मन्त्रीज्यू,हिलोमै फोटो खिचाउन पर्ने भए जोरपाटी गए हुन्न ? [फोटोफिचर]

असार १७, २०७५

दुई दिन अघि (असार १५ ) धान दिवसको अवसर पारेर हिलो खेतमा कपडा सुर्केर धेरैले सेल्फी खिचें ।

मन्त्री, नेता, कलाकारदेखि सर्वसाधारण सेल्फि र फोटो खिच्न हिलोमा पसे ।


कसैले मुख चुच्चो बनाए, कसैले शरीरमा हिलो दले । जे होस् हिलोमा रमाइलो गरे ।

तर, काठमाडौंका धेरै सर्वसाधरण हिलो देखि आजित छन् । उनीहरुलाई त्यो हिलो देख्दा सेल्फि खिच्ने रहर छैन ।

हिलो देख्दा नेतालाई गाली गर्नु र कपडा माथि सुर्केर हिड्नुको उनीहरुसँग अर्को कुनै विकल्प छैन । लाग्छ देशमा सरकार छैन, नेता छैनन् । भए त केही न केही गर्थे । 

देशका मुख्य शहरी क्षेत्रको अवस्था यस्तै छ । 

राजधानी काठमाडौंको अवस्था त झन् दर्दनाक छ । 
राजधानीको चावहिल, जोरपाटी, साँखु सडकमा हिड्ने सर्वसाधरणले एक दुई जोर कपडा झोलामा राखेर हिड्नु पर्ने बाध्यता छ ।

पाँच मिनेटमा पुग्ने बाटोमा हिँड्न सक्ने अवस्था छैन जसका कारण गाडी चढ्नुपर्ने अवस्था छ । सडक आसपासका पसलहरुले मासिक आधालाख भन्दा बढी भाडा तिर्छन् । हिलोका कारण व्यापार छैन । न त राज्यले हेर्छ न घरभेटीले  । 

त्यस्तै अवस्था छ कलंकी नागढुंगा सडक खण्डको पनि  । दर्जन बढी ढेकेदारले सडक बनाउने ठेक्का पाएको भएपनि काम सकिनुपर्ने अवधिमा आधा काम पनि भएको छैन ।

घाम लाग्दा धूलो त उडेकै छ तर पानी परेसँगै हिलाम्मे सडक हेर्दा बसाइँ सरुसरु लाग्ने स्थानीय बताउँछन् । तर कहाँ जाने ? राजधानीको कुनै ठाउँमात्र पनि वाह १ भन्ने छैन । राज्य कहिले गम्भीर र जिम्मेवार बन्ला ?

 

 

असार १७, २०७५ मा प्रकाशित

गगन अर्याल

अर्याल लोकान्तरका फोटो पत्रकार हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस