×

NMB BANK
NIC ASIA

अमेरिकाबाट फर्किएपछि मुख्यमन्त्री राईले भने – प्रक्रिया पूरा गरेरै अमेरिका गएँ

कात्तिक ३०, २०७५

NTC
Premier Steels

विराटनगर – १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले आफू सुटुक्क अमेरिका नगएको बताएका छन् ।

Muktinath Bank

अमेरिकाबाट थाइल्याण्डको राजधानी बैंकक हुँदै नेपाल फर्किएलगत्तै वक्तव्य जारी गर्दै मुख्यमन्त्री राईले आफ्नो अमेरिका भ्रमणलाई जबर्जस्ती विवादमा तानिएको बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विज्ञप्तिको पूर्णपाठ :


Advertisment
Nabil box
Kumari

२ वर्षदेखि घाँटीको समस्या झेल्दै आएको म उपचारका लागि कात्तिक १६ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्याण्डको राजधानी बैंकक गएर कात्तिक २८ गते स्वदेश फर्केको  छु । मेरो स्वास्थ्य लाभको कामना गर्दै तपाईहरू सबैले देखाउनुभएको चिन्ता, चासोप्रति हार्दिक आभार प्रकट गर्दछु ।

Vianet communication

मेरो स्वास्थ्य अवस्था र उपचारको बारेमा सामाजिक सञ्जाल, निहित स्वार्थ बोकेका डिजिटल मिडिया र केही छापा माध्यमबाट गरिएका दुष्प्रचारबारे मलाई राम्रोसँग थाहा छ । यसमा मेरोे गम्भिर ध्यानाकर्षण भएको छ । यस्ता आधारहीन र भ्रामक प्रचारबाजीबाट प्रभावित नहुन म सबैलाई हार्दिक आग्रह गर्दछु । 

२ बर्षदेखि घाँटीको पछाडीको भागमा मैले समस्या झेल्दै आएको र निरन्तर नेपालको सरकारी तथा निजी अस्पतालमा र अन्य उपचार पद्दतिहरू समेतबाट उपचार गर्दै आइरहेकोमा खास रोगको पहिचान र समाधान हुन नसकेको कारण चिकित्सकहरूको सल्लाहमा बैंकक गएको हो । विदेशमा उपचार गराउन जानु मेरो कुनै रहर र सोख हैन । मेरो उपचार तथा निजी भ्रमणको सम्बन्धमा मिति २०७५ कात्तिक ११ गते बसेको प्रदेश सरकार  (मन्त्रिपरिषद्) को बैठकबाट निर्णय भई सोही बमोजिम संघीय सरकारलाई जानकारी गराएर म आफू कात्तिक १६ गते बैंककमा उपचारपश्चात् अमेरिका गएको जानकारी गराउँछु ।

थाइल्याण्डको राजधानी बैंककस्थित बुम्रुनग्राड अस्पतालमा मेरो उपचार हुँदा कुनै गम्भीर प्रकृतिको समस्या नदेखिएको र चिकित्सकको सल्लाह बमोजिम कुनै जटिल किसिमको समस्या नरहेको निष्कर्षले मलाई उत्साहित बनाएको छ । चिकित्सहरूको सल्लाह बमोजिम ६ महिना औषधि सेवन गर्नुपर्ने र नियमित फिजियोथेरापीबाटै समस्याको समाधान हुने व्यहोरा समेत जानकारी गराउँछु । साथै ६ महिनापछि अर्थात् २०७६ बैशाख ६ गते पुनः जाँचको लागि बोलाएको कुरा जानकारी गराउँछु । 

प्रदेश सरकारको प्रमुख भएको नाताले निजी काम र भ्रमणमा जाँदा वा औपचारिक भ्रमणमा जाँदा अपनाउनुपर्ने प्रक्रिया र लिनुपर्ने निर्णय, अनुमति वा जानकारीको सम्बन्धमा मलाई अवगत भएकै कारणले मैले प्रक्रिया पूरा गरेर मात्र भ्रमण गरेको समेत जानकारी गराउँछु । बैंककमा उपचारको क्रममा मेरो अन्तिम रिपोर्ट नोभेम्बर १२ अर्थात् कात्तिक २६ मा मात्र प्राप्त हुने भएको हुँदा पूर्वनिर्णय अनुसार उक्त बाँकी अवधिको लागि अमेरिका गएको हुँ । म सुटुक्क होइन, विधिसम्मत सबै प्रक्रिया पूरा गरेर प्रेसलाई समेत जानकारी गराई म अमेरिका गएको कुरा राख्न चाहन्छु । मेरो व्यक्तिगत उपचारको सिलसिला र निजी भ्रमण भएको हुनाले आफूले कुटनैतिक राहदानी (रातो पासपोर्ट) समेतको प्रयोग नगरेको कुरा अवगत गराउन चाहन्छु ।

अमेरिकाको मेरो भ्रमण कसैको औपचारिक निम्तो, कार्यक्रम र प्रायोजनमा नभई निजी एवं पारिवारिक भेटघाट मात्र भएको जानकारी गराउँदछु । मेरो आग्रहमा होइन, न्युयोर्कस्थित प्रवासी नेपाली मञ्च र आदिवासी जनजाति महासंघको संयुक्त आग्रहमा आयोजित एक भेलामा सहभागी भई वाल्टिमोर, वाशिंटन डिसी, वफेल्लो लगायतका केही ठाउँहरूको भ्रमणपश्चात् पुनः बैकक भएर आफ्नो उपचारको सम्पूर्ण रिपोर्टसहित स्वदेश फर्किएर म आफ्नो जिम्मेवारीमा क्रियाशील भइसकेको जानकारी गराउन चाहन्छु ।

यसप्रकार भएको मेरो अमेरिका भ्रमणलाई जबर्जस्त विवादमा तान्न खोजेर मलाई केही थाहा नभएको, कोही नभेटेको र नचिनेको व्यक्तिहरूको एउटा घटनामा म र मेरो सहयोगी पारुहाङ राईको नाम जोडेर सनसनीपूर्ण बनाएर गरिएको भ्रमपूर्ण प्रचारबाजीको खण्डन गर्दछु । यसमा मेरो कुनै संलग्नता नरहेको जानकारी गराउँदछु ।

मैले नैतिक मूल्यमान्यता, इमान, पारदर्शीता, त्याग र निष्ठाको राजनीति गर्दै आइरहको छु  । मेरो उपचार र भ्रमणको सम्पूर्ण खर्च मैले आफ्नै पारिश्रामिकबाट जम्मा भएको स्रोतबाट गरेको छु । मेरो उपचार र भ्रमणका लागि कुनै व्यक्ति वा संस्था कसैबाट कुनै प्रकारको सहयोग नलिएको जानकारी गराउँदछु । 

अन्त्यमा यस्ता कुत्सित र पूर्वाग्रहले भरिएका हल्ला र प्रचारबाजीहरूबाट म कति पनि प्रभावित भएको छैन । बरु आफ्नो इमान, नैतिक मूल्यमान्यता, निष्ठा र त्यागको जगमा दरिलो उभिँदै निरन्तर अगाडि बढ्न मलाई उर्जा मिलेको छ । मेरो स्वास्थ्यप्रति चासो लिएर सद्भाव देखाउँदै स्वास्थ्य लाभको कामना गर्नुहुने स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x