धादिङमा ट्रक दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

जेठ ३, २०७५

धादिङ, ३ जेठ- कालुपाण्डे मार्गअन्तर्गत मलेखु-धादिङबेँसी खण्डमा पर्ने नीलकण्ठ नगरपालिका–८, च्याडुमोडमा गएराति ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । 

मलेखुबाट धादिङबेँसीतर्फ जाँदै गरेको बा ३ ख ६१४३ नं को ट्रक सडकबाट जंगलमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो । 

दुर्घटनामा घाइते भएका नीलकण्ठ नगरपालिका–३ निवासी गोकुल उपाध्यायको उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा मृत्यु भएको छ । अन्य चार जना घाइतेमध्ये दुईजनाको काठमाडौँस्थित ट्रमा सेन्टरमा र दुईजनाको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ ।

जेठ ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार