कोरियाली युद्धपछि छुट्टिएका परिवारको पुनर्मिलन गराइने

असार ८, २०७५

काठमाडौं, ८ असार – उत्तर कोरिया र दक्षिण कोरियाले कोरियाली युद्धमा छुट्टिएका परिवारलाई उही अगस्ट २० देखि २६ सम्म पुनर्मिलन गराउने समझदारी शुक्रवार गरेका छन् । 

दुवै देशका प्रतिनिधिहरूको संयुक्त वक्तव्यलाई उद्धृत गर्दै दक्षिण कोरियाको एकीकरण मन्त्रालयले जानकारी दियो । 

पुनर्मिलन तीन वर्षपछि हुन लागेको हो । किम जोङ उन र मून जे–इनले उत्तर कोरियाको आणविक कार्यक्रमका कारण ब्रिगिएको सम्बन्धलाई सुधार गर्दा पुनर्मिलन गराउने कदम चालेका हुन् । 

शुक्रवार उत्तर र दक्षिणबीच रेडक्रस वार्तापछि यो घोषणा गरिएको हो । वार्तामा पारिवारिक पुनर्मिलन तथा अन्य मानवीय मामिलाका बारेमा कुराकानी गरिएको थियो । 

वार्ता उत्तर कोरियाको सुन्दर पूर्वी तटमा रहेको माउन्ट कुमगाङमा रहेको एक होटेलमा बिहान १० बजेबाट शुसरू भएको थियो । 

सन् २००० देखि उत्तर र दक्षिण दुवैमा लगभग २३ हजार ६ सय परिवारहरूले पुनर्मिलन कार्यक्रमअन्तर्गत भिडियोलिंक मार्फत कुराकानी गरेको सउलमा ररहेको हुन्डे रिसर्च इन्स्टिच्युटले बतायो ।

एजेन्सी
 


असार ८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस