×

NMB BANK
NIC ASIA

बासी लड्डु सुकाएपछि ताजा !

बैशाख ४, २०७६

NTC
Premier Steels

जनकपुरधाम-जनकपुरधामको एक लोकप्रिय मिठाई पसलले अनुचित व्यापारिक क्रियाकलाप गरिरहेको तथ्य सार्वजनिक भएको छ । जनकपुरधामको जानकी मन्दिर नजीक रहेको हंसराज मिठाई पसलले अनुचित व्यपारिक क्रियाकलाप गरिरहेको तथ्य सार्वजनिक भएको हो ।

Muktinath Bank

राष्ट्रिय मानव अधिकार आयोग, उपभोक्ता हित संरक्षण मञ्च, जनकपुरधाम उपनगरपालिका प्रमुख, प्रजिअ र संयुक्त बजार अनुगमन समितिका पदाधिकारी, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिले उक्त मिठाई पसलको गोदामको अनुगमन गर्दा सो तथ्य खुलेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो पसलको जनकपुरधाम उपमहानगरपालिका–६ स्थित गोदाममा अनुगमन गर्दा बिक्री हुन नसकेको लड्डुलाई सुकाई ड्रममा राखेको पाइएको छ । सुकाइएको लड्डुलाई पुनः बिक्री हुने गरी बनाई व्यवसाय गर्ने गरेको अनुमान गरिएको छ ।


Advertisment
Nabil box
Kumari

त्यस्तै हाइड्रो, सेफोलाइट, फिट्किरी लगायतका अखाद्य सामग्री पनि पाइएको जनाइएको छ । धनुषाका प्रजिअ प्रदीपराज कडेँलले हंसराज पसलले काठमाडौँको गुँदपाक प्रकरणलाई स्मरण गराएको बताउँदै पसलका मालिकमाथि उपभोक्ता संरक्षण ऐनअनुसार कानूनी प्रक्रिया अगाडि बढाउन सुझाव दिएको बताए ।

Vianet communication

आयोगका सदस्य मोहना अन्सारीले हंसराज पसलको कारखानामा राखिएको अधिकांश सामग्री अखाद्य पाइएको बताइन् । कारखानाको कलबाट कालो पानी आउने गरेको, इमली सडेको, रङको म्याद समाप्त भइसकेको, नेपालमा प्रतिबन्धित दुग्ध प्रयोग भइरहेको, काम गर्नेले उपभोक्ताको स्वास्थ्यलाई ध्यान दिई सामग्री बनाइराखेको, कारखाना धुँवाले कालो भएको, बालश्रमिकको प्रयोग गरिएको र मिठाई खुला राखिएको पाइएको बताइएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले पसलका अखाद्य सामग्रीलाई नियन्त्रणमा लिई जाँचका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पठाइएको जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x