×

NMB BANK
NIC ASIA

लावण्य सापकोटा धरणीधर राष्ट्रिय पुरस्कारमा ३ जना पुरस्कृत

माघ २७, २०७५

NTC
Premier Steels

विराटनगर – धरणीधर पुरस्कार प्रतिष्ठानले यस वर्षको राष्ट्रिय पुरस्कारबाट ३ जनालाई पुरस्कृत गरेको छ ।

Muktinath Bank

यस वर्षको धरणीधर राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार एवं साहित्यकार मीनकुमार नवोदितलाई समर्पण गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डेढ दशकभन्दा लामो समयदेखि पत्रकारितालाई साहित्यमा सक्रिय नवोदितलाई प्रतिष्ठानले पत्रकारिता पुरस्कार प्रदान गरेको हो । 


Advertisment
Nabil box
Kumari

१ सय २६ औं धरणी जन्यतीको अवसरमा १५ हजार राशिको धरणीधर राष्ट्रिय सम्मान नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला, प्रदेश सांसद केदार कार्की, विराटनगर महानगरपालिका वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र न्यौपाने र प्रतिष्ठानका अध्यक्ष कृष्णराज कोइरालाले पत्रकार नवोदितलाई दोसल्ला ओढाएर संयुक्त रुपमा नगद र सम्मानपत्र प्रदान गरेका थिए । प्रतिष्ठानले यस वर्षको धरणीधर राष्ट्रिय कला पुरस्कारबाट वरिष्ठ कलाकार माया पौडेल र धरणीधर राष्ट्रिय साहित्य पुरस्कारबाट साहित्यकार मञ्जु श्रेष्ठलाई पुरस्कृत गरेको छ । विगतमा धरणीधर राष्ट्रिय पुरस्कारबाट एकजनालाई मात्रै पुरस्कृत गर्दै आएकोमा यस वर्ष पत्रकारिता, कला र साहित्य गरी ३ विधाका व्यक्तिलाई संयुक्त रुपमा प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष कृष्णराज कोइरालाले जानकारी दिए ।

Vianet communication

कार्यक्रममा प्रतिष्ठानले विराटनगर वडा नम्बर ११ र १२  नम्बर वडामा, हरि बराल, सुमन पोखरेल, सरला चापागाईं, दीपक शम्भु, दयानाथ नेपाल, राधिका पन्थी, कविता केसरी, सीता लामिछाने, चन्द्रमणि न्यौपाने, फणिराज नेपालसहित ११ जनालाई सम्मान गरेको थियो । 

दुवै वडामा बसोबास गर्ने भीमप्रसाद कोइराला, खड्गबहादुर अधिकारी, घनश्याम बराल, तिलकबहादुर थापा, कमल नेपाल, तारानाथ घिमिरे, धनकुमारी भट्टराई, मानकुमारी बञ्जारा, उत्तरा श्रेष्ठ, हरिप्रसाद भट्टराई र खड्ग रायलाई ज्येष्ठ नागरिक सम्मान प्रदान गरेको थियो । उनीहरूलाई पनि नेता कोइराला, सांसद कार्की र प्रतिष्ठानका अध्यक्ष कोइरालाले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । 

कार्यक्रममा साहित्यकार देवी पन्थी, शिवनारायण पण्डित ‘सिंंगल’, लगायतले प्रतिष्ठानका गतिविधिका विषयमा जानकारी गराएका थिए । प्रमुख अतिथिसमेत रहेका कोइरालाले समाज रुपान्तरणमा साहित्यकारको महत्त्वपूर्ण भूमिका रहँदै आएको चर्चा गरे । 

सांसद कार्कीले जग्गा उपलब्ध गराए प्रतिष्ठानका लागि आफूले भवन बनाइदिने प्रतिवद्धतासमेत जनाए ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

बैशाख ४, २०८१

गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...

बैशाख ७, २०८१

दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ ।  प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x