×

NMB BANK
NIC ASIA

मुख्य समाचार

कूटनीतिक राहदानी खुकुलो बनाउने खेल, जाली नोट कारोबारी यूनिसमाथि के हुन्छ कारबाही ?

जेठ ११, २०७६

NTC
Premier Steels

काठमाडौं–नक्कली नोट कारोबारमा पटकपटक पक्राउ परी कैद भुक्तानी गरेका ललितपुर महानगरपालिका–१३ ताल्सिखेलका यूनिस अन्सारी फेरि पक्राउ परेका छन् । 
    शुक्रबार सात करोड ६७ लाख ९४ हजार नक्कली भारतीय रूपैयाँ लिन जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी पक्राउ परेका हुन् । 

Muktinath Bank

    सो भारु पाकिस्तानबाट कतारहुँदै नेपाल भित्रिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    विशेष सुराकीको आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयका कर्मचारी र नेपाल प्रहरीको संयुक्त टोलीद्वारा तीन पाकिस्तानी नागरिकसहित अन्सारी, उनका गाडीचालक तथा सालो पक्राउ परेका छन् । 


Advertisment
Nabil box
Kumari

    नक्कली भारतीय रूपैयाँ लिन जाँदा विमानस्थलको पार्किङ क्षेत्रबाट पक्राउ पर्नेमा अन्सारीसहित रौतहटको रमौली वैरिया नगरपालिका–१ का सुयल खान र भक्तपुर सूर्यविनायक नगरपालिका– ५ बालकोटका सुदन रानाभाट छन् । खान अन्सारीका सालो हुन् भने रानाभाट गाडी चालक ।

Vianet communication

    दुई सुटकेशमा पैसासँगै नेपाल प्रवेश गर्ने एक महिलासहित तीन पाकिस्तानी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४९ वर्षका मोहम्मद अख्तर, ६७ वर्षका नासिर उद्दिन र ३९ वर्षीया नाडीया अन्वर छन् । पाकिस्तानी कतार एयरवेजबाट पैसा ल्याउँदै थिए भने अन्सारीसहित तीन जना पैसा लिन विमानस्थल पुगेका थिए । 

    नक्कली नोट चलनमा पटक÷पटक संलग्न देखिएको महानगरीय प्रहरी कार्यालय काठमाडाँैका प्रमुख शैलेश थापा क्षेत्रीले जानकारी दिए । उनले भने आफूलाई फसाइएको दाबी गरेको प्रहरी स्रोतले जनाएको छ । 

उनीहरूको गतिविधि सङ्कास्पद देखिएपछि प्रहरीले उनीहरूलाई निगरानीमा लिएको थियो । त्यही बेला अन्सारी सहितको टोली आएपछि विमानस्थलको पार्किङ क्षेत्रबाट पक्राउ गरिएको क्षेत्रीले बताए । 

जाली नोट चलन र लागुऔषधमा मुद्दामा दुई वटा कारागार गरिसकेका व्यक्ति हुन,् अन्सारी । पहिलो पटक विसं २०६६ पुस १८ गते पक्राउ परेका थिए । विसं विसं २०६६ माघ १७ गते कारागार चलान भएकामा विसं २०७० असोज १८ गते कैद सकेर छुटेका थिए ।

    दोस्रो पटक २०७० साल माघ १० गते पुनः पक्राउ परेका उनी चैत १७ गते कारागार चलान भएकामा कैद भुक्तानी गरी २०७६ साल फागुन २ गते छुटेका व्यक्ति थिए । यसअघि अन्सारी कुनै एक टेलिभिजन सञ्चालकका रूपमा समेत थिए । उनीमाथि २०६७ सालमा केन्द्रीय कारागारभित्र गोली प्रहार समेत भएको थियो ।

बरामद भएको रकम नेपालमा खपत गर्नका लागि ल्याएको नभई अन्यत्रै पठाउने योजना हुनसक्ने प्रहरीको भनाइ छ । पाकिस्तान र भारतबीच अस्थिरता कायम गर्ने यसको उद्देश्य हुनसक्ने प्रहरीको अनुमान छ । यसरी ठूलो परिणाममा रकम आउँदै छ भने थाहा पाएपछि समयमै सादा पोशाकमा समेत प्रहरी परिचालन गरेर पक्राउका लागि आवश्यक तयारी गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले बताए । 

    मुलुकी अपराध संहिताको दफा २५६ मा कसैले जाली नोट मुद्रा बनाउन र उद्योग गर्न नहुने उल्लेख छ । बनाउनेलाई  पाँचदेखि १० वर्षको कैद रु ५० हजारदेखि एक लाखसम्म जरिवानाको व्यवस्था छ ।  नक्कली मुद्रा हो भन्ने जानीजानी चलन गराउने नियतले त्यस्तो मुद्रा खरीद वा बिक्री तथा निकासी वा लेनदेन गरेमा सात वर्षसम्म कैद र रु ७० हजारसम्म जरिवानाको व्यवस्था छ । यही मुद्दामा उनीहरूको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

कूटनीतिक राहदानी
सांसदहरुले राहदानी दुरुपयोग गरेका घटना सार्वजनिक भइरहेका बेला प्रतिनिधिसभा एक्लैले पारित गरी राष्ट्रपतिसमक्ष पठाएको विधेयकमा सरकारले कूटनीतिक राहदानी प्राप्ति र प्रयोगको प्रावधानलाई खुकुलो बनाएको खुलेको छ ।
राष्ट्रपतिले राहदानी विधेयक फिर्ता गरिदिएपछि उक्त खुकुलोपन कायम रहने–नरहने प्रावधानबारे फेरि एकपटक निर्णय गर्नुपर्ने भएको छ ।
राष्ट्रिय सभाबाट पनि पारित भएपछि मात्रै पठाउनुपर्ने नियम मिच्दै प्रतिनिधिसभा एक्लैले पारित गरी राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि विधेयक पठाइएको थियो । राष्ट्रपतिले प्रमाणीकरण नगरी फिर्ता गर्नुका कारणमा कूटनीतिक राहदानीसँग सम्बन्धित विधेयकको प्रावधान पनि रहेको स्रोतले बताएको छ ।

सांसदहरूबाटै कूटनीतिक राहदानीको दुरुपयोग भएका घटना सार्वजनिक भइसकेका छन् । त्यसलाई निरुत्साहित गर्न सरकारले कूटनीतिक राहदानीको वितरण र प्रयोगमा नियन्त्रित प्रावधानसहितको विधेयक ल्याएको थियो ।

तर, प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले त्यसलाई संशोधन गरी लचिलो बनाएको थियो, जसलाई राष्ट्रिय सभाको विधायन समितिले पनि चलाएन । सरकारीबाहेकका काममा मन्त्री, सांसद र पदाधिकारीहरूले विदेश भ्रमणमा जाँदा पनि कूटनीतिक राहदानी पाउन सक्ने र त्यसको प्रयोग गर्न सक्ने व्यवस्था संशोधनमार्फत विधेयकमा गरिएको छ ।

नियमविपरीत गाडी चलाए जरिवाना

    आठबीसकोट नगरपालिकाले नियमविपरीत चल्ने सवारी साधनलाई कारवाही गर्ने भएको छ । लामो तथा छोटो दूरीमा नियमविपरीत सवारीसाधन सञ्चालन भइरहेको गुनासो आएपछि नगरपालिकाले अब त्यस्ता सवारी साधनलाई कारवाहीको दायरामा ल्याउने बताएको हो । 

    नगरमा सञ्चालित छोटो तथा लामो दूरीका सवारी साधनलाई सवारी नियम पालना गर्न सचेत गराउँदै नगरपालिकाले नियम पालना नगरे रु एक लाखसम्म जरिवाना गर्ने चेतावनी दिएको छ । 

दुई एकल महिलाद्वारा सगरमाथा आरोहण 

    आरोहण यात्रामा रहेका दुई एकल महिलाले सगरमाथाको शिखरमा पाइला टेकेका छन् । ‘हामी पनि गर्नसक्छौँ’ भन्ने नारासहित सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–४ खुम्जुङका निमाडोमा शेर्पा र फुरदिकी शेर्पाले सगरमाथाको सफल आरोहण गरेका हुन् । 
    
यसैबीच  आरोहण मौसम शुरु भएदेखि शुक्रबारसम्म पाँच जना आरोहीको मृत्यु भएको छ । सबैभन्दा बढी भारतीय नागरिकको मृत्यु भएको छ । 
कार्यालयमै कर्मचारीको मृत्यु

    जिल्ला अदालतमा कार्यरत एक कर्मचारीको कार्यालय समयमै मृत्यु भएको छ । कार्यालय सहयोगी सिद्धिचरण नगरपालिका–३ केराउस्वाँराका ४६ वर्षीय पोष्टप्रसाद दाहाल कार्यालयमै मृत भेटिएका हुन् ।

    अदालतको कर्मचारी आवास गृहमा दाहाल मृत भेटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए । 
 आराम गरिरहेका दाहाल दिनभर बाहिर नआएपछि अर्का कर्मचारीले ढोका खोलेर हेर्दा मृत अवस्थामा भेटाएका थिए । 

 जग्गा हालसाविक गर्दा डेढ लाख घुस

    सामान्यतया जग्गाको हालसाविक गर्दा तोकिएको न्यूनतम शुल्क बाहेक अरू कुनै रकम तिर्नु पर्दैन तर नापी कार्यालयका कर्मचारीले मोटो रकम लाग्ने भन्दै सेवाग्राहीसँग घुस लिने गरेको पाइएको छ । 

    अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जग्गा हालसाविक गर्न मोटो रकम घुस माग्ने नापी कार्यालयका सर्वेक्षक पक्राउ गरेपछि सो कुराको खुलासा भएको हो । जग्गाको हालसाविक गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको अभियोगमा नापी सर्वेक्षक र लेखापढी व्यवसायीलाई घुससहित फक्राउ गरेको छ । 

    आयोगका अनुसार नापी कार्यालय साँखु, काठमाडौँका नापी सर्वेक्षक श्यामकृष्ण न्यौपाने र लेखापढी व्यवसायी विष्णु केसीले एक सेवाग्राहीसँग रु एक लाख ५० हजार घुस लिएको पाइएको छ । 

    आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आरोपीद्वयलाई बिहीबार नापी कार्यालय साँखु परिसरबाट पक्राउ गरेको हो । आरोपीद्वयको अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

    ‘पाँचथर हत्याकाण्डको सत्यतथ्य चाँडै खुल्छ’ 

    प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले पाँचथरको मिक्लाजुङमा भएको हत्याकाण्डको सत्यतथ्य चाँडै सार्वजनिक गरिने बताएका छन् । 
    उक्त घटनाका क्रममा भागेर ज्यान जोगाएकी बालिका सीता खजुमको स्वास्थ्य अवस्था बुझ्न शुक्रबार दमक आएका मन्त्री आङ्बोले घटनाको सत्यतथ्य छानबिन गरी चाँडै सार्वजनिक गरिने बताए । 

     बालिकाको उपचारका लागि प्रदेश सरकारले सबै व्यवस्था गरेको उनले बताए । उनले भने, “घटनाको सङ्घीय तथा प्रदेश सरकारले छानबिन तीव्र रूपमा गरिरहेको छ, छिट्टै सत्यतथ्य बाहिर आउँछ ।” घटनाको छानबिनका लागि सरकारले कुनै कसर बाँकी नराख्ने उनले बताए । 

    मङ्गलबारदेखि सीताको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ । उनको हात भाँचिएको छ । 

चिकित्सा शिक्षामा पनि नेपाली सेनानै अब्बल

    नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान मेडिकल शिक्षा प्रदान गर्ने  अन्य  कजेलको तुलनामा  अब्बल देखिएको छ । संस्थानको सातौँ वार्षिकोत्सवका अवसरमा भण्डारखालमा आयोजित समारोहमा छोटै समयमा नै विश्वजगतमा प्रतिस्पर्धी गर्नसक्ने जनशक्ति उत्पादन गर्न सफल भएकाले उच्च शिक्षा हासिल गर्न चाहनेका लागि पहिलो रोजाइँ बन्न सफल भएको जानकारी दिइयो । 

    उक्त संस्थानद्वारा सञ्चालित चिकित्सा शिक्षा, नर्सिङ शिक्षा र पोलिटेक्निकल शिक्षामा अहिले एक हजार ३६० भन्दा बढी छात्रछात्रा अध्ययनरत छन् । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानद्वारा सञ्चालित वार्षिक परीक्षाका संस्थाले सर्वाेत्कृष्टसहित शतप्रतिशत नतिजा हासिल गर्न सफल हुर्दैआएको छ ।

    समारोहमा चिकित्सा शिक्षा, नर्सिङ शिक्षा र  पोलिटेक्निकल शिक्षाको विभिन्न तहमा सर्वाेत्कृष्ट अङ्क ल्याउने छात्रछात्रालाई नगद पुरस्कार एवं पदक प्रदान गरिएको थियो । समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले अनुकूल शैक्षिक वातावरणमादक्ष एवं व्यावसायिक जनशक्ति उत्पादन गरी नेपाली सेना र समग्र राष्ट्रका गुणात्मक स्वास्थ्यको सेवाको क्षमतावृद्धि गर्ने उद्देश्यले संस्थालाई सर्वाेत्कृष्ट बनाउन भइरहेको प्रयासको सरहना गरे । 

बलात्कृत किशोरीको स्वास्थ्य अवस्थाबारे जानकारी 

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बलात्कारमा परेकी धनुषाकी एक  किशोरीको अवस्थाबारे जानकारी लिएका छन् । गत वैशाख १५ गते बलात्कारमा परेकी ती किशोरीको ललितपुरस्थित पाटन अस्पतालमा उपचार भइरहेको छ । 

    उनले सोही अस्पतालमा पुगी स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन् । बलात्कार गरेको आरोपमा सोही जिल्लाका ३३ वर्षीय राजकुमार साहलाई गत वैशाख १६ गते नै प्रहरीले पक्राउ गरिसकेको छ । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x