×

NMB BANK
NIC ASIA

विराटनगर–धरान ६ लेन सडकमा समस्यै–समस्या, ७ अर्ब ५० करोडको ठेक्कामा अढाइ अर्ब खर्च

माघ ७, २०७५

NTC
Premier Steels

विराटनगर – सम्झौता भएको लामो समय बितिसक्दा पनि रानी–विराटनगर–इटहरी–धरान व्यापारिक सडक आयोजनाको काम अझै ६० प्रतिशतभन्दा बढी बाँकी छ ।

Muktinath Bank

ठेक्का लागेर निर्माण शुरू भएको ठाउँमा मात्र करीब ३५ देखि ४० प्रतिशत काम पूरा भएको छैन । आयोजना सम्झौताको मितिलाई आधार मान्ने हो भने चैत्रभित्र सबै काम सम्पन्न भइसक्नुपर्ने हो । तर विभिन्न बहाना देखाउँदै काम हुन नसकेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

७ अर्ब ५० करोड बढीको ठेक्का लागिसकेको विराटनगरको रानीदेखि सुनसरीको तरहरासम्म ३५ देखि ४० प्रतिशत मात्र काम भएको परियोजनाले जनाएको छ । यसरी भएको विकासको काममा कतिपय स्थानमा सरकारी संयन्त्र नै समस्याको रुपमा देखिएका छन् ।


Advertisment
Nabil box
Kumari

विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका, दुहवी नगरपालिका, खानेपानी र नेपाल विद्युत् प्राधिकरणले विस्तारित सडक आयोजनामा असहयोग गर्दै आएको बताइएको छ ।

Vianet communication

भारतीय सीमा नाका रानीदेखि धरानसम्म बन्ने व्यापारिक सडक निर्माणका लागि हाल १५ ठाउँमा फरक–फरक टेन्डर लगाइएको छ । सडकमा एउटा पुल समेत छ । इटहरी उपमहानगरको तरहरा खण्डदेखि धरानसम्म जंगल क्षेत्रको ठेक्का समेत लाग्न सकेको छैन ।

यस्ता छन् ठेक्का योजना र अवरोध

भारतीय सिमानासँग जोडिएको क्षेत्रदेखि नहरसम्मको सडक बनाउने ठेक्का आशिष एपेक्स रोशन जेभीले संयुक्त रुपमा पारेको छ । त्यस क्षेत्रको काम ८२ प्रतिशत काम सम्पन्न भएको आयोजनाको अभिलेखमा उल्लेख छ ।

बाँकी रहेको १८ प्रतिशत काम सक्न रानी भन्सार कार्यालय बाधक बनेको छ । सडकको ‘राइट अफ वे’मा पर्ने २ सय मिटर सडक क्षेत्रमा भन्सार कार्यालय परेको र सो क्षेत्र भन्सारले खाली नगरिदिएका कारण  काम अलपत्र छ ।

विराटनगर बजार क्षेत्रमा पर्ने एसलाल पम्पदेखि बरगाछिसम्मको सडकको काम २५ प्रतिशत मात्रै सकिएको छ । सडक निर्माण गर्ने ठेक्का एमएस तुन्दीरमन जेभीले पाएको छ ।  

समस्याग्रस्त दुहबी र ईटहरी

इटहरी बजारको मुख्य क्षेत्र र दुहवी नगरपालिकको बजार क्षेत्रमा पनि काम गर्न अवरोध छ । नगरपालिकाले सडकको ‘राइट अफ वे’ खाली गराउन नसक्दा काम थाल्न समस्या भएको आयोजनाका कर्मचारीले बताएका छन् । ६ लेन सडकमा सबैभन्दा बढी समस्या दुहवी नगरपालिकामा देखिएको छ ।

मन्त्री स्तरीय निर्णयबाट सडकको राइट अफ वे घटाइएको छ । २ किलोमिटर क्षेत्र घटाउने निर्णय २०५४ चैत्र ३ गते राजपत्र जारी गरेर भएको छ । यसले गर्दा सडक आयोजनाले दुहवी नगरको मुख्य बजारमा काम नै गर्न सकेको छैन ।

इटहरी उपमहानगरपालिकाले सडकको ‘राइट अफ वे’ कति हो भन्दै केही महिना अगाडि नै लिखित पत्राचार गरेको छ । सडकको विचबाट १५–१५ मिटर बनाएर ६ लेनको सडक बनाउने भन्दै डीपीआर बनाएको जानकारी यसअघि नै सम्बन्धित स्थानीय पालिकालाई जानकारी गराइसकेको थियो ।

तर बजार क्षेत्रमा बसोबास गर्ने केही घरधनीको दबाबमा इटहरी उपमहानगरले १५–१५ मिटर नलिन मौखिक निर्देशन आयोजनालाई केही महिनाअघि दिएको थियो । 

यी निर्णय दुहबीका बाधक

२०२१ फागुन ११ गतेको राजपत्रमा निस्किएको सूचनामा जोगबनी सडकखण्डको राइट अफ वे सडकबाट २५–२५ गज हुने उल्लेख छ । त्यसको १५ दिनपछि पुनः राजपत्रमा जोगबनी धरान सडकको राइट अफ वे सडकको विच भागबाट २५–२५ मिटर हुने उल्लेख भयो । 

तर दुहवी क्षेत्रको २ किलोमिटर बजार क्षेत्रबारे भने पुनः २०५४ चैत्र ३ गते राजपत्रमा सूचना जारी गर्दै सडकको राइट अफ वे घटाइयो । राइट अफ वे घटाँउदै दुहवी क्षेत्रमा सडकको मध्यबिन्दूबाट २७–२७ फिट दायाँबायाँ कायम गरियो । जुन कामका लागि तत्कालीन मन्त्री विजयकुमार गच्छदारको हात रहेको बताइएको छ ।

२०४८ बैशाख १३ गते राजत्रपको सूचनाले विराटनगर बजार क्षेत्र सडकको ‘राइट अफ वे’ पनि घटाएर १५ मिटर दायाँबायाँ बनाउने निर्णय गर्यो । तर तत्कालीन समयमा जग्गाधनीको नाम स्रेस्ताबाट नहटाइदिएका कारण अहिले सडकको आसपासमा रहेका जग्गाधनीले अदालतमा मुद्दा दायर गरेका छन् । कतिपय मुद्दामा सर्वोच्चले सडकको विपक्षमा समेत फैसला गरेको छ ।

कानूनतः सडकको राइट अफ वे अर्थात् क्षेत्राधिकार सडकको मध्यबिन्दूबाट २५ मिटर दायाँबायाँ हो । तर जग्गा नभएका कारण १५–१५ मिटर दायाँबायाँ बनाउने गरी सडक विस्तार आयोजनाले ५ वर्ष अगाडि नै डीपीआर तयार गरेर काम शुरू गरेको हो । डीपीआरका अनुसार  धेरै स्थानमा ठेक्का पनि लाग्यो । लागेका ठेक्कामा पनि सबैतिर समान रुपले सडक बन्न नसकेको इटहरीका प्रदेशसभा सदस्य सर्बध्वज साँवा बताउँछन् । 

‘जुन रुपमा काम हुनुपर्न हो, त्यो अनुसार नभएर कुनै ठाउँमा सानो, कुनै ठाउँमा भूँडे अनि कुनै ठाउँमा खुँडे सडक बनाएको छ,’ उनले भने, ‘यसबारे पटक–पटक सदनमा कुरा उठाउँदा पनि सुनुवाइ भएन ।’

विवादका कारण ६ लेनको महत्त्वपूर्ण सडकको मापदण्ड फरक–फरक बनाइएको छ । कतै ८२ फिट बनाइएको छ भने कतै ६५ र कतै ५५ फिटमा झारेर काम भइरहेको छ । सडकको एकरुपताका विषयमा सडक आयोजनासँग समेत स्पष्ट जवाफ छैन । इन्जिनियर उपेन्द्र दासले समस्या नभएको स्थानमा सडकको क्षेत्राधिकार अनुसारको सडक बनाएको र समस्या भएको स्थानमा घटाएरै भएपनि काम अगाडि बढाइएको बताए ।

भारत–नेपाल–चीन जोड्ने रानी विराटनगर इटहरी धरान व्यापारिक सडक विस्तार आयोजनाका लागि ट्याङ्ग्रा खोला व्यवस्थापन अर्को समस्या देखिएको छ । सुनसरीको इटहरीदेखि दुहवी नगरपालिकाको सोनापु खण्डमा बग्ने ट्याङ्ग्रा खोलामा कसरी सडक निर्माण गर्ने विषयमा आयोजनाले सही योजना बनाउन नसक्दा काम शुरू भएपछि समस्या भएको इन्जिनियर दासले बताए । 

इटहरीदेखि सोनापुरसम्मको ५ किलोमिटर सडकको एक साइडमा ट्याङ्ग्रा खोला बगिरहेको छ । यसरी बगेको खोलामा कसरी ६ लेन बनाउने भन्ने अझै आयोजनासँग योजना छैन । ‘डाइभर्सन’ गर्ने गरी विभागमा छलफल भएपनि साइडका व्यक्तिका जग्गा जाने भएकाले मुआब्जाका कुराले समस्या भएको इन्जिनियर देबले बताए । 

उनले भने, ‘खोलालाई पूर्वतर्फ सारौं भने व्यक्तिको जग्गा पर्छ, नसारौ भने ६ लेन पुग्दैन । सडक विस्तारमा खोला समेत अवरोध भएको छ । यसको व्यवस्थापन नगरी सडक बनाउन समस्या भएको छ ।’

साढे ७ अर्बको ठेक्कामा ५ वर्षमा साढे २ अर्ब खर्च

५ वर्ष अगाडि डीपीआर तयार पारेर २०७१ सालदेखि शुरू भएको काम अझै ४० प्रतिशत कट्न सकेको छैन । ठेक्कालाई आधार मान्ने हो भने करीब ७ अर्ब ५० करोड रुपैयाँको टेन्डर लागिसकेको छ । जसमध्ये हालसम्म करीब २ अर्ब ५० करोड रुपैयाँ बराबरको मात्र काम भएको आयोजनाले जनाएको छ ।

आयोजनाका इन्जिनियर दासले अझै दुहबीको २ किलोमिटर र तरहरा–धरान करीब १४ किलोमिटरको काम ठेक्का नै लाग्न नसकेको बताए । चालू आर्थिक वर्षभित्र तरहरा–धरानको ठेक्का लगाउने तयारी भइरहेको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x