×

NMB BANK
NIC ASIA

आठौं खेलकुदका संरचना जोगाउने चिन्ता, ४० लाख खर्च गरेर रोपेको दुबो सुक्ने खतरा

जेठ २, २०७६

NTC
फाइल फोटो
Premier Steels

बाँके- आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका बेला प्रदेश ५ का विभिन्न जिल्लामा निर्माण भएका झण्डै एक अर्ब रुपैयाँको भौतिक संरचना संरक्षण र व्यवस्थापन गर्ने चुनौती थपिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले यसअघि यी भौतिक संरचनाको संरक्षण र ब्यवस्थापन हुन नसके खण्डहरमा परिणत हुने भन्दै चिन्ता व्यक्त गरिसकेको छ । सरकारले निर्माण गरेका भौतिक संरचनाको संरक्षण, सम्बर्द्धन र चुस्त व्यवस्थापन गर्नुपर्ने आवाज सबैतिरबाट उठ्न थालेको छ । 

Muktinath Bank

आठौं प्रतियोगिता सम्पन्न भएपछि झण्डै एक अर्ब रुपैयाँमा निर्माण भएका भौतिक संरचनाको संरक्षण, सम्वर्द्धन र व्यवस्थापन गर्ने जिम्मा स्थानीय तहको पनि भएको ठान्ने भारोत्तोलनका अन्तर्राष्ट्रिय खेलाडी शमसुद्दिन सिद्दिकीले सबैले यसतर्फ चासो राख्नुपर्ने बताए । उनी नेपालगञ्ज रङ्गशालामा निर्माण भएका भौतिक संरचनाको संरक्षणका लागि हरेक दिन रङ्गशाला पुग्छन् । उनका अनुसार वैशाख १२ देखि नै संरक्षणको जिम्मा यहाँका खेलाडी, खेलप्रेमी, सरोकारवाला निकाय र नेपालगञ्जवासीको काँधमा आएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भने, 'नेपालगञ्जमा बनेका संरचनाले हाम्रो गौरव बढाएको छ । यसको संरक्षण, सम्बर्द्धन र व्यवस्थापन गर्न सकेमात्र हामी र हाम्रो गौरव कायम रहन्छ ।'


Advertisment
Nabil box
Kumari

नेपालगञ्ज उपमहानगरका प्रमुख डा. धवलशमशेर राणा नेपालगञ्जमा निर्माण भएका खेल संरचनाले नेपालगञ्जलाई खेलकुदको शहर बनाउन मद्दत गरेको बताउँछन् । 'खेलकुद राज्यको हो भन्ने भावनालाई त्यागेर यो सबैको साझा सम्पत्ति हो भन्नुपर्ने बेला भएको छ,' उनले भने ।

Vianet communication

नेपालगञ्जलाई खेल पर्यटनको रूपमा विकास गर्न सकिने सम्भावना आठौंका बेला निर्माण भएका संरचनाले दिएको बताउँदै उनले सबैको सहयोग भए उपमहानगरपालिका बजेट विनियोजन गर्न तयार रहेको स्पष्ट पारे । उनले भने, 'नगरमा भएका सरकारी सम्पत्तिको संरक्षण गर्ने दायित्व हामी सबैको हो । सबैले चासो दिए मात्र संरक्षण गर्न सम्भव छ । नत्र आठौंले नेपालगञ्जलाई दिएको उपहार खेर जानेछ ।'

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ निर्माण भएका संरचनाको संरक्षण र निर्माणका क्रममा रहेका संरचना पूरा गराउन नागरिक समाजले नजिकबाट नियाल्नुपर्ने बताउँछन् । 'भौतिक संरचना निर्माणका क्रममा नागरिक समाजका अगुवाले अनुगमन गर्नुपर्ने हो तर, त्यो गर्न सकेनौं, यसमा हाम्रो पनि दोष छ,' उनले भने, 'अब बनिसकेका संरचनाको संरक्षण गर्ने दायित्व हाम्रो काँधमा आएको छ ।'

निर्माण भएका संरचना व्यवस्थित रुपमा उपयोग गर्न स्थानीय तहलाई जिम्मा दिनुपर्ने उनको विचार छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्य आठौं राष्ट्रिय प्रतियोगिताले नेपालगञ्जको पहिचान बदल्ने संरचना उपहार दिएको ठान्छन् । उनका अनुसार बनेका संरचनाको स्याहार, सम्भार गर्न सके नेपालगञ्ज खेलकुदको ‘हब’ बन्नेछ । 

सीतापुरमा निर्माण भएको भलिबल रङ्गशाला संरक्षण नभए खण्डहर बन्ने खजुराका समाजसेवी ऋषि पोख्रेलले चिन्ता व्यक्त गरे । उनका अनुसार यी संरचनाको संरक्षणका लागि स्थानीय तह र खेलसँग सम्बन्धित निकायले चासो दिनुपर्छ । 'लाखौँ रुपैयाँ खर्चेर बनाइएको संरचना लागुऔषध प्रयोग गर्ने थलो बन्ने चिन्ता छ,' उनले भने । 

संरक्षणका लागि बजेट खोजिँदै 

प्रदेश ५ खेलकुद परिषद्का अध्यक्ष भीम वलीले आठौं खेलकुद सकिएसँगै यसले दिएको उपहार संरक्षण गर्ने चिन्ता थपिएको बताए । संरक्षणका लागि प्रदेश खेलकुद परिषद्सँग बजेट नभएकाले पाएको सम्पत्ति गुम्ने खतरा बढेको उनको भनाइ छ । खेलकुद परिषद् एक्लैले संरक्षण गर्न नसक्ने भन्दै उनले सहयोगका लागि विभिन्न सङ्घसंस्थासँग अपील गरेका छन् । ४० लाख खर्चिएर रोपेको दुबो सुक्ने खतरा बढेको छ । 

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत प्रदेश ५ मा बनाइएका खेल पूर्वाधार संरक्षणका लागि सञ्चालन कार्यविधि बनाइने भएको छ । बाँकेमा मात्रै आधा अर्बका खेल पूर्वाधारहरू निर्माण गरिएका छन् । यद्यपि, केही खेल पूर्वाधारहरू भने अझै निर्माणकै क्रममा छन् । अधुरा खेल संरचनालाई पूरा गर्न तीव्रताका साथ निर्माण कार्य अगाडि बढाइएको प्रदेश ५ का अध्यक्ष वलीले बताए । 

'यसै महिना कार्यविधि जारी गर्ने गरी आन्तरिक तयारी थालिएको छ,' वलीले भने, 'सञ्चालन कार्यविधिले प्रदेश ५ मा बनाइएका खेल संरचनाहरू व्यवस्थित हुनेछन् ।' बाँकी रहेका खेल पूर्वाधारको निर्माण पनि यसै आवभित्र सक्ने लक्ष्य राखिएको छ । खेल पूर्वाधारहरूको निर्माण सक्न राखेप र मन्त्रालयसँग आवश्यक बजेट माग गर्ने तयारी भैरहेको छ । बाँकेमा यतिखेर ह्याण्डबल कोर्ट, पौडी पोखरी, भारत्तोलोन एकेडेमी, भलिबल स्टेडियम, जुडो र नेपाल रङ्गशालाको फुटबल मैदानको अन्तिम चरणका काम भइरहेका छन् । –काशीराम शर्मा/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x