×

NMB BANK
NIC ASIA

व्यवस्थाविरोधी आन्दोलनको दोस्रो दिन

तीनकुनेका रोचक दृश्यः ‘प्रसाईं समर्थक’ चिन्न मोबाइलको सहारा !

काठमाडाैं | मंसिर ८, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता भन्दै प्रहरीले काठमाडौंको तीनकुनेमा पैदलयात्रीका मोबाइल चेक गरेपछिको आक्रोश हो यो । उनी थिइन् बौद्धतर्फ हिँडिरहेकी एक महिला ।

Muktinath Bank

मोबाइल फोटो ग्यालरीमा बिहीवार प्रसाईंको कार्यक्रममा गएको भए फोटो र भिडियो हुन सक्ने र यही आधारमा आन्दोलनकारीको पहिचान गर्ने प्रहरीको तरिका थियो यो । तर तीनकुने आसपासमा हिँड्नेलाई प्रहरीको यो शैली मनपरिरहेको थिएन । तीमध्ये कोही आफ्नो पेशा गरेर बसेका थिए, कोही रेस्टुरेन्ट त कोही आफ्नो गन्तव्यमा पुग्नलाई लम्किरहेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null 


Advertisment
Nabil box
Kumari

व्यक्तिले आफ्नो गोपनीयता खुलाउन नचाहे पनि आन्दोलनकारी चिन्न गरेको यो शैली कसैलाई पनि उचित लागेको देखिएन । कतिपय छिटफुट देखिने आन्दोलनकारी र बटुवासमेत प्रहरीको व्यवहारबाट हैरान थिए । 

Vianet communication
Laxmi Bank

पहिलो दिन बल्खुमा प्रसाईंले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’को थालनी गरेको थिए । दोस्रो दिन तीनकुनेमा गर्दा भने यसको कुनै प्रभाव र रौनक थिएन । यसकाबीच प्रहरीले बाटो हिड्नेलाई अनुचित दुःख दिइरहेको आममानिसको आरोप थियो ।

null 

बौद्धतर्फ हिँडेकी ती महिला मात्रै होइनन् अन्य पैदलयात्रीलाई समेत सामान्य शंकामा प्रहरीले जबर्जस्ती खानतलासी गरेको थियो । आफ्नो गन्तव्यमा पनि हिँड्न नपाउने भन्दै जंगिएपछि ती महिलालाई भने प्रहरीले धरपकड गरेन । 

यत्तिकै सडकमा हेर्न आएको भनेका एक युवालाई केरकार गर्दै प्रहरीले जबर्जस्ती मोबाइलमा फोटो र भिडियो देखाउन लगायो । उनको आफ्नो ग्यालरीमा केही नभएको भनेर प्रहरीका जवानलाई देखाइरहेका थिए । उनीहरूभन्दा वरिष्ठ प्रहरी आएर ‘ल हिड्नुस्’ भनेर प्रहरी भ्यानमा कोच्न लगे । जबकि,उनी आन्दोलनकारी हुन् वा होइनन् भनेर प्रहरीका जवानले फोटो र भिडियो हेरिसकेका थिएनन् । 

प्रसाईंले प्रहरीको आदेशविपरीत तीनकुनेमा प्रदर्शन गर्ने अडान लिएका थिए । तर शुक्रवार बिहानैदेखि तीनकुने आसपासमा प्रहरीले कडा निगरानी गरेको थियो । कतै पनि आन्दोलनकारीलाई ढिम्किन दिएको थिएन । प्रहरीले शुक्रवार दिनभर यसैगरी तीनकुनेबाट आन्दोलनकारीका नाममा कबिर २२–२४ जना जतिलाई भ्यानमा हाल्दै प्रहरी चौकीतिर लगेको थियो । 

कतिसम्म भने तीनकुनेको रोयल रेस्टुरेन्टमा प्रहरीले अर्को रमिता देखाएको थियो । रेष्टुरेन्टमा दुई व्यक्तिले अर्डर गरेर खाउन्जेल प्रहरीहरू भित्रै कुरेर बसे । बाहिर निस्केपछि समातेर भ्यानमा हालेको थियो ।

null 

प्रसाईंको आन्दोलनको अर्को चिनारी थियो राष्ट्रिय झण्डा । यसैले सवारीमा राष्ट्रिय झण्डा राख्ने पनि प्रहरीको निशानामा परेका थिए । यस क्रममा मोटरसाइकलमा झण्डा राख्नेलाई पनि प्रहरीले भ्यानमा हालेर चौकी पुर्यायो । 

यतिमात्रै होइन तीनकुनेको रातोबत्तीमा रोकिएको एउटा गाडीमा राष्ट्रिय झण्डा देखिँदा प्रहरीलाई उस्तै हैरानी देखिएको थियो । स्कोरपियो गाडीमा आन्दोलनकारी आएको हुनसक्ने आशंकामा सोधपुछ गरेर प्रहरीले गाडीलाई छोडेका थिए । 

तीनकुनेमा प्रहरीले निक्कै निगरानी र सजगता देखाए पनि प्रसार्ईंको आन्दोलनको राप र ताप भने थिएन । दैनिक आवागमन सहजै चलेको थियो । सो ठाउँमा प्रदर्शनकारीभन्दा प्रहरी र सञ्चारकर्मीको संख्या उल्लेख्य थियो ।

null 

तीनकुनेमा प्रहरी र सर्वसाधारणबीच रोचक संवाद पनि देखियो । ‘तपाईं यहाँ किन आएको ?’, एकजना पैदलयात्रीलाई प्रहरीले सोध्छन्, ‘यहाँ रमिता हेर्न आएको हो ?’

उनी प्रहरीलाई रोचक व्यंग्य हान्दै तर्केर हिँड्छन्, ‘रमिता हेर्न आएको हो । बेरोजगार हो हामी, तपाईंले पो सरकारी जागिर खानुभएको छ । महिनैपिच्छे तलब आउँछ । हामी त सुको कमाउँदैनौं । बाउको कमाइ खाएर बसेका छौँ ।’ 
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २, २०८०

रास्वपाका उपसभापति एवं श्रममन्त्री डोलप्रसाद अर्याल (डीपी)ले सभापति रवि लामिछानेलाई कांग्रेसबाट आएको प्रधानमन्त्री प्रस्तावको अडियो रेकर्ड सुरक्षित रहेको दाबी गरेका छन् । प्रतिनिधि सभा बैठकबाट बाहिरिँ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x