×

NMB BANK
NIC ASIA

वाइडबडी घोटालाबाट उम्किन देउवा– ओली साँठगाँठ रहेको नयाँ शक्तिको आरोप

माघ २, २०७५

NTC
Premier Steels

काठमाडौं– नयाँ शक्ति पार्टी नेपालले वाइडबडी विमान खरिदमा भएको अनियमितताबाट जोगिन सत्ता पक्ष र प्रतिपक्षबीच साँठगाँठ भइरहेको आरोप लगाएको छ ।

Muktinath Bank

नयाँ शक्तिा पार्टी नेपालले बुधवार एक विज्ञप्ति निकाल्दै हवाई माफियाको साँठगाँठमा प्रमुख राजनीतिक पार्टीको नेतृत्वले जमानतको गलत प्रयोग गर्दै वाइडबडी विमान खरिदमा अनियमितता गरेको र त्यसबाट उम्किन सत्ता पक्ष र प्रमुख प्रतिपक्षबीच साँठगाँठ सुरु भएको आरोप लगाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नयाँ शक्तिपार्टीले  नेपाल सरकारले प्रदान गर्ने जमानतको गलत प्रयोग गरी निगमबाट दुई वटा वाइडबडी विमान खरिदका क्रममा ठुलो अनियमितता र भ्रषटाचार गरिएको र यसले नेपाल वायु सेवा निगम, कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई डुबाउने प्रपन्च रचिएको ठहर गरेको छ ।


Advertisment
Nabil box
Kumari

विमान खरिदमा भएको अनियमितताको विषयलाई गम्भीर विषयका रुपमा लिएर अनियमिततामा संलग्न जोकोहीलाई पनि कानुनी कठघरामा ल्याउन जरुरी रहेको नयाँ शक्ति पार्टी नेपालको ठहर छ ।

Vianet communication

त्यस्तै विमान खरिदको सुरुवात नै गलत मनसायबाट भएको देखिएको पार्टीको ठहर छ ।

पार्टीले बुधवार जारी गरेको विज्ञप्तिमा विमान खरिद गर्न विमान नै नभएको कम्पनीले समेत प्रतिस्पर्धा गरेको र त्यसबाट गलत मनसायबाट विमान खरिद गरिएको स्पष्ट हुने उल्लेख गरिएको छ । ‘नयाँ विमान खरिद गर्न निगमको आर्थिक विनिमावलीको दाफा २३६को उपदफा १ को कार्यविधि अपनाएर खरिद गर्दा सिधै विमान निर्माता कम्पनीहरुको बीचमा प्रतिस्पर्धा गराउनु पर्नेमा सो नगरी दफा २३६को उपदफा २ को प्रावधान अनुसार पुरानो पुरानो विमान खरिद गर्ने प्रक्रिया अवलम्बन गरी विमाननै नभएको कम्पनीले समेत समेत प्रतिस्पर्धामा भाग लिने गरी नयाँ विमान खरिद गनै चोरबाटो प्रयोग गरिएको छ’ नयाँ शक्तिपार्टीको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै निगमले पहिला नै न्यारोबडी विमान खरिद गर्दा दफा २३६को १ अन्तरगत विमान निर्माता कम्पनीहरुबीच प्रतिस्पर्धा गराइएको स्थापित मार्गलाई परित्याग गरी विचौलिया खडा गर्नको लागि नै पुरानो विमान खरिद गर्ने दफा २३६को २ अन्तरगत प्रतिस्पर्धाको नाटक मन्चन गरिएको समेत नयाँ शक्ति पार्टीले जानकारी दिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x