मन्त्रीलाई प्रश्न सोध्दा कार्यक्रम नै बन्द !

जेठ ३१, २०७५

काठमाडौं, ३१ जेठ–सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई सम्पत्ति विवरणमाथि प्रश्न सोधेका कारण नेपाल टेलिभिजनमा १२ बर्षदेखि प्रसारण हुँदै आएको एक कार्यक्रम बन्द भएको खबर कान्तिपुर दैनिकले छापेको छ । 

कार्यक्रम सञ्चालक राजु थापाले मन्त्री बाँस्कोटोको निर्देशनमा टेलिभिजन व्यवस्थापनले कार्यक्रम रोकेको आरोप लगाएका छन् । 

नेपाल टेलिभिजनमा शनिवार राति ८ः ४५ बजे प्रसार हुने ‘सिधा प्रश्न’ नाम कार्यक्रममा दुई साताअघि मन्त्री बाँस्कोटालाई कार्यक्रम सञ्चालक राजु थापाले कम्युनिष्ट मन्त्रीहरुको दाईजोमा धेरै सम्पत्ति देखियो भन्ने आलोचना छ नि ? भन्ने प्रश्न गरेका थिए ।

जेठ ३१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस