पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
दमौली- तनहुँको व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका शहीद शान्ति पार्कलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने भएको छ । सदरमुकाम दमौली बजारस्थित पूर्व र उत्तरमा व्यासमार्ग, पश्चिममा मादी नदी र दक्षिणमा दमौली बजारभित्र पर्ने बागभञ्ज्याङ सामुदायिक वनको करीब आठ हेक्टर क्षेत्रफलभित्र तनहुँ कालिका शहीद शान्ति पार्क पर्दछ ।
दमौली बजारबाट एक किलोमिटर दूरीमा पर्ने यस पार्कलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित विभिन्न संरचना निर्माण गरिएको छ । यस ठाउँबाट दमौली बजारलगायत आसपासका बस्ती, काहुँडाँडा, मानहुँडाँडा, तनहुँसुर, मिर्लुङकोट, गलेखामकोटलगायतका पर्यटकीयस्थल अवलोकन गर्न सकिन्छ । यस ठाउँलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन लागिपरेको पार्कका अध्यक्ष मोतीकुमार श्रेष्ठ बताउनुहुन्छ ।
पार्कको वृहत्तर विकासका लागि गुरुयोजनासमेत बनाइएको छ । गुरुयोजनाले पार्कलाई पाँच भागमा विभाजन गरी त्यसभित्र बन्ने संरचनालाई समावेश गरेको छ । गुरुयोजनाअनुसार मन्दिर बाहेकका अन्य संरचना निर्माणमा करीब रु चार करोड ८५ लाख १५ हजार ७७६ बजेट आवश्यक पर्ने समितिका कोषाध्यक्ष एकबहादुर रानाले बताउनुभयो । विसं २०६३ भदौ १३ गते सांसद क्षेत्र पूर्वाधार विकास कार्यक्रम र स्थानीय उपभोक्ताको जनसहभागितामा ३६ वर्गफिटको टिनको छानो भएको तनहुँ कालिका मन्दिरको स्थापना भएको थियो । हाल उक्त मन्दिरको पुनःनिर्माणको काम भइरहेको छ ।
आर्थिक वर्ष २०७४÷७५ को असारसम्ममा व्यास नगरपालिकाबाट अनुदान सापटी र सहयोग गरी प्राप्त रु ४४ लाख ६४ हजारको लागतमा मन्दिरमा झ्यालढोका, टुँडाल, बुट्टेदार इँट्टा, मूर्ति खरिदलगायतका काम भएको छ । पार्क स्थापना भएदेखि हालसम्म पार्कको विकासका लागि रु दुई करोड ३७ लाख २२ हजार ८५६ प्राप्त भएको र रु दुई करोड ३४ लाख तीन हजार ४२३ खर्च भएको कोषाध्यक्ष रानाले जानकारी दिनुभयो ।
जसअनुसार मन्दिर निर्माणमा रु एक करोड १० लाख ३८ हजार ६६८, पिकनिकस्थल निर्माणमा रु १६ लाख एक हजार ४८५, खानेपानी व्यवस्थापनमा रु १० लाख ९३ हजार ५५२, रिटेनिङवालमा रु ७८ लाख १६ हजार ३६३ खर्च भएको छ ।
व्यास नगरपालिका–४ का वडाध्यक्ष एवं पार्कका पूर्व महासचिव विश्व न्यौपाने दमौली बजारलाई आन्तरिक पर्यटनको केन्द्र बनाउन यस पार्कले महत्वपूर्ण भूमिका खेल्ने बताउनुहुन्छ । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले दमौलीको परिचय स्थापित यस ठाउँले गर्ने भएकाले नगरपालिकाले सदैव यसको विकासमा सहयोग गर्ने बताउनुभयो । उहाँले गुरुयोजनाअनुसार काम गर्दै गए यसलाई धार्मिक पर्यटनको केन्द्रविन्दु बनाउन सकिने बताउनुहुन्छ ।
तनहुँ निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ पार्क दमौलीको मात्र नभई तनहुँकै धार्मिक पर्यटनको गन्तव्य बन्न सक्ने बताउनुहुन्छ । उहाँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट यस ठाउँलाई एक सय नयाँ गन्तव्यभित्र पारेको जानकारी दिनुहुँदै यसलाई गुरुयोजनाअनुसार विकास गर्दै जाने बताउनुभयो ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...