काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासङ्घले बैंक तथा वित्तीय संस्थाले एकतर्फीरुपमा ऋणको व्याजदर बढाएकामा गुनासो गरेको छ ।
एकतर्फीरुपमा व्याज बढाउँदा उद्योग व्यवसाय क्षेत्रमा नकारात्मक असर पर्ने भन्दै महासङ्घले लगानी निरुत्साहित हुन सक्नेतर्फ चिन्ता व्यक्त गरेको छ ।
नयाँ परियोजना ल्याउन नसकिरहेको अवस्थामा एकतर्फीरुपमा ऋणको व्याज बढाइनुसमेत गलत भएको महासङ्घले उल्लेख गरेको छ ।
महासङ्घले सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंकिङ क्षेत्रका जिम्मेवार पदाधिकारीलाई नेपालको उद्योग क्षेत्रको प्रतिस्पर्धी क्षमता ह्रास हुन गएकाले उद्योग व्यवसायका क्षेत्रमा नकारात्मक प्रभाव परी लगानीसमेत निरुत्साहित हुन गएको जानकारी गराउँदै आएकोसमेत बताइएको छ ।
बढ्दो व्याजदरले लगानी सङ्कुचित भई सरकारले लिएको आठ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य र थप पाँच लाख रोजगारी वृद्धिको लक्ष्य प्राप्त गर्न कठिनाइ हुने स्पष्ट पारेको छ । बैंक तथा वित्तीय संस्थाले पुनःहालै व्याजदर वृद्धि गर्नेक्रम शुरु गरेको र अव्यवहारिक ढङ्गले एकतर्फीरुपमा व्याजदर बढाइदा विगतमा भएको लगानी र आगामी दिनमा हुने लगानीमा समेत प्रत्यक्ष प्रभाव पर्ने महासङ्घको ठहर छ ।
अस्वभाविक तवरले भइरहेको व्याजदर वृद्धिलाई निश्चित सीमाभित्र रहने वातावरण कायम गर्न सरकार, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई महासङ्घले आग्रह गरेको निमित्त महाप्रबन्धक गोपालप्रसाद तिवारीले जानकारी दिए ।
थप समाचार
- नेपालमै महिनाको साढे १० लाख कमाउन कर्ण शाक्यको टिप्स
- भाग्यमानी हुन्छन् त्यस्ता मानिस, जसको हातमा यस्तो ‘अक्षर’ हुन्छ
- नयाँ बर्षमा घुम्न जाने योजना छ ? यी हुन काभ्रेका गन्तव्यस्थल
- यस्तो देखियो माथिल्लो तामाकोशी जलविद्युत आयोजना (तस्वीरहरु)
- आर्थिक वर्ष २०७४/७५ को बजेटको पूर्णपाठ
- टन्सिलबाट आराम पाउन यी घरेलु उपाय गर्नुस्
ताजा समाचार
- १४ वर्षीया बालिका वलात्कार गर्ने ६५ वर्षीय सिंहेश्वर पाण्डेलाई ६ वर्ष जेल
- अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्यो, नेपालमा के हुन्छ ?
- भारतीय क्लबलाई नेपाली टोलीले ८–० गोल अन्तरले हरायो
- विधानबारे काङ्ग्रेसमा छलफल ,अर्को बैठक फागुन १२ मा
- काजी कालु पाण्डेको समाधी स्थल नेपालीको तिर्थस्थलः प्रम ओली
प्रतिक्रिया दिनुहोस