×

NMB BANK
NIC ASIA

खगेन्द्रको निर्देशनमा चलचित्र ‘पानीफोटो’ बन्ने

जेठ २०, २०७६

NTC
Premier Steels

काठमाडौं - कलाकार, लेखक तथा नाटक निर्देशक खगेन्द्र लामिछानेले अब चलचित्र निर्देशन गर्ने भएका छन् ।

Muktinath Bank

खगेन्द्रको निर्देशनमा ‘पानीफोटो’ नामक चलचित्र बन्ने भएको हो । राजधानीमा एक कार्यक्रमकाबीच आईतबार चलचित्र निर्माणको औपचारिक घोषणा गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

टुकी आर्टस् प्रा.ली र मञ्जुश्री फिल्म प्रोडक्सनको ब्यानरमा बन्ने चलचित्रमा रोजिना सिटौला र रबिन्द्र बज्राचार्यको लगानी रहनेछ् । चलचित्रमा खगेन्द्रकै कथा रहनेछ् । पन्ध्र वर्ष अगाडि बेपत्ता भएको आफ्नो छोराको पर्खाइमा बसेका बाबुआमाको कथामा चलचित्र बन्ने लेखक, निर्देशक तथा कलाकार खगेन्द्रले जानकारी दिए । ‘पानीफोटो’ ८ वर्ष अगाडी मञ्चन भएको खगेन्द्रकै नाटक ‘पानीफोटो’बाट अनुरुपण गरिएको हो । 

Vianet communication

चलचित्रमा खगेन्द्रका साथमा सुनील पोखरेल, निशा शर्मा पोखरेल, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ्ग, बुद्धि तामाङ्ग, कमलमणी नेपाल, आशान्त शर्मा, श्याम कुमार खड्का लगायतको अभिनय रहनेछ् ।
‘यो चलचित्र निर्देशन गर्नु मेरा सपनाहरु मध्येको एक सपना हो’ घोषणा कार्यक्रममा खगेन्द्रले भने, ‘विगतका चलचित्रबाट सिकेका कुरालाई सदुपयोग गरि इमान्दारितापूर्वक चलचित्र बनाउनेछु ।’ आउँदो भदौबाट सुटिङ सुरु हुने चलचित्र काठमाडौं, चितवन, स्याङजा र रोल्पामा छायाँकन गरिनेछ ।

दीपक बज्राचार्यले खिच्ने चलचित्रलाई निमेष श्रेष्ठ र अर्जुन कार्कीले सम्पादन गर्नेछन् । खगेन्द्र जीवन्त अभिनय गर्ने कलाकारमा पर्छन् । यसअघि उनले ‘टलकजंग भर्सेज टुल्के’ ‘पशुपति प्रसाद’, ‘धनपती’, ‘डम्बरुको डण्डिबियो’, ‘जय भोले’ लगायतका चलचित्रमा अभिनय गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x