×

NMB BANK
NIC ASIA

त्रिशूली थ्री ‘ए’ले आजदेखि परीक्षण उत्पादन थाल्ने, शुरूमा ३० मेगावाट उत्पादन

जेठ ३, २०७६

NTC
Premier Steels

बेत्रावती –रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादनगृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ‘थ्री ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि परीक्षण उत्पादन गर्ने भएको छ ।

Muktinath Bank

आयोजना निर्माणसँग सम्बन्धित सम्पूर्ण तयारी पूरा भएसँगै बिहीबार गरिएको उत्पादन परीक्षण सफल देखिएपछि आज साँझ ५ बजेदेखि परीक्षण उत्पादन शुरू गर्न लागिएको आयोजना प्रमुख फणीन्द्रराज जोशीले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार आयोजनाको पहिलो युनिट ३० मेगावाट क्षमताको उपकरण परीक्षण गरिने र सफल भए त्यहाँबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने छ । 


Advertisment
Nabil box
Kumari

उक्त आयोजना बिहीबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अवलोकन गर्नार्का साथै विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने बताए ।

Vianet communication

असार दोस्रो सातासम्ममा दोस्रो युनिटबाट थप ३० मेगावाट विद्युत् उत्पादन हुने आयोजनाका उपप्रबन्धक इ सत्यराम ज्याख्वाले जानकारी दिए । उनका अनुसार पहिलो युनिटको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएपछि दोस्रो युनिटको परीक्षण शुरू गरिनेछ ।

“विभिन्न विवाद र प्राकृतिक विपत्तिका कारण अन्योल बनेको उक्त आयोजनाबाट विद्युत् उत्पादन शुरु गर्न लागिएको छ ।”

उपप्रबन्धक ज्याख्वाले भने, “आयोजनाको सफलताले सहायक योजना ‘थ्री बी’ निर्माणमा सुनिश्चितता हुनाका साथै  त्रिशूली–काठमाडौं प्रशारण लाइन विस्तारमा योगदान पुगेको छ ।” यो आयोजनाको निर्माण चाइना गेजुवा ग्रुप अफ कम्पनी (सिजिजिसी) मार्फत् गरिएको हो । उक्त कम्पनीले सन् २०११ जुनदेखि काम शुरु गरेको थियो । 

इपिसी नमूनामा निर्माण गरिएको यो नेपाल विद्युत् प्राधिकरणको पहिलो जलविद्युत् आयोजना हो । आयोजनामा नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको सयुक्त लगानी रहने गरी चीन सरकारको सहुलियतपूर्ण ऋण सहयोग उपलब्ध गराएको र आयोजना निर्माणको लागत १२ करोड ५७ लाख अमेरिकी डलर रहेको आयोजना पक्षले जनाएको छ ।

भूकम्पले आयोजनाको बाँधस्थलसम्म पुग्ने पहुँच मार्गमा पुर्‍याएको ठूलो क्षतिको पुनःनिर्माण र त्यहाँ दीर्घकालीन रुपमा पहिरो रोकथाम गर्न मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाली सेना खटाइएको थियो । सेनाले उक्त कार्यको जिम्मेवारीअन्तर्गत पहुँच मार्ग खुला गरेपछि आयोजनाको काम अघि बढाउन सहज बनेको हो ।  पहिरो रोकथामको कार्य सेनाको निर्माण कार्यदलले अन्तिम चरणमा पुर्‍याएको जनाएको छ ।

त्रिशूली नदीको पानीबाट ‘रन अफ रिभर’ मोडलमा निर्माण भएको यस आयोजनाबाट वार्षिक ४८९.७६ गिगावाट घण्टा विद्युत् उत्पादन हुने लक्ष्य छ । आयोजना पूर्णरुपमा सञ्चालन आए् यहाँबाट उत्पादन हुने विद्युत्बाट वार्षिक करीब रु तीन अर्ब आम्दानी हुने अनुमान गरिएको छ ।  त्रिशूली नदीस्थित रसुवाको डाँडागाउँमा बाँध बनाएर नुवाकोटको मनकामनामा उत्पादन गृहसम्म आयोजनाको निर्माण सबै भूमिगत (पहाड भित्र) बनाइएको छ । 

आयोजनाबाट साढे आठ महीना पूर्णरूपमा (६० मेगावाट) विद्युत् उत्पादन हुनेछ । कूल उत्पादनको ४६.६ प्रतिशत विद्युत् सुख्खायाममा उत्पादन हुने भएकाले मुलुकका लागि आवश्यक विद्युत् उपलब्ध गराउन यस आयोजनालाई महत्वका रूपमा हेरिएको आयोजनाका सहायक निर्देशक नारायणप्रसाद आचार्यले जानकारी दिनुभयो । 

उनका अनुसार नुवाकोट र रसुवामा उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जडानको लागि ‘थ्री ए’ को व्यवस्थापनमा २२० केभी ‘डलब सर्किट’ प्रसारण लाइन निर्माण गरिएको छ ।

यसैगरी यस आयोजनाको ‘क्यासकेड’ आयोजनाको रूपमा ३७ मेगावाट क्षमताको ‘थ्री बी’ आयोजना पनि  निर्माण भइरहेको छ । सो आयोजना आगामी तीन वर्षभित्र पूरा गर्ने गरी विसं २०७४ फागुनदेखि निर्माण थालिएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x