×

NMB BANK
NIC ASIA

कांग्रेसमा युवाको दुई समूह, आए छुट्टाछुट्टै यस्तो प्रस्ताव (पूर्णपाठसहित)

बैशाख ११, २०७५

NTC
Premier Steels

काठमाडौं, ११ बैशाख– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा दुई समूहका युवा केन्द्रीय सदस्यले छुट्टाछुट्टै प्रस्ताव पेश गरेका छन् । 
 

Muktinath Bank

मंगलबारको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य गगन थापा र नवीन्द्रराज जोशी नेतृत्वमा दुई समूहले छुट्टाछुट्टै राजनीतिक  प्रस्ताव पेश गरेको  हो ।  गगनको नेतृत्वमा ल्याइएको प्रस्तावमा अन्य ५ केन्द्रीय सदस्यको समर्थन रहेको छ भने जोशीको नेतृत्वमा ल्याइएको प्रस्तावमा उनीसहित १५ केन्द्रीय सदस्यको समर्थन  रहेको दाबी गरिएको छ । 
दुई  दस्ताबेजमा पार्टी विधिसम्मत ढंगले सञ्चालन गरिनुपर्ने, गल्ती तथा कमजोरीलाई सच्याउँदै अब चुस्त ढंगले पार्टी सञ्चालन गरिनुपर्ने, केन्द्रीय कार्यसम्पादन समिति विघटन गरी विधानअनुसार नयाँ चयन गरिनुपर्ने, महाधिवेशनको मिति तत्काल बोलाइनुपर्ने लगायत रहेका छन् । 
    प्रस्तावमा  संघीय तह, प्रदेश तह र स्थानीय तहमा नेपाली काँग्रेसको संगठन र भूमिकालाई अझ सशक्त र सुदृढ बनाउनका लागि ‘सशक्त विचार र सुदृढ संगठन निर्माण अभियान’ संचालन गर्दै पार्टीको सबै तहहरुमा र विदेश स्थित जनसम्पर्क समितिहरुमा प्रशिक्षण कार्यक्रम गर्नु पर्नेमा जोड दिइएको छ । 
जोशी नेतृत्वको प्रस्तावमा विभिन्न ९ बुँदा  ध्यानाकर्षण गरिएको छ भने गगनको डकुमेन्ट ५१ पन्नामा नेतृत्वको आलोचनादेखि पार्टी कमजोर हुनुसम्मका विविध विषयलाई समेटिएको छ । 
जोशीको प्रस्ताव यस्तो छ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


मिति : २०७५ वैशाख ११ गते मंगलवार ।


Advertisment
Nabil box
Kumari

आदरणीय सभापतिज्यू
नेपाली काँग्रेस
केन्द्रीय कार्यसमिति
केन्द्रीय कार्यालय
वी.पी. नगर, वी.पी. स्मृति भवन, सानेपा, ललितपुर ।

Vianet communication

विषय ः नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा निम्न प्रस्तावहरुलाई निर्णयार्थ प्रस्तुत गरिदिनु हुन ।

महोदय,
उपरोक्त सम्वन्धमा हामी नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरुले संयुक्त रुपमा निम्न प्रस्तावहरु हाल भइरहेको केन्द्रीय कार्यसमितिको बैठकमा निर्णयार्थ प्रस्तुत गर्न आवश्यक भएकाले आदरणाीय सभापतिज्यू समक्ष पेश गरेका छौं । आदरणीय सभापतिज्यू मार्फत हाम्रा निम्न प्रस्तावहरु केन्द्रीय कार्यसमितिको बैठकमा निर्णयार्थ प्रस्ताव गरिदिनु हुन विनम्रतापूर्वक हार्दिक अनुरोध गर्दछौं ।

प्रस्ताव नं. १
        नेपाली काँग्रेसको विधान, २०१७ (२०५१, २०५४, २०५७, २०६२, २०६४, २०६६, २०६९ र २०७२ मा संशोधन र परिमार्जन गरी मिलाइएको रुपमा) को धारा (२०) को उपधारा (१) अनुसार महासमितिको साधारण बैठक २०७५ जेष्ठ ११ गते भित्र सम्पन्न हुन सक्ने गरी यसको मिति र स्थान यस बैठकबाट तय गरिदिनु हुनका लागि आदरणीय सभापतिज्यू मार्फत यस केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्ताव गर्दछौं ।

प्रस्ताव नं. २
        नेपाली काँग्रेसको विधान, २०१७ (२०५१, २०५४, २०५७, २०६२, २०६४, २०६६, २०६९ र २०७२ मा संशोधन र परिमार्जन गरी मिलाइएको रुपमा) को धारा (२९) विपरित गठन भएको केन्द्रीय कार्यसम्पादन समिति विघटन हुनु पर्दछ । “विधानको धारा (२९) विपरित गठन भएको केन्द्रीय कार्यसम्पादन समिति विघटन हुनु पर्दछ र विधानको धारा (२९) अनुसार नयाँ केन्द्रीय कार्यसम्पादन समिति गठन हुनु पर्दछ” भन्ने प्रस्ताव आदरणीय सभापतिज्यू मार्फत यस केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्ताव गर्दछौं ।

प्रस्ताव नं. ३
    नेपाली काँग्रेसको विधान, २०१७ (२०५१, २०५४, २०५७, २०६२, २०६४, २०६६, २०६९ र २०७२ मा संशोधन र परिमार्जन गरी मिलाइएको रुपमा) को धारा (३१) विपरित गठन भएको संसदीय समिति विघटन हुनु पर्दछ । “विधानको धारा (३१) विपरित गठन भएको संसदीय समिति विघटन हुनु पर्दछ र विधानको धारा (३१) अनुसार नयाँ संसदीय समिति गठन हुनु पर्दछ” भन्ने प्रस्ताव आदरणीय सभापतिज्यू मार्फत यस केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्ताव गर्दछांै ।

प्रस्ताव नं. ४
        नेपाली काँग्रेसको विधान, २०१७ (२०५१, २०५४, २०५७, २०६२, २०६४, २०६६, २०६९ र २०७२ मा संशोधन र परिमार्जन गरी मिलाइएको रुपमा) को धारा (३५) अनुसार “केन्द्रीय निर्वाचन समिति” गठन गर्नु पर्दछ भन्ने प्रस्ताव आदरणीय सभापतिज्यू मार्फत यस केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्ताव गर्दछौं ।

प्रस्ताव नं. ५
        नेपालको वर्तमान संविधान अनुसारको संघीय तहको संरचना, प्रदेश तहको संरचना र स्थानीय तहको संरचना अनुरुप नेपाली काँग्रेसको सांगठनीक संरचना निर्माण गर्नका लागि नेपाली काँग्रेसको विधान, २०१७ (२०५१, २०५४, २०५७, २०६२, २०६४, २०६६, २०६९ र २०७२ मा संशोधन र परिमार्जन गरी मिलाइएको रुपमा) मा संशोधन गर्नु पर्ने आवश्यकता भएकोले “विधान संशोधन मस्यौदा समिति” गठन गर्नको लागि आदरणीय सभापतिज्यू मार्फत यस केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्ताव गर्दछौं ।

प्रस्ताव नं. ६
        नेपाली काँग्रेसको विधान, २०१७ (२०५१, २०५४, २०५७, २०६२, २०६४, २०६६, २०६९ र २०७२ मा संशोधन र परिमार्जन गरी मिलाइएको रुपमा) मा के कस्ता संशोधनहरु आवश्यक पर्दछन् भनी राय सुझावका लागि जिल्ला पार्टी सभापतिहरुको भेला गर्नु आवश्यक छ । यसर्थ, देशभरीका जिल्ला सभापतिहरुको भेला २०७५ वैशाख महिनाभित्र हुन सक्ने गरी यसको मिति र स्थान तय गरिदिनु हुनका लागि आदरणीय सभापतिज्यू मार्फत यस केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्ताव गर्दछौं ।

प्रस्ताव नं. ७
        नेपाली काँग्रेसको बैठकको  निर्णय पुस्तिका (माइन्युट वुक) मा उपस्थितिमा मात्र हस्ताक्षर गर्ने र निर्णय लेखिसकेपछि हस्ताक्षर नगर्ने परम्परा देखियो । यसले कसको कुन निर्णयमा सहमती हो र कसको कुन निर्णयमा असहमती हो, फरक छुट्याउन गाह्रो हुन सक्दछ । यसर्थ, निर्णय पुस्तिकाको उपस्थितिमा मात्र हस्ताक्षर होइन, सबै सदस्यहरुले निर्णय सुन्ने, निर्णय सुनिसकेपछि निर्णय पुस्तिकामा निर्णय लेख्ने र निर्णय लेखिसकेपछि पनि निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने साथै सो निर्णयमा कुनै पदाधिकारी वा सदस्यको असहमती छ भने निर्णयमा असहमती हुनेले आफ्नो असहमती (नोट अफ डिसेन्ट) लेख्न सक्ने व्यवस्था मिलाउनको लागि आदरणीय सभापतिज्यू मार्फत यस केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्ताव प्रस्तुत गर्दछौं ।

प्रस्ताव नं. ८    
        संघीय तह, प्रदेश तह र स्थानीय तहमा नेपाली काँग्रेसको भूमिका के हुने र कस्तो हुने ? प्रदेश तह र स्थानीय तह अहिले हाम्रो लागि नौलो अभ्यास हो । प्रदेश तह र स्थानीय तहका क्रियाकलापहरुले आम जनतासंग प्रत्यक्ष सरोकार राख्दछ । सबै तहको सत्तापक्षमा रहँदा र प्रतिपक्षमा रहँदा नेपाली काँग्रेसको भूमिका के हुने र कस्तो हुने ? नेपाली काँग्रेसका कार्यकर्ताहरुमा उत्साह, उंमग, जोश, जागर र ताजगीपन कसरी ल्याउने ? नेपाली काँग्रेसलाई यो देशको पुनः  सबैभन्दा ठूलो र वहुमत सहितको पार्टी कसरी बनाउने ? नेपाली काँग्रेस भित्र राजनीतिक न्याय, राजनीतिक सुरक्षा, राजनीतिक अवसर, राजनीतिक भूमिका र समान राजनीतिक निर्णयको अधिकार कसरी स्थापित  गर्ने ? सबैलाई समान रुपमा अवसर र न्याय पाएको अनुभूति कसरी दिलाउने ? दुःख पाएका कार्यकर्ताहरु, सहिद परिवारका सदस्यहरु, लामो समय लोकतन्त्र र पार्टीका लागि जेल जीवन विताउनु भएका अग्रजहरु र पार्टीमा लागेका युवाहरुलाई कसरी पार्टीमा भूमिका र अवसर दिने ? पार्टीमा नयाँ पुस्ता र नयाँ युवाहरुलाई कसरी आकर्षण गर्ने र उनीहरुलाई पार्टी भित्र कसरी भूमिका र अवसरहरु दिने ? यी विषयहरु मनन् योग्य छन् । 
       
     संघीय तह, प्रदेश तह र स्थानीय तहमा नेपाली काँग्रेसको संगठन र भूमिकालाई अझ सशक्त र सुदृढ बनाउनका लागि “सशक्त विचार र सुदृढ संगठन निर्माण अभियान” संचालन गर्दै पार्टीको सबै तहहरुमा र विदेश स्थित जनसम्पर्क समितिहरुमा प्रशिक्षण कार्यक्रम गर्नु आवश्यक छ । यसर्थ, “सशक्त विचार र सुदृढ संगठन निर्माण अभियान” सहित देशभरीका पार्टीका सबै तह र विदेशस्थित जनसम्पर्क समितिहरुमा प्रशिक्षण कार्यक्रम संचालन गर्नु पर्दछ र सो को लागि कार्यतालिका निर्माण गर्नु पर्दछ भन्ने प्रस्ताव आदरणीय सभापतिज्यू मार्फत यस केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्ताव गर्दछौं ।

प्रस्ताव नं. ९
         देशभित्र रहेका नेपालीहरु तथा रोजगारी र अध्ययनको शिलशिलामा विदेशमा रहेका सम्पूर्ण जाती, धर्म, वर्ग, वर्ण, क्षेत्र, लिङ्ग, भाषा, संस्कृति, समुदाय र भेषभुषाका नेपालीहरुको दैनिक जनजीविका र सुन्दर भविष्यसंग जोडिएका मुद्दाहरुलाई नेपाली काँग्रेसले सदैव गम्भीर रुपले उठान गर्नु पर्ने र त्यसको समाधानको लागि दत्तचित्त भई लाग्नु पर्ने आवश्यकता छ । नेपाली काँग्रेसले आम नेपाली जनतासंग प्रत्यक्ष रुपमा संवाद गर्नु र सहकार्य गर्नु अत्यन्त आवश्यक छ । यसर्थ, आम नेपालीहरुसंग संवाद र सहकार्य गर्न पार्टीले देशभरीका पार्टीका सबै तह र जनसम्पर्क समिति मार्फत विदेशमा रहेका नेपालीहरुको माझ “आम नेपालीसंग–नेपाली काँग्रेस अभियान” संचालन गर्नु पर्दछ भन्ने प्रस्ताव आदरणाीय सभापतिज्यू मार्फत यस केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्ताव गर्दछौं ।

जय नेपाल !
 

गगनले प्रस्तुत गरेको डकुमेन्ट 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x