×

NMB BANK
NIC ASIA

अमेरिकासँग भिड्न तयार छौं : इरानी राष्ट्रपति रूहानी

असोज ८, २०७५

NTC
Premier Steels

काठमाडौं — सैन्य परेडमाथि आक्रमण भएको एक दिनपछि इरानका राष्ट्रपति हसन रूहानीले आइतवार आफ्नो देश इरान अमेरिका र उसका खाडी सहयोगीसँग भिड्न तयार रहेको बताएका छन् । 

शनिवार सैन्य परेडमा आक्रमण हुँदा २९ जनाको मृत्यु भएको थियो । 

न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघ महासभाको सत्रमा भाग लिनका लागि तेहरानबाट प्रस्थान गर्नुअघि रुहानीले अमेरिका समर्थित  खाडी मुलुकहरूले इरानका विरोधी संगठनहरूलाई हतियार उपलब्ध गराएको आरोप लगाएका थिए । 

रूहानीले भने, ‘अमेरिका यी साना देशहरूलाई समर्थन गर्छ र भड्काइरहन्छ । तर हामी यो स्थितिको सामना गर्न तयार छौं । हामीहरू उनीहरूलाई जित्छौं र अमेरिकालाई यो बाटो छानेकोमा पछुताउनुपर्ने हुन्छ ।’

इरानको परराष्ट्र मन्त्रालयले यूएईका अधिकारीलाई यो घटनापछि समन पठाएको छ । इरानको सरकारी टीभी च्यानलका अनुसार, यो समन उक्त अधिकारीको असंवेदनशील टिप्पणीपछि पठाइएको हो । 

कतार, साउदी अरब र यूएईले सैन्य परेडमा भएको आक्रमणको निन्दा गरेका छन् । इस्लामिक रिपब्लिकले सन् १९८० को युद्धको शुरूआतको वार्षिकीमा आयोजित समारोहमा भेला भएका मानिसमाथि बन्दूकधारीले गोली चलाएको थियो । 

रूहानीका अनुसार, इराकका पूर्व तानाशाह सद्दाम हुसैनका लडाकूहरू नै अहिले मालिक परिवर्तन गरेर इरानका विरुद्ध लागेका छन् । अरब खाडीबाट दक्षिणतिर रहेका देशमध्ये एकले ती लडाकूहरूलाई आर्थिक, राजनीतिक र हतियार सहायता दिन्छ ।

एजेन्सी

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x