×

NMB BANK
NIC ASIA

अत्यावश्यक कानून तत्काल निर्माण गर्न निर्देशनसहितको प्रतिवेदन राष्ट्रिय सभामा पेश

जेठ ५, २०७६

NTC
Premier Steels

काठमाडौं – साझा अधिकारको सूची भित्रका विषयसँग सम्बन्धित कानून, प्रदेश तथा स्थानीय तहहरूसँग समन्वय गर्ने कानून एवं प्रदेश तथा स्थानीय तहहरूकालागि मापदण्ड निर्धारण गर्ने कानून संसद्को चालू अधिवेशन अवधिभित्रै पारित गर्ने गरी आवश्यक तयारी गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित विषयगत मन्त्रालयहरूलाई निर्देशन सहितको प्रतिवेदन राष्ट्रिय सभामा पेश भएको छ ।

Muktinath Bank

राष्ट्रिय सरोकार तथा समन्वय समितिले सातै प्रदेशमा पुगेर गरेको 'तहगत राज्य संरचनामा समन्वय' विषयक अन्तरक्रियाका क्रममा संकलित सुझावहरू समेत समेटेर तयार पारिएको प्रतिवेदन समिति सभापति दिलकुमारी रावल थापा (पार्वती)ले आइतवार राष्ट्रिय सभामा पेश गरेकी हुन् । प्रतिवेदनमा विभिन्न १२ सुझाव तथा निर्देशन समेटिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समितिले आवश्यक कानून निर्माणमा तदारुकता देखाउन प्राथमिकताका साथ निर्देशन दिएको छ । 'साझा अधिकारको सूची भित्रका विषयसँग सम्बन्धित कानून, प्रदेश तथा स्थानिय तहहरूसँग समन्वय गर्ने कानून, प्रदेश तथा स्थानीय तहहरूकोलागि मापदण्ड निर्धारण गर्ने कानून, संघीय प्रहरी प्रशासन, संघीय निजामती सेवा, लोक सेवा आयोग लगायतका कानूनहरूलाई पहिलो प्राथमिकतामा राखेर चालु संसद अधिवेशनभित्रै पारित गर्नेगरी आवश्यक तयारी गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित विषयगत मन्त्रालयहरूलाई निर्देशन दिने,' सभापति रावलले राष्ट्रिय सभामा पेश गरेको प्रतिवेदनमा भनिएको छ ।


Advertisment
Nabil box
Kumari

प्रदेश तथा स्थानीय तहमा कर्मचारीहरूको अभाव रहेकाले तत्काल पदपूर्तिको प्रक्रिया अघि बढाउन पनि समितिको निर्देशन छ ।

Vianet communication

'प्रदेश तथा स्थानीय तहहरूबाट हालै गरिएको कर्मचारी समायोजनले प्रदेश र स्थानीय तहको आवश्यकता सम्बोधन गर्न असफल भएको गुनासो आइरहेको सन्दर्भमा तहगत सरकारहरूको आवश्यकतालाई आधार मानी तत्काल संगठन तथा व्यवस्थापन शर्वेक्षण गरी आवश्यक दरबन्दी सिर्जना गर्न र अविलम्ब प्रदेश लोकसेवा आयोग गठन गरी प्रदेश लोकसेवा आयोग मार्फत कर्मचारी नियुक्त गर्ने व्यवस्था मिलाउन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने,' प्रतिवेदनमा उल्लेख छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x