×

NMB BANK
NIC ASIA

देउवालाई विष्णु पौडेलको प्रश्न– ‘राष्ट्रिय स्वाधीनताको पक्षमा बोल्नु सरकारको कमजोरी हो ?’

जेठ ९, २०७५

NTC
Premier Steels

काठमाडौं, ९ जेठ– सीमा रक्षा गरेर बसेका नेपालीलाई सरकारले राष्ट्रवादको पाठ पढाउन जरुरी नरहेको भन्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भनाइलाई नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले संसदमा चुनौती दिएका छन् ।

Muktinath Bank

प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै महासचिव पौडेलले सरकारले कसैलाई राष्ट्रियताको पाठ पढाएको नभइ राष्ट्रिय एकता र स्वाधिनतालाई बलियो बनाउन चाहेको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘राष्ट्रिय एकताको पक्षमा सरकारले बोल्छ । राष्ट्रिय स्वाधिनताको पक्षमा आवाज बुलन्द गर्नु सरकारको कमजोरी हो ? यो राष्ट्रको स्वाधीनता, गौरब र गरिमालाई उचो राखेर अगाडि बढ्छु भन्नु सरकारको कमजोरी हो ?’ महासचिव पौडेलले प्रश्न गरे ।


Advertisment
Nabil box
Kumari

त्यसअघि संसद बैठकमा देउवाले सीमा रक्षा गरेर बसेका जनतालाई राष्ट्रवादको पाठ पढाउन जरुरी नभएको भन्दै सरकारको आलोचना गरेका थिए । ‘उत्तर–दक्षिण, पूर्व–पश्चिममा हाम्रा सिनामाको रक्षा गरेर बसेका नेपालीलाई पानाको पाना राष्ट्रवादको पाठ पढाउन जरुरी छैन् । नेपाली जनता सबै राष्ट्रवादी छन्, चाहे हिमाल, पहाड या मधेशमा बसेका हुन् । तिनीहरूलाई फेरि राष्ट्रवादको पाठ पढाउन जरुरी छैन,’ देउवाले भनेका थिए ।

Vianet communication

महासचिव पौडेलले सरकारले कुनै पनि नेपालीलाई देशभक्तिको पाठ पढाउन चाहेको नभइ नेपाली जनताको देशभक्तिलाई सलाम गर्न चाहेको बताए ।

पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले सरकारको नीति तथा कार्यक्रम स्पष्ट लक्षसहित आएको बताए । ‘प्रचलित अभ्यासको निरन्तरताभन्दा फरक, कार्यान्वयनको दृढ आत्मविश्वास गर्ने, तीव्र आर्थिक विकास गर्ने लक्ष्यसहित सरकारको नीति तथा कार्यक्रम आएको छ,’ पौडेलले भने ।

समृद्ध नेपाल सुखी नेपालीको नारालाई पूरा गर्न सरकारको नीति तथा कार्यक्रम आएको उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x