×

NMB BANK
NIC ASIA

फ्राइडे रिलिज

‘सुश्री सम्पत्ति’सँगै हलमा ‘डोली’ र ‘कथा ७२’, ‘प्रसाद’ दोस्रो सातामा प्रवेश

मंसिर २८, २०७५

NTC
Premier Steels

काठमाडौं – फ्राइडे रिलिजअन्तर्गत शुक्रबारदेखि हलमा तीन नयाँ नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र हुन् –‘सुश्री सम्पत्ति’, ‘डोली’, र ‘कथा ७२’ ।

Muktinath Bank

कमेडी कथामा ‘सुश्री सम्पत्ति’
सुव्रतराज आचार्य निर्देशित ‘सुश्री सम्पत्ति’ कमेडी जनरामा निर्माण भएको चलचित्र हो । चलचित्रमा सलोन बस्नेत, सारा सिर्पाइली र विनोद न्यौपानेको मुख्य भूमिका रहेको छ । एक युवतीको पछाडि दौडने युवाहरूको कथालाई प्रस्तुत गरिएको चलचित्रमा कमेडीसँगै सामाजिक कथावस्तुलाई पनि उठान गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सलोन, सारा र विनोदका साथमा चलचित्रमा प्रमोद अग्रहरि, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठको साथमा नायिका प्रियंका कार्की अतिथि भूमिकामा छिन् । सुरेश अधिकारीको शब्द तथा संगीत रहेको चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, भरत रेग्मीको सम्पादन, अर्जुन तिवारीको छायांकन छ । रमेश त्वयना यो चलचित्रको प्रस्तुतकर्ता हुन् ।


Advertisment
Nabil box
Kumari

सामाजिक प्रेमकथामा ‘डोली’

Vianet communication

शुक्रवारबाटै प्रदर्शनमा आएको ‘डोली’ सामाजिक प्रेमकथामा बनेको चलचित्र हो । यसअघि ‘बृन्दावन’ निर्देशन गरेका निर्देशक राजबहादुर सानेले चलचित्रको निर्देशन गरेका छन् ।

चलचित्रमा किशोर खतिवडा, पृथ्वीराज प्रसाईँ, प्रिया रिजाल, सानिया खान, संगीता नापित, अर्जुन गुरुङ, हिउवाला गौतम लगायतको अभिनय रहेको छ । किरण नेपालीले निर्माण रहेको चलचित्रको कथा निर्देशक राजबहादुर स्वयंमले लेखेका हुन् ।

‘डोली’मा बाबुल गिरी, सिडी अधिकारी र पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ । चलचित्रमा शंकर महर्जनको द्वन्द्व, श्रीकृष्ण परियारको कोरियोग्राफी, तारा थापा ‘किम्भे’को सम्पादन छ ।

भूकम्पको कथामा ‘कथा ७२’ 

२०७२ सालको महाभूकम्पले मानवीय सम्बन्ध र संवेदनामा पारेको प्रभावमाथि बनेको चलचित्र ‘कथा ७२’लाई प्रवीण स्याङ्बोले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रमा रंगमञ्चमा अभिनयको पृष्ठभूमि बनाएका कलाकारहरू आकाश मगर, सुप्रिया राना, भुइसाल लामा, पाल्मो सन्जु, केदार श्रेष्ठ, शारदा अधिकारी लगायतको अभिनय छ । 

चलचित्रलाई आकाश पौडेल, सुशान्त श्रेष्ठ, प्रवीण स्याङ्बो, रामकृष्ण पोखरेलले निर्माण गरेका हुन् । लोकल सिनेमा प्रालिको निर्माण र आइसफल प्रोडक्सनको सहकार्यमा बनेको चलचित्रलाई चिन्तन राजभण्डारीले खिचेका हुन् ।

चलचित्र सार्वजनिक प्रदर्शनअघि हालै सम्पन्न अन्तर्राष्ट्रीय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)मा नेपाल प्रिमियर गरिएको थियो ।

यो चलचित्र डर्बन इन्टरनेशनल फिल्म फेस्टिभल (दक्षिण अफ्रिका), सिकागो इन्टरनेशनल फिल्म फेस्टिभल (अमेरिका), हनोइ इन्टरनेशनल फिल्म फेस्टिभल (भियतनाम), सियाटल इन्टरनेशनल फिल्म फेस्टिभल (अमेरिका)मा पनि छनोट भई प्रदर्शन भइसकेको छ ।

दोस्रो सातामा ‘प्रसाद’

गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘प्रसाद’ भने आजबाट दोस्रो सातामा प्रवेश गरेको छ ।

दिनेश राउत निर्देशित निःसन्तान दम्पतीको कथामा बनेको चलचित्रको कथा रंग पत्रकार सुशील पौडेलले लेखेका हुन् । सुभाष थापा निर्मित चलचित्रमा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत मुख्य भूमिकामा छन् ।

साथमा बसुन्धारा भुसाल, विनोद भट्टराई, प्रकाश गन्धर्व लगायतको पनि भूमिका छ । राजेश श्रेष्ठको छायांकन रहेको चलचित्रमा लोकेश बज्राचार्यको सम्पादन छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x