×

NMB BANK
NIC ASIA

रोजगारीमा बोनसको लोभ : दशैंतिहारमा घर आउँदैनन् ‘बम्बैवाला’

कात्तिक २, २०७५

NTC
Premier Steels

सुर्खेत – नेपालीले हर्षोल्लास एवं पारिवारिक मिलनका साथ महान पर्व बडादशैं मनाइरहेका छन् ।

Muktinath Bank

दशैंका बेला विदेशमा रहेका अधिकांश नेपाली स्वदेश फर्किने गरेका छन् । तर, भारतका केही शहरमा बस्ने नेपालीलाई दशैंको रौनकले मनमा छोएपनि व्यवहारमा छुँदैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रोजगारीका लागि भारत पुगेका ‘बम्बैवाला’ बडादशैंको दिन पनि रोजगारीमै व्यस्त हुन्छन् । आठबीस नगरपालिका–६ का केशबहादुर थापा भारत महाराष्ट्रको राजधानी मुम्बईको मलाडमा सेक्युरिटी गार्डमा काम गर्न लागेको ८ वर्ष भयो । उनी हरेक २ वर्षमा स्वदेश आउँछन् । तर, उनी दशैंमा कहिल्यै घर आउँदैनन् ।


Advertisment
Nabil box
Kumari

सुर्खेतको पञ्चपुरी नगरपालिकाका अशोक ढुंगाना महाराष्ट्रको पोइसर क्षेत्रमा काम गर्दै आइरहेका छन् । ४५ वर्षीय उनी त्यहाँ काम गर्न थालेको २४ वर्षभन्दा बढी भएको बताउँछन् । उनी तिहारपछि मात्रै घर जाने र दशैंतिहार मनाउने गरेर घर नजाने गरेको बताउँछन् ।

Vianet communication

कालिकोटको मान्म घर भएका रितेश शाही महाराष्ट्रको ठाणे जिल्लाको मुलुण्डमा नोकरी गर्छन् । उनी पनि दशैंका लागि भनेर घर फर्किने गरेका छैनन् । उनले दशैं मनाउन घर गएर ३०–४० हजार खर्च गर्नुभन्दा तिहारको बोनस लिएर घर जानुमा राम्रो हुने बताए ।

‘तिहारमा डबल (दोब्बर) पैसा कमाइन्छ । तिहारको कमाइले घरपरिवारलाई २ महिना खाना खान पुग्छ,’ उनले भने, ‘त्यस्तो अवसर छोडेर दशैं मान्न किन जानु र गाउँमा ?’

मुम्बई र ठाणेमा मात्रै करीब ४ लाखभन्दा बढी नेपाली रहेको अनुमान गर्ने प्रवासी नेपाली संघ भारतका केन्द्रीय महासचिव डम्बर रावलले दशैंमा नेपाली घर नफर्किनाको कारण तिहार बोनस नै भएको बताउँछन् । ‘यहाँ अधिकांश नेपाली युवा सेक्युरिट गार्डको नोकरी गर्ने गर्छन्,’ उनले भने, ‘नोकरी गर्ने स्थानमा तिहारको बेलामा खाइपाई आएको तलब बराबरको रकम थप हुने र अन्य कमाई पनि बढ्ने भएका कारण नेपालीहरू दशैं मनाउन घर नफर्केका हुन् ।’

उनका अनुसार नेपालमा दशैंतिहारलाई महत्त्वपूर्ण पर्वका रुपमा लिने गरिन्छ भने भारतको महाराष्ट्रमा तिहारलाई महत्त्वपूर्ण पर्वका रुपमा लिने गरिन्छ । ‘दशैं नमनाउने भन्ने त हुँदैन । तर, यहाँका भारतीयले दशैंभन्दा बढी महत्त्व तिहारलाई दिने गर्छन्,’ उनले भने, ‘त्यही कारण नेपालीहरू एक महिनामा डबल नाफा हुने काम छोडेर घर आउन मान्दैनन् ।’

भवनहरूमा सुरक्षा गार्डको काम गर्ने युवालाई सीप सिकेर नेपाल फर्कन भन्दै अभियान नै चलाएको उनले बताए । ‘हामीले हाम्रा संगठनमा आवद्ध तथा अन्य सम्पर्कमा आएका युवालाई काम सिकेर घर जान बारम्बार भन्दै आएका छौं,’ उनले भने, ‘अहिले करीब २० प्रतिशत प्रवासी नेपालीले प्रवासमा नै काम सिक्दै नोकरी गर्दै आइरहनुभएको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x