×

NMB BANK
NIC ASIA

आर्थिक अवस्थामा सुधार ल्याउन मुक्तकमैया बस्तीमा 'होमस्टे'

कात्तिक २७, २०७५

NTC
Premier Steels

कञ्चनपुर- कृष्णपुर नगरपालिका–२ वाणीस्थित मुक्त कमैया बस्तीमा विजयास घरवास (होमस्टे) सञ्चालन गरिएको छ । विपन्न अवस्थाका मुक्त कमैया परिवारको आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यले घरवास सञ्चालन गरिएको हो । 

जनहित महाकाली सामुदायिक वन उपभोक्ता समिति र केयर नेपालको हरियो वन कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा घरवास सञ्चालनमा आएको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई बस्नका लागि सुविधायुक्त पाँच घर निर्माण गरिएका छन् । एउटा घरमा दुईदेखि चार जनालाई राख्न सकिन्छ । प्रत्येक घरमा शौचालयसमेत निर्माण गरिएको छ । 

घरवासमा आउने पर्यटकका लागि बस्ने उचित व्यवस्थासँगै थारू समुदायको परिकारले सत्कार गर्ने व्यवस्था गरिएको सञ्चालक समितिका कोषाध्यक्ष विस्पती चौधरीले बताउनुभयो । पूर्वपश्चिम राजमार्गसँगै जोडिएको बस्तीमा घरवास सञ्चालन गरिएकाले पर्यटकको आगमनमा वृद्धि हुने उहाँको विश्वास छ । प्रदेशनी चौधरी, जमुना चौधरी, विसपती चौधरी, वसन्ती राना र राजकुमारी चौधरीले पर्यटकको सत्कारमा जुटेका छन् । 

“घरवासमा पुग्ने पर्यटकलाई थारू समुदायका विशेष परिकार ढिक्री अन्दीको रोटी तथा भात, हरियो तरकारी, घोगी, स्थानीय जातका कुखुराको मासु, पतौलाका परिकार पस्किने व्यवस्था गरेका छौँ” चौधरीले भन्नुभयो । घरवासमा पुग्ने पर्यटकका लागि खानाको मूल्य परिकारअनुसार रु १३० देखि रु ३०० सम्म तोकिएको छ ।

Muktinath Bank

पर्यटकलाई मनोरञ्जन प्रदान गर्न नृत्य टोलीसमेत गठन गरिएको छ । जनहित महाकाली सामुदायिक वनभित्र रहेको पदमार्ग, चुरेसँगै जोडिएको सिस्ने क्षेत्र र विश्वकै संरक्षणको सूचीमा राखिएको कृष्णसार तथा लोपोन्मुख प्रजाति विजयसाल संरक्षित क्षेत्र घरवासमा आउने पर्यटकले रमाउन सक्ने स्थानसमेत यहाँ छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बेदकोट, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र दोधारा–चाँदनीमा रहेको एशियाकै लामो झोलुङ्गे पुल, झिलमिला ताललगायत पर्यटकीय क्षेत्र नजिकै पर्छन् । घरवास कार्यक्रमबाट न्यून आय भएका मुक्त कमैया समुदायका महिला आत्मनिर्भर हुने र लोप हुँदै गएको संस्कृति संरक्षणमा टेवा पुग्ने विश्वास लिइएको छ । 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x