×

NMB BANK
NIC ASIA

चीनले दक्षिण चीन सागरमा बमवर्षक विमान अहिले तैनाथ गर्नुको अर्थ के हो ?

जेठ ६, २०७५

NTC
Premier Steels

काठमाडौं, ६ जेठ – चीनले दक्षिण चीन सागरको विवासदत क्षेत्रमा पहिलोपटक आफ्नो बमवर्षक विमान एच–६के तैनाथ गरेको छ । 

विशेषज्ञहरूका अनुसार, यी विमानहरूको रेन्ज उत्तरी अस्ट्रेलिया र गुआम द्वीपसम्म छ । 

अमेरिकाले चीनको यो कदमपछि आफ्ना युद्धविमानहरू चीनले बनाएको कृत्रिम द्वीपहरूतर्फ पठाएको छ । 

लामो दूरीका यी बम वर्षक विमान द्वीप र चट्टानमा चीनका सबै क्षेत्रसम्म पहुँच बढाउनका लागि आयोजित अभ्यासमा संलग्न गरिएका थिए । 

यो विमानका पाइलट ग दाचिङले एक बयान जारी गरेर यो अभ्यासबाट ‘हाम्रो हिम्मत र वास्तविक युद्धको स्थितिमा हाम्रो क्षमता बढ्ने’ बताएका छन् ।

यो बम वर्षक विमानबाट मिसाइल लन्च गर्न सकिन्छ ।

एसिया म्यारिटाइम ट्रान्सपरेन्सी इनिसिएटिभसँग जोडिएका विशेषज्ञहरूका अनुसार, यी विमानहरू छिट्टै स्प्राट्ली टापुसमूहमा अवतरण गर्न सक्छन् । त्यहाँ रनवे र ह्यांगरहरू छन् । त्यहाँबाट यी विमान अस्ट्रेलिया र गुआमस्थित अमेरिकी सैन्यअड्डासम्म पुग्न सक्छन् । 

चीनको कदमविरुद्ध अमेरिकाले युद्धविमान पठाउँदै अमेरिका स्वतन्त्र तथा खुला इन्डो–प्यासिफिक क्षेत्रप्रति समर्पित रहेको बताएको छ । 

चीन र अमेरिकाबीच सम्बन्धमा तनाव बढ्दै जाँदा यसरी विमानहरू तैनाथ भएका हुन् । दुई देशबीच व्यापारिक युद्ध शुरु भएपछि सम्बन्धमा तिक्तता बढेको छ ।

जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक डा स्वर्ण सिंहका अनुसार, यो घटनाबाट उक्त क्षेत्रमा तनाव बढ्नु स्वाभाविक छ । 

डा सिंह भन्छन्, ‘यसबाट तनाव बढ्ने निश्चित छ तर यो अचानक हुने घटना होइन । विगत एक दशकदेखि चीनले लगातार दक्षिण चीन सागरमा प्रभाव बढाइरहेको छ । यो क्षेत्रमा लगातार तनाव बढिरहेको छ । अमेरिकाले आफ्नो
विमान पठाएर फ्रीडम अफ नेभिगेसनको कुरा गरेको छ । तर अमेरिकाको यो कदमको समर्थनमा धेरै देश छैनन् । अमेरिकाको विशेष मित्र अस्ट्रेलिया पनि चीनविरुद्ध कारवाही गर्न हिचकिचाउँछ । अमेरिका यो मुद्दामा आफूलाई
एक्लो पाउँछ । त्यतिमात्र नभई अमेरिकाको डोनल्ड ट्रम्प प्रशासनले एसिया प्रशान्त क्षेत्रमा आफ्नो नेतृत्व बनाउनमा रुचि राख्न छोडेको छ ।’

बीबीसी हिन्दीबाट

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x