तत्काल खाता खोल्न मिल्ने गरी माछापुच्छ्रे बैंकका थप ४ शाखारहित बैंकिङ सेवा

असोज २५, २०७५

काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडले तनहुँ र खोटाङमा ४ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले तनहुँको बन्दिपुर गाउँपालिका, खोटाङको रुपाकोट मझुवागढी नगरपालिका, खोटाङको हलेसी तुबचुङ नगरपालिका (च्यास्मीटार), खोटाङकै हलेसी तुबचुङ नगरपालिका (धितुङ) मा थप ४ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT

माछापुच्छ्रे बैंक लिमिटेडको हालसम्म ३३ शाखारहित बैंकिङ सेवा सुचारु भइसकेको बैंकले जनाएको छ । ग्राहक सेवा केन्द्रको रुपमा सञ्चालित शाखारहित सेवा केन्द्रबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिट्यान्स भुक्तानी र कर्जा आवेदन गर्ने व्यवस्था समेत गरेको छ ।

बैंकले नेपालमै पहिलो पटक तुरुन्त खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

बैंकले देशभर ८६ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टर लगायत ३३ शाखारहित बैंकिङ सेवा समेत गरी १ सय २१ स्थानबाट ग्राहकलाई सम्पूर्ण बंैकिङ सुविधा प्रदान गरिरहेको छ । बैंकको देशभर ९९ वटा एटीएम सञ्चालनमा छन् । 

असोज २५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस