×

NMB BANK
NIC ASIA

सडक सञ्जाल

बुटवल–नारायणगढ सडक : महेन्द्रले बनाएको राजमार्ग ओलीले चौडा गर्दै

चैत ८, २०७५

NTC
Premier Steels

बुटवल – पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने बुटवल–नारायणगढ सडक खण्ड ४ लेनमा विस्तारको काम शुक्रवारबाट हुँदैछ । हाल सडक २ लेनको छ । 

Muktinath Bank

राजमार्गको १ हजार २७ किलोमिटर सडक खण्डमध्ये बुटवल–नारायणगढ १ सय १४ किलोमिटर सडक बस्तीमा ६ लेन र जंगलमा ४ लेनमा विस्तार गर्न थालिएको हो । सडक खण्ड राजमार्गको मध्य भागमा पर्छ । १ सय १४ किलोमिटरमध्ये २८ किलोमिटरमा ‘सिक्स लेन’ अर्थात् सर्भिस लेन सहितको हुनेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सडक विस्तारको शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्ने कार्यक्रम छ । सडक एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा बन्न लागेको हो । सडक विभाग आयोजना निर्देशनालय उपआयोजना निर्देशक सागर पौडेलले चाइना स्टेट कन्ट्रक्सनले निर्माणको ठेक्का पाएको जानकारी दिए । अबको ३ वर्षमा सडक देशकै नमूना हुनेछ । 


Advertisment
Nabil box
Kumari

‘यो सडक २ प्याकेजमा बन्छ । दुवै प्याकेजको ठेक्का चाइना स्टेट कन्ट्रक्सनले पाएको छ । नारायणगढ– दाउन्ने ६५ किलोमिटर र दोस्रो प्याकेज दाउन्ने बुटवल ४९ किलोमिटरमा बन्नेछ,’ उनले भने । सडक निर्माणको पहल नेकपा महासचिव तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको पहलमा भएको हो । सरकारले पूर्व–पश्चिम राजमार्गलाई ४ लेनमा विस्तार गर्ने बताएको छ । बढदो सवारी साधनको चापसँगै सडक पनि साघुरो हुँदै गएको थियो ।

Vianet communication

१५ अर्ब रूपैयाँ लागत 

सडक आयोजनाको कूल लागत १५ अर्ब रूपैयाँ रहेको छ । जसमध्ये एडीबीले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराउने छ ।

बाँकी थप रकम नेपाल सरकारकै हुनेछ । एडिबीले नेपाल सरकारलाई १ दशमलब ५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराएको एडिबीको आयोजना निर्देशनालयले जनाएको छ । ‘यो सडक साढे ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी हस्तान्तरण गर्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख छ । 

निर्माण सम्पन्न भएपछि पनि ४ वर्षसम्म सडकको मर्मत सम्भारको काम चाइना स्टेट कन्ट्रक्सनले नै गर्नुपर्ने सम्झौतामा उल्लेख छ,’ पौडेलले भने ।

साढे ३ वर्षमा बनिसक्ने

२०८० साउन २२ गतेसम्म निर्माण सकिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । आयोजनाको ठेक्का गएको पुस ४ गते भएको थियो । सडक विस्तारको औपचारिक काम शुक्रवारबाट हुँदैछ । 

त्यसपछि २०७४ साउन २१ सम्म मर्मत सम्भार पनि ठेकेदार कम्पनीले नै गर्नेछ । सडक निर्माण हुन लागेपछि यस क्षेत्रका उद्योगी व्यवसायी र सर्वसाधारण उत्साहित छन् । आयोजना ठेकेदारले निर्माण सामग्री चीन, पाकिस्तान र भारतबाट भित्र्याएको छ । 

दाउन्नेमा ३ लेन 

सडक नवलपरासीको दाउन्नेको पहाडमा तीन लेनको हुनेछ । बर्दघाटको प्रतिक्षालयदेखि दुम्कीबाससम्म १४ किलोमिटरको सडक अफ्ठयारो ठाउँ भएकोले त्यहाँ ३ लेनको हुने पौडेलले बताए । पहाड चढ्ने गाडीले २ लेन प्रयोग गर्छन् । झर्ने गाडीले १ लेन प्रयोग गरेर झर्छन् । ४ लेन बनाउँदा लागत पनि बढी लाग्ने र बनाउन पनि जोखिम भएकाले ३ लेनको बनाइने आयोजनाको भनाइ छ ।

पौडेलले भने, ‘दाउन्नेमा भौगोलिक र प्राकृतिक अवस्थाले त्यसलाई चार लेन बनाउन सम्भव देखिएन त्यसैले त्यहाँको प्राकृतिक संवेदनशीलतालाई ध्यानमा राखेर ३ लेन मात्रै बनाउन लागिएको हो ।’ ४ लेन सडकलाई २–२ लेनको  बीचको भाग विरूवा रोपेर हरियाली बनाइने छ ।

२१ वटा पुल पनि बन्ने

सडक खण्ड विस्तारसँगै २१ वटा नयाँ पुलहरू पनि बन्ने भएका छन् । अहिले जहाँ–जहाँ पुल छन्, तिनीहरूको दायाँ–बायाँ गरी २१ वटा साना ठूला पुल पनि बनाउनुपर्ने छ । 

डिभाइडरमा ‘ग्रीनरी’

सडकको डिभाइडरलाई हरियाली बनाइने छ । जसले यात्रुलाई मात्रै सहज हुने छैन, राजमार्ग क्षेत्रमा शहरी सौन्दर्य पनि बढ्ने छ । यसअनुसार बस्ती क्षेत्रमा सडक २७ मिटरसम्म फराकिलो हुनेछ । अन्य क्षेत्रमा भने २२ मिटर ओगट्ने छ । सडकका दायाँबायाँ १.५–१.५ मिटरको सोल्जर पनि बनाइने छ ।

सडक आयोजनाका कार्यालय गैडाकोटमा रहेको छ । आयोजनाका इन्जिनियर प्रमोद अधिकारीले काम तीब्रताका साथ हुने बताए । अहिले सडक निर्माण क्षेत्रका रूख कटान, निर्माण सामग्री राख्ने क्याम्प निर्माणको काम भइरहेको छ । सडक विस्तार गर्दा झण्डै ११ हजार रूख काट्नुपर्ने अवस्थामा रहेका छन् ।  सडकले रूपन्देही, पश्चिम नवलपरासी र नवलपुर गरी ३ जिल्ला छुनेछ ।

मुआब्जाको समस्या कम

अन्य सडक विस्तार गर्दा वा निर्माण गर्दा मुआब्जा वितरणको समस्याले गर्दा सडक निर्माण निर्माणमा अवरोध हुँदै आएको छ । तर सडक खण्डमा मुआब्जाका समस्या नहुने बताइएको छ । नवलपुरको विनय त्रिवेणी गाउँपालिका दुम्कीबास क्षेत्रको केही भागमा मात्र मुआब्जाका वितरण गर्नुपर्नेबाहेक अन्यत्र समस्या नहुने आयोजनाको भनाइ छ । 

कहिले बनेको थियो राजमार्ग 

नेपालका पूर्वराजा महेन्द्र वीरविक्रम शाह २०१८ सालमा नवलपरासीको गैंडाकोटमा उनले ‘महेन्द्र राजमार्ग’ शिलान्यास गरेका थिए । २०२२ सालमा नवलपरासीको गैडाकोटमा तत्कालीन महेन्द्र राजमार्गको उद्घाटन गरेका थिए ।

महेन्द्र राजमार्ग बन्नुअगाडि नेपालमा राज्यका न्यूनतम पूर्वाधार समेत थिएनन् । राजनीतिक, आर्थिक, प्रशासनिक सबै ढंगबाट नेपाल भारतमा निर्भर थियो । देश गणतन्त्रमा गएपछि राजमार्गको नामबाट ‘महेन्द्र’ हटाएर ‘पूर्वपश्चिम’ राजमार्ग मात्रै कायम गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x