अमेरिकी संसदमा अमेरिकाकै आलोचना

काठमाडौं, १३ वैशाख– फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले उग्रराष्ट्रवाद र पृथकतावादले कसैको भलो नहुने भन्दै राष्ट्रवाद र अलगाववादको नीति विश्वको समृद्धिको लागि खतरा रहेको बताएका छन् । 

अमेरिकाको तीन दिने भ्रमणमा रहेका म्याक्रोले अमेरिकी संसदको संयुक्त सत्रलाई सम्बोधन गर्दै सो धारणा राखेका हुन् । उनको यो भनाइलाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अमेरिका पहिलो नीतिमाथिको टिप्पणीको रुपमा व्याख्या गरिएको छ ।

संसदलाई सम्बोधन गर्नुअघि म्याक्रोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका थिए । म्याक्रो संसदमा प्रवेश गर्नासाथ सांसदहरुले तीन मिनेटसम्म उभिएर ताली बजाउँदै स्वागत गरेका थिए ।

५० मिनेट लामो भाषणको क्रममा म्याक्रोले सुरुमा अमेरिका र फ्रान्सको अटुट सम्बन्धको विषयमा बोलेका थिए । त्यसपछि उनले अमेरिकाले पर्यावरण सम्बन्धमा पेरिस सम्झौता पालना गर्ने विश्वास व्यक्त गरे । 

म्याक्रोको यो अभिव्यक्तिले अमेरिकीको नीति र उसका एजेन्डामा हल्का धक्का पुगेको बताइन्छ । यद्यपि अमेरिका र फ्रान्स निकट मित्र हुन् । तर, म्याक्रोको भाषणबाट थाहा हुन्छ अन्तर्रा्ष्ट्रिय व्यापार र इरानदेखि पर्यावरणका मुद्दामा उनी अमेरिकी राष्ट्रपति ट्रम्पसँग विमती राख्छन् ।

बैशाख १३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस