×

NMB BANK
NIC ASIA

ट्रम्प र किमले हात मिलाउँदा देखिएका पाँच रमाइला दृश्य

जेठ २९, २०७५

NTC
Premier Steels

काठमाडौं, २९ जेठ – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ–उनलाई पूर्वयोजना अनुसार सिंगापुरमा मंगलवार भेटेका छन् । त्यस भेटघाटका क्रममा देखिएका पाँच रमाइला दृश्य यस्ता छन् ः

झण्डा
अमेरिकी र उत्तर कोरियाली झण्डाहरू लहर मिलाएर पृष्ठभूमिमा राखिएको थियो अनि त्यसको अघिल्तिर दुई नेताले हात मिलाए र क्यामराका अगाडि पोज दिए । यो दृश्य आकर्षक थियो र किमका लागि यो ठूलो विजय हो किनकि उनी अमेरिकी राष्ट्रपतिको बराबरीको हैसियतमा देखिए । 

कदमचाल
ट्रम्प होटलबाट पहिले नै निस्के तर किमभन्दा सात मिनेटपछि पुगे । उत्तर कोरियाका नेता ट्रम्पअघि नै पुगेर उनलाई कुर्नु जेष्ठ नागरिकप्रतिको सम्मान थियो । दुवैजना सँगै बाहिर आए अनि ट्रम्पले हात मिलाउनका लागि पहिल्यै हात बढाए । 

हस्तमिलन
दुई देशका झण्डाको पृष्ठभूमिमा ट्रम्प र किमले हात मिलाए । दुईजनाले एकअर्कासँग कुराकानी गर्न खोजे तर त्यो त्यति सुहाउँदो देखिएन । किमले ट्रम्पलाई अंग्रेजीमा ‘तपाईंलाई भेट्दा खुशी लाग्यो, राष्ट्रपतिज्यू’ भनी अभिवादन गरे । हस्तमिलन १२ सेकेन्डसम्म चल्यो । ट्रम्पले संयमित भएर हात मिलाए, अरू नेताको हात तानेको जस्तो उनले गरेनन् । हस्तमिलनका बेलामा ट्रम्पले किमको कुहिनो कमलो तवरले समाते ।

भाषा
ट्रम्पले किमसँगको भेटघाट गौरवशाली भएको बताए र आफूहरूबीच गजबको सम्बन्ध बन्नेमा कुनै शंका नरहेको कुरा व्यक्त गरे । त्यतिखेरै किमले पुराना पूर्वाग्रह र अभ्यासका कारण अमेरिका तथा उत्तर कोरियाबीचको सम्बन्ध दशकौंदेखि गतिरोधको स्थितिमा रहेको भनी स्वीकारे । 

एकान्तिक वार्ता
ट्रम्प र किमले अनुवादकको सहारा लिएर लगभग ४० मिनेट जति वार्ता गरे । त्यसपछि ट्रम्पले आफूहरूबीच ‘उत्कृष्ट सम्बन्ध’ बनेको बताए । किम आणविक हतियार त्याग्ने विषयमा इमान्दार छन् कि छैनन् भन्ने कुरा आफूले एक मिनेटमा बताउन सक्ने ट्रम्पले यसअघि टिप्पणी गरेका थिए ।

द गार्डियनबाट 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x