×

NMB BANK
NIC ASIA

दशैंमा शाकाहारीले के खाने ?

असोज ३१, २०७५

NTC
Premier Steels

दशैं भन्नासाथ पछिल्लो समय खानपान, मनोरञ्जनको चाडको रुपमा विकसित भइरहेको छ । 

Muktinath Bank

देवी भगवतीको पूजा अर्चना उपासनामा मानिसहरुको रुचीमा कमी देखिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सांस्कृतिक रुपमा पनि दशैं नयाँ लुगा, शक्तिपीठहरुमा बलीको रुपमा लिइने गरेको छ । 


Advertisment
Nabil box
Kumari

दशैं मान्ने धेरै नेपालीको चुलामा मासुका परिकार पाक्ने गरेको छ । तर पछिल्लो समय अहिंसावादी सोच, स्वास्थ्यमा मासुले पार्ने नकारात्मक प्रभाव आदी कारणले पनि मासु नखाने मानिसहरुको संख्यामा बृद्धि भइरहेको छ । 

Vianet communication

दशैंमा सरकारी स्तरमा भेडा च्यांग्राको विक्री हुने गरेको छ । मासुका विभिन्न परिकरहरुको चर्चाका बीच हरियो तरकारी, काउली, साग, च्याउआदीको कुनै चर्चा हुने गरेको छैन । 

‘दशैंमा मासु नखाए के खाने ?’ भन्ने प्रश्नको सामना अधिकांश शाकाहारीले गर्नुपर्ने परिस्थिति छ । जस कारण शाकाहारीहरु दशैंमा के खाने भन्ने द्विविधामा पर्ने गरेका छन् । 

शाकाहारीले दशैंमा के खाने ?

मासुको प्रयोग नगरि पनि दशैंलाई खानपानका हिसावमा स्वादीलो बनाउन सकिन्छ । 

त्यसका लागि तपाईले नियमित रुपमा खाने काउली, घिरौला, बन्दा, भन्टा, साग, मूलाका साथसाथै पनिर, च्याउका विभिन्न स्वादिलो परिकार बनाउँन सक्नु हुन्छ । 

दशैंमा तपाईले मटर पनिर, पालक पनिर, तोफु, मटर मसरुम पनिर, लगातयको तरकारी बनाउन सक्नुहुन्छ । 

च्याउमा प्रोटिन, भिटामिनहरूमा थाइमिन, राइवोलेविन, नाइसिन, वायोटिन, एसकर्भिक एसिड, विभिन्न मिनरल्स, विभिन्न एमिनो एसिडस् आदि तत्वहरू पाइन्छ । त्यस्तै, भिटामिन ए, बी, सी, खनिज र क्याल्सियम पनि पाइन्छ । बोसो नगन्य मात्रामा हुने च्याउलाई पौष्टिक खानाको रूपमा लिइएको छ जसको प्रयोग दशैंमा स्वास्थ्यका हिसावले पनि हितकर हुन्छ ।

शाकाहारीले दशैंको समयमा चना, केराउ, बोडीको तरकारीहरुको प्रयोग गर्न सक्नु हुन्छ । त्यस्तै आलुको अचार, काक्राको पुरानो अचारको प्रयोग पनि भेजहरुले गर्न सक्नुहुन्छ । 

मासुलाई धेरैदिनसम्म राखेर पकाएर खानु भन्दा तपाईको भान्सामा पाकेको पालक पनिर, च्याउको परिकार निकै स्वास्थकर हुन्छ । 

दशैंमा खिर लगायतका परिकार पनि बनाउन सकिन्छ । 

मिठाइ र फलफूल

दशैंको अवसरमा शाकाहारीले प्रयोग गर्न सक्ने अन्य खानेकुरामा फलफूल र मिठाइ पनि हुन्छ । त्यसका लागि बजारमा किनिएका मिठाइ भन्दा घरमा नै बनाउन सकिने लालमन, रसवरी, जेरी, नरीवलको वर्फी, सेल, अनरसा लगायतका मिठाइको प्रयोग गरेर दशैंलाई स्वादीलो बनाउन सक्न् हुन्छ । त्यस्तै भेजहरुले फलफुल, लस्सीको प्रयोग पनि दशैंमा गर्न सक्छन् । 

दहीको प्रयोग दशैंमा धेरै हुने गरेको छ । दही, चिउरासँग आलूको अचार कम्ति स्वादीलो हुँदैन । 

जे जस्तो परिकार भएपनि दशैंमा सन्तुलित र आफ्नो शरीर स्वास्थ्यका हिसावले खानपान गरेर दशैं मनाउनु होला । 

आधुनिक खानपान

पछिल्लो समय खानपानमा नयाँ नयाँ कुराहरुको विकास भइरहेको छ । दशैंमा पनि शाकाहारीहरुले यस्तै खानेकुरा आफ्नो भान्छामा बनाउन सक्नुहुन्छ । भेज पिज्जा, भेज फिंगर, फ्रेन्च फ्राइ, समोसा लगायतका परिकार बनाएर पनि दशैंको खानपानलाई स्वादिलो बनाउन सकिन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x