×

NMB BANK
NIC ASIA

तिलोत्तमा र दातृ निकायका प्रतिनिधिबीच छलफल

असोज २६, २०७५

NTC
Premier Steels

बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिकामा विभिन्न दातृ निकायका प्रतिनिधिले छलफल गरेका छन् ।

Muktinath Bank

विश्व बैंकका नेपालस्थित कन्ट्री डाइरेक्टर फारिस हदाद जर्वोस, बेलायती सहयोग नियोग डीएफआइडीका सुशासन हेर्ने टिम लिडर सिन्थिया रोय, युरोपियन युनियनका नेपालस्थित प्रमुख ओविद्यु, युएनडीपीका सहायक आवासीय प्रतिनिधि यमनाथ शर्मा, युरोपियन युनियनका कन्सलटेन्ट तेजराज दाहाल लगायत दातृ निकायको टोलीले बिहीवार र शुक्रवार तिलोत्तमा नगरपालिकासँग छलफल गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छलफलमा नगरपालिकाको तर्फबाट नगर प्रमुख वासुदेव घिमिरे, उपप्रमुख जगेश्वरदेवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, उपसचिव हरिप्रसाद ज्ञवाली, प्रवक्ता सुरेन्द्र श्री, कार्यपालिका सदस्य, सल्लाहकार, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।


Advertisment
Nabil box
Kumari

दातृ निकायका प्रतिनिधिले नगरपालिकाबाट हालसम्म सम्पादन भएका काम, प्रस्तावित योजना तथा कार्यक्रम र कार्यसम्पादन गर्दा भोग्नुपरेका समस्याबारे जानकारी लिएका थिए । उनीहरूलाई नगर प्रमुख घिमिरेले नगरपालिकाको वस्तुस्थिति, नगरपालिकाले अघि सारेको नीति तथा कार्यक्रम, योजनाबारे जानकारी गराए  ।

Vianet communication

नगर प्रमुख घिमिरेले सीमित स्रोतसाधनले ठूला पूर्वाधार विकासका काम गर्न नसकिने बताउँदै नगरपालिकाले अघि सारेका रिङरोड, क्षेत्रीय बसपार्क, सडकको स्तरोन्नति, कृषि उपज संकलन तथा प्रशोधन केन्द्र, अत्याधुनिक ल्यान्डफिल्ड साइडलगायत प्रस्तावित योजनामा सघाउन दातृ निकायका प्रतिनिधिलाई आग्रह गरे ।

त्यस अवसरमा विश्व बैंकका नेपालस्थित कन्ट्री डाइरेक्टर फारिस हदाद जर्वोसले संघ, प्रदेश र स्थानीय तहको संस्थागत संरचना, जनशक्ति, पूर्वाधार, क्षमता विकासका सन्दर्भमा विश्व बैंकले काम गर्न चाहेको जानकारी गराएका थिए ।

उनले ५ नम्बर प्रदेशमा पर्यटन विकासका लागि तयार हुँदै गरेको सहयोग सम्बन्धी आयोजनाबारे जानकारी गराउँदै तिलोत्तमा नगरपालिकासँग मिलेर काम गर्न आफूहरू तयार रहेको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x