कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
सुर्खेत- कर्णाली प्रदेशको सामाजिक विकासमन्त्री दल रावलले एक वर्षमा जनअपेक्षा अनुसार काम गर्न नसकिएपनि काम गरेको मुल्यांकन गर्दा फर्स्ट डिभिजन आफूले पाउनुपर्ने दाबी गरेका छन ।
‘सबै काम गर्न सएिको छैन,' उनले भने, ‘यो एक वर्षमा ६५ नम्बर पाउने गरी कामहरु भएका छन् ।’
सामाजिक विकास मन्त्री दल रावलले कर्णालीका विकट जिल्लाहरुबाट एक वर्षको अवधिमा चौध जना सुत्केरी महिलाको उद्धार गरिएको दावी गरे ।
‘हामीले चौध जना सुत्केरीको उद्धार गर्न सफल भएका छौं,’ एक वर्षको समीक्षा गर्दै गर्दा उनले भने, ‘अस्पताल व्यवस्थापन समितिका पदाधिकारी चयन गर्नुपनि सफलताका रुपमा लिन्छु ।’
उनले कर्णालीका छोरी बुहारीलाई प्राविधिक शिक्षा प्राप्त गर्न प्रोत्साहन दिने योजनाका साथ छात्रवृत्तिका लागि मन्त्रालयले विज्ञापन खुलाई सकेको र म्याद पनि सकिसकेको जानकारी दिए ।
‘प्राविधिक क्षेत्रमा महिलाहरुको संख्या बढोस र कर्णालीको विकासमा छोरी बुहारीले पनि योगदान दिन सकुन भन्ने ध्येयका साथ यो कार्यक्रम लागु गरेका हौं,’ मन्त्री रावलले भने, ‘यो वर्ष हामी एक सय जनालाई छात्रवृत्ति दिदैंछौं । यो एक महत्वपूर्ण उपलब्धिका रुपमा मैले लिएको छु ।’
मन्त्री रावलले मुख्यमन्त्री रनिङ शिल्ड महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्पन्न गरेको बताए । यसका साथै मन्त्रालयले क्षयरोग नियन्त्रण तथा कुष्ठरोग निवारणको लागि दैलेखको लकान्द्र प्राथमिक स्वास्थ्य केन्द्र, सुर्खेतको मेहलकुना अस्पताल नयाँ डिआर सब सेन्टर बिस्तार गरिएको र स्वास्थ्य सम्बन्धि तालिमहरु सञ्चालन गरिएको जानकारी दिए ।
‘प्रदेशका सबै सरकारी अस्पतालमा ७० वर्ष माथि उमेर भएका ज्येष्ठ नागरिकलाई सबै खाले स्वास्थ्य सेवाहरु निल्शुल्क हुने व्यवस्था गरेका छौं,’ मन्त्री रावलले भने, ‘यो पनि एक उपलब्धिका रुपमा मैले लिएको छु ।’
देशकै लोपोन्मुख समुदाय राउटेलाई सामाजिकीकरणको मुल धारमा ल्याउन प्रयास गरिएको मन्त्री रावलको भनाई छ । ‘मन्त्रालयले राउटेको लगत संकलन गरेको छ,’ उनले भने, ‘उनीहरुलाई परिचय पत्र वितरण गरिएको छ भने न्यानो कपडा पनि वितरण गरिएको छ ।’
उनले मन्त्रालयले संरचनाहरु व्यवस्थित गर्ने काम गरेको, सरकारको बजेट नीति तथा कार्यक्रम बनाउन सहयोग गरेको जस्ता कार्य पनि भएको बताए । संघसंस्था व्यवस्थापन गर्न बनेको विधेयक सदनमा छलफलमा रहेको मन्त्री रावलको भनाई छ ।
‘अन्य तीन ओटा विधेयक मन्त्री परिषद्बाट स्वीकृत भइसकेको छ,’ उनले भने, ‘खेलकुद विधेयक, घरेलु हिंसासम्बन्धी विधेयक र स्वयंसेवक परिचालन विधेयक प्रदेश सभामा एक दुइ दिनमा दर्ता हुँदैछन् ।’
उनले यसका अलावा मन्त्रालयले विभिन्न नियमावली, कार्यविधिहरु पारित गरिसकेको बताए । उनले श्रम नीति मन्त्रीपरिषदबाट पारित भइसकेकोले अब लागू गर्ने तयारीमा मन्त्रालय रहेको जानकारी दिए ।
‘अहिले स्वास्थ्य क्षेत्रमा जनताका जन-गुनासाहरु धेरै कम भएका छन्,’ मन्त्री रावलले भने, ‘एक दुई जिल्लाबाहेक सबै जिल्लामा विशेषज्ञ डक्टर सहितको स्वास्थ्य टीम खटाइएको छ,’ उनले भने, ‘कर्णालीको स्वास्थ्य सेवाको सुधार गर्न उच्चस्तरीय स्वास्थ्य सल्लाहकार समिति संयोजकमा डा. भगवान कोइरालालाई नियुक्त गरेका छौं ।’
मन्त्री रावलले हरेक जिल्ला अस्पताललाई पचास शैयाको बनाइने तथा प्रदेश अस्पताललाई ३ सय शैयाको बनाउने गरी मन्त्रालय अघि बढिरहेको बताए । ‘शिक्षा क्षेत्रका लागि दुरगामी प्रभाव पार्ने पुर्वाधार, निर्माणमा हामी लागेका छौं । साविकका उच्च हिमाली जिल्लामा आवासीय विद्यालय स्थापना गर्ने गरी मन्त्रालयले तयारी थालेको छ,’ उनले भने, ‘ पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्न छलफल भइरहेको छ ।’
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...