्तान हुन् । बुवा नारायणप्रसाद ढकाल र आमा सावित्री कृषि पेसामा आबद्ध छन् ।
आफूले दुःख गरेर पढाएका छोराले भविष्यमा अझ राम्रो फल दिनेमा सनमका बुवा–आमाले विश्वास रहेको छ । उनी पनि बुवा–आमाको सपना पूरा गर्ने बताउँछन् ।
२०६९ सालमा सनमले पोखराको स्पाइनल ग्यालेक्सी स्कूलबाट एसएलसी उतीर्ण गरेका थिए । त्यसपछि उच्च शिक्षा हासिल गर्न काठमाडौं आए । उनले कक्षा ११ र १२ काठमाडौं स्थित सीसीआरसी कलेजबाट गरेका थिए । विज्ञान संकाय लिएर अध्ययन गरेका उनले उच्च शिक्षामा पनि उत्कृष्ट भएका थिए । एमबीबीएसको इन्ट्रास परीक्षामा नाम निकालेर उनले छात्रवृत्तिमा विराट मेडिकल कलेजमा पढेका हुन् ।
कार्यक्षेत्र पर्वत
सनम मोरङको बूढीगंगा गाउँपालिका–२ टंकीसिनवारीमा रहेको विराट मेडिकल कलेजको एमबीबीएसतर्फ सन् २०१६ मा भर्ना भएका थिए । उनी उक्त मेडिकल कलेजमा तेस्रो ब्याचका विद्यार्थी हुन् । त्यही ब्याचमा सर्वोत्कृष्ट अङ्क ल्याएर ‘टप’ गर्न सफल भए उनी ।
छात्रवृत्ति पाएर पढेका सनमले १ हजारभन्दा बढी विद्यार्थीले दिएको एमबीबीएसको परीक्षामा सर्वोत्कृष्ट भएर गोल्ड मेडल जिते । उनले ४ हजार २०० पूर्णाङ्कमा ३ हजार ५३९ अङ्कसहित ८४ दशमलव २६ प्रतिशत ल्याए ।
अहिले डा सनम पर्वत जिल्ला अस्पतालमा करारमा काम गरिरहेका छन् । उनी विगत २ वर्षदेखि त्यहाँ काम गरिरहेका हुन् ।
सनम सानैदेखि पढाइमा तृष्ण थिए । एमबीबीएस पढ्दा पनि ‘टप’ गर्ने सोचमा थिए । भयो त्यस्तै । उनले कहिल्यै पनि कक्षामा दोस्रो हुनु परेन ।
आजकल परीक्षा नजिकिँदै जाँदा विद्यार्थीहरूको भीड पुस्तक पसलमा लाग्ने गर्छ । उनीहरूको ध्यान गेसपेपर–गाइड किन्ने र घोक्नेमा ध्यान जाने गरेको सुनिन्छ । कतिपय विद्यार्थी त परीक्षा हलमा नै यस्ता सामग्री लिएर जाने गरेका छन् । शिक्षण गरेर भए पनि पास गर्ने इच्छा विद्यार्थीको हुने गरेको छ । तर सनमले भने एमबीबीएस पढ्दा कहिल्यै गाइड, गेसपेपर फलो गरेनन् । बरु, विदेशी लेखकहरूका ठूला—ठूला किताब पढ्ने गरेको सुनाउँछन् ।
‘परीक्षाको एकदिनअघि पढेर गोल्ड मेडल आउँदैन,’ यसबारे उनी भन्छन्, ‘दिनदिनैको मेहनत आवश्यक पर्छ । एकदिन १० घण्टा पढ्नुभन्दा दिनदिनैको पढाइले नै म टप गर्न सकेको हुँजस्तो लाग्छ ।’
परीक्षाका बेला दबाब लिएर पढ्नु भन्दा पनि समय मिलाएर दैनिक पढ्नुपर्ने उनको तर्क । त्यसले राम्रो ततिजा ल्याउने उनी बताउँछन् ।
‘दिनदिनै मेहनत गर्दै जानुपर्छ,’ उनी भन्छन्, ‘म दिनको २—४ घण्टा पढ्थें । १ दिन टन्न खाने अनि ३ दिन भोकै सुत्ने गरेजसरी हुँदैन । समय मिलाएर दैनिक पढ्नुपर्छ । त्यसको फल राम्रो आउँछ ।’
एमबीबीएसको तयारीका लागि ५ घण्टाभन्दा बढी कुनै पनि दिन पनि नपढेको सनमले सुनाए । नबुझेको कुरा पटक–पटक दोहोर्याएर बुझ्ने प्रयास गर्थें,’ उनले भने ‘आफूले नजानेका कुराहरू वेबसाइटमा पनि हेर्थें । पढेको कुरा बुझियो भने मेडिकल इन्ट्रान्स केही पनि होइन ।’
सानैदेखि पढाइमा अब्बल रहेका सनमले भविष्यमा इन्टरनल मेडिसिनमा विशेषज्ञता हासिल गर्न इच्छा भएको सुनाए । ‘यसका लागि मैलै ११ र १२ कक्षाको पढाइ नसक्दै चिकित्सा शिक्षा आयोगको पाठ्यक्रमलाई मध्यनजर गर्दै तयारी थालेको थिएँ,’ उनले भने ।
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...