×

NMB BANK
NIC ASIA

मोटरसाइकल किन्न र बेच्न चाहनुहुन्छ ? अब आयो ‘भटभटे एप’

जेठ १०, २०७६

NTC
Premier Steels

काठमाडौं – के तपाईं ‘सेकेण्ड ह्याण्ड’ मोटरसाइकल किनबेच गर्ने सोचमा हुनुहुन्छ ? त्यसो हो भने तपाईंले ‘भटभटे एप’ प्रयोग गरी घरमै बसेर सजिलै किनबेच गर्न सक्नुहुनेछ ।

Muktinath Bank

एएम नेपाल प्रालिले ‘भटभटे एप’ प्रयोगमा ल्याएपछि सेकेण्ड ह्याण्ड मोटरसाइकल किनबेच सहज बनेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसमा मोटरसाइकल बेच्न चाहनेले सजिलै आफ्नो मोटरसाइकलको तोकिएको विवरण सो एपमा ‘पोष्ट’ गर्न सक्नेछन् । किन्न चाहनेले सिधै बिक्रेतालाई अनलाइन सम्पर्क गरेर खरिद गर्न सक्नेछ ।


Advertisment
Nabil box
Kumari

टुटल र पठाओजस्ता माध्यमले मोटरसाइकलबाट यात्रु ओसारपसार गरेर चर्चा बटुलिरहेको बेला मोटरसाइकल किनबेच गर्न चाहने उपभोक्तालाई लक्षित गरी ‘भटभटे एप’ विकास गरिएको बताइएको छ । 

Vianet communication

‘उक्त एप प्रयोग गरी सेकेण्ड ह्याण्ड मोटरसाइकल बेच्न किन्न सकिन्छ, ‘रिकण्डिसन हाउस’सम्म धाउन पर्दैन,’ एएम नेपाल प्रालिका महाप्रबन्धक खेमराज देवकोटाले भने । उक्त एप मोटरसाइकल किनबेचको उत्कृष्ट ‘प्लेट फर्म’ रहेको महाप्रबन्धक देवकोटाले प्रष्ट गरे । उपत्यकामा मात्र झण्डै ९ लाख २१ हजार ९ सय १७ मोटरसाइकलको संख्या रहेको छ ।

‘स्मार्ट एन्ड्रोइड’ फोन हुनेले ‘गुगल प्ले स्टोर’ र ‘आइफोन’ प्रयोगकर्ताले ‘एप स्टोर’मा गएर भटभटे एप जोकोहीले निःशुल्क ‘डाउनलोड’ गरी ‘इन्स्टल’ गर्नसक्ने एएम नेपाल प्रालिका कार्यालय व्यवस्थापक सुदीप पाण्डेले बताए । हाल यो निःशुल्क छ । करीब ३० हजार प्रयोगकर्ताले एप डाउनलोड गरेपछि र २ हजार बढीले बेच्न चाहनेले मोटरसाइकल पोस्ट गरेपछि बिक्रेताले मोटरसाइकल पोस्ट गर्न प्रतिबाइक ५ सय रुपैयाँ शुल्क तिर्नुपर्दछ ।

‘सहज, कम मूल्य र सजिलो सवारीसाधनको रूपमा रहेको मोटरसाइकल बेच्न र किन्न चाहनेलाई प्रविधिको प्रयोग गरी सिधा सम्पर्क गराउन एप ल्याइएको हो, यसमा चाहेको मूःल्यको मोटरसाइकल किन्न सहज हुनेछ,’ व्यवस्थापक पाण्डेले भने ।

हाल २० हजार प्रयोगकर्ताले यो एप प्रयोग गरिरहेका छन् । करीब हजारको हाराहारीमा मोटरसाइकल बिक्रीका लागि राखिएको प्रालिका व्यवस्थापक पाण्डेले जानकारी दिए । जो कोहीले जथाभावी पोस्ट गर्न नसकोस् र यसलाई व्यवस्थित गर्न सकियोस् भनेर शुल्क तोकिएको बताइएको छ । शुल्क ई–सेवा अथवा एपमा रहेको ‘पेमेन्ट गेटवे’को माध्यमबाट तिर्न सकिने छ ।

काठमाडौंलाई लक्षित गरिएपनि जहाँकहीँबाट एपको प्रयोग गर्न सकिन्छ । एपलाई विश्वव्यापी बनाउने संस्थाको उद्देश्य रहेको महाप्रबन्धक देवकोटाले बताए ।

बेच्न चाहनेले मोबाइलमा एप डाउनलोड गरी आफ्नो ‘युजर रजिस्टे«सन’ गरेपछि ‘भेरिफिकेसन कोड’ मोबाइलमा आउने र ‘कोड एक्टिभ’ गरेर मोटरसाइकलको चारतर्फबाट खिचिएको फोटो आफैं पोस्ट गर्नुपर्ने प्रालिका परियोजना प्रबन्धक राजेन्द्र भट्टराईले जानकारी दिए । त्यसमा मोटरसाइकलको मूल्य, नम्बर प्लेट, माइलेज, गुडेको किलोमिटर राख्नुपर्दछ ।

किन्न चाहनेले उक्त लिस्ट हेरेर मनपरेको मोटरसाइकल ‘क्लीक’ गरेपछि ‘डिस्प्ले’ विवरण देख्नेछ । मोटरसाइकल मन परेको खण्डमा रजिस्टे«सन गरेर ‘सेलर इन्फो’मा क्लिक गरेपछि बिक्रेताको विवरण आउने र त्यसबाट क्रेता विक्रेताबीच सम्पर्क भएर किनबेच सहज हुने प्रालिका परियोजना प्रबन्धक भट्टराईले बताए । क्रेताले हेर्न शुल्क तिर्नु पर्दैन तर किन्न पर्‍यो भने रजिस्ट्रेसन गरेर भेरिफिकेसन कोड हान्नुपर्ने हुन्छ । सूचनाको सुरक्षा र व्यवस्थित गर्न यो तरिका अपनाइएको बताइएको छ । – अच्यूत रेग्मी/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २६, २०८१

एलआरआर ग्रुपले चीनमा निर्मित चेरीको सब–ब्रान्ड काई एक्स–३प्रो विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ। नेपाली बजारको आवश्यकता र विद्युतीय सवारीप्रति बढ्दो मागलाई लक्षित गरेर एल आरआर ग्रुपले विद्युती...

बैशाख १८, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x