×

NMB BANK
NIC ASIA

भक्तपुरमा कुमारीको हातबाट दशैंको टीका ग्रहण

कात्तिक २, २०७५

NTC
बडादशैंको अवसरमा भक्तपुरको ब्रम्हायणी शक्ति पीठमा लागेको मेलामा परम्परागत बाँसुरी बाजासहित दर्शन गर्न जाँदै स्थानीय
Premier Steels

भक्तपुर – विजयादशमीको दिन शुक्रवार जीवित देवी भक्तपुरकी एकान्त कुमारी जीविका बज्राचार्यको हातबाट टीका थाप्नेको भीड लागेको छ । 

Muktinath Bank

विजयादशमीमा भक्तपुरको तलेजुमा जीवित देवीका रुपमा पुजिँदै आएको एकान्त कुमारीको हातबाट टीका ग्रहण गर्न स्थानीयको घुइँचो लागेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुमारी जीविका बज्राचार्यको हातबाट तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी, पूजारी, जोशीहरु, कर्माचार्यहरू, गुरू तथा पुरोहितले साइतको टीका लगाएका छन् । कुमारीको हातबाट टीका लगाएपछि मात्र अन्य व्यक्तिको हातबाट टीका लगाउने परम्परा रहेको तलेजुका मूल नाइके जोशीले बताए । कुमारीले साइतको टीका लगाएपछि कुमारीको हातबाट टीका लगाउन विभिन्न व्यक्तिहरु तलेजु मन्दिर पुगेका छन् । 


Advertisment
Nabil box
Kumari

ब्रह्मायणीमा दिनभर जात्रा 

Vianet communication

भक्तपुरका बासिन्दाले ब्रह्मायणी मन्दिरमा भव्य जात्रा मनाएका छन् । प्रत्येक वर्ष विजयादशमीको दिन लाग्ने जात्रामा हजारौं स्थानीयवासीको बिहीवार रातिदेखि शुक्रवार दिनभरि नै भीड लागेको छ । 

नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रह्मायणी मन्दिरमा नवदुर्गा प्रकट हुने जनविश्वासअनुरूप परम्परादेखि यसदिन भव्य मेला लाग्ने गरेको छ । 

ब्रह्मायणी मन्दिरमा पूजा गर्न भक्तपुर, मध्यपुरथिमी, ताथली, सुडाल, बागेश्वरी, चित्तपोल, सिपाडोल, नंखेल, काभ्रे, ललितपुर र काठमाडौंका भक्तजनसमेत आएका छन् । यस दिन मन्दिरमा जमरा, हाँसको फूल, हाँस, बोका, कुखुराको भालेको बलिसमेत दिने गरिन्छ । 

बिहीवारदेखि व्रत बसेकाहरू शुक्रवार बिहान ३ बजेदेखि घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिँदै र शरीरमा ५, ७ र १८ वटा दीप (दियो) बालेर जाने र पूजा गर्ने प्रचलन छ । यसरी शरीरमा दियो बाल्नेमा युवापुस्ताको पनि उल्लेख्य सहभागिता रहेको छ । 

टोलटोलबाट विभिन्न धिमे, बाँसुरीलगायत विभिन्न बाजा बजाएर मन्दिरमा पूजा लैजाने र दर्शन गर्नेको ठूलै भीड लागेको छ । जात्रा शुक्रवार राति मात्रै सम्पन्न हुनेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x