पुस १०, २०८०
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । उ...
हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् ।
अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति दिँदै यो जोडी वर्षौपछि स्टेज शोमा फर्किएको थियो । त्यसपछि धादिङको धार्केमा आयोजित महोत्सवमा पुगेर प्रस्तुति दिएको जोडीलाई देशका विभिन्न जिल्लामा भइरहेका मेला महोत्सवबाट अफरको ओइरो लागेको छ ।
थुप्रै महोत्सवमा आफूहरूको प्रस्तुति तय भइसकेको धुर्मुसले जानकारी दिए ।
पुस २९ गते उनीहरूले ‘सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टिकापुर महोत्सव’ कैलालीमा प्रस्तुति दिँदैछन् ।
माघ १ गते ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’ कैलाली अत्तरियामा प्रस्तुति दिनेछन् । त्यस्तै, माघ ३ गते कैलालीकै बाँसगढीमा आयोजित महोत्सवमा यो जोडीको प्रस्तुति रहनेछ । माघ ५ गते ‘बर्दिया राजापुर महोत्सव’मा पुग्ने उनीहरूले ६ गते ‘राप्ती लुम्बिनी प्रादेशिक कृषि तथा पर्यटन महोत्सव’ दाङको भालुवाङमा पुगेर प्रस्तुति दिनेछन् ।
माघको ८ गते ‘आरुघाट महोत्सव’ गोरखामा यो जोडीको प्रस्तुति रहनेछ । अरू थुप्रै मेला महोत्सवका लागि कुरा भइरहेको उनीहरूले जनाएका छन् ।
महोत्सवमा उनीहरू दुबैजना धुर्मुस र सुन्तलीको क्यारेक्टर पोसाकमा प्रस्तुत हुने गरेका छन् । वर्षौपछि स्टेजमा फर्किएका उनीहरूलाई देख्न र प्रस्तुति हेर्न पोखरा र धादिङको महोत्सवमा दर्शकहरुको बाक्लो भीड लागेको थियो ।
उनीहरूले अब स्टेज कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् । २०७२ सालपछि यो जोडी बस्ती निर्माण, वीर अस्पतालमा रंगरोगन तथा रंगशाला निर्माण लगायतका सामाजिक काममा सक्रिय रहेका थिए ।
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । उ...
गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...
सुन्दर खनालले क्यारिकेचर गर्न थालेको कक्षा १० मा पढ्दादेखि हो । त्यो बेला हास्य टेलिश्रृङ्खला ‘मेरी बास्सै’को लोकप्रियता उचाइँमा थियो । सुन्दरको स्कुलमा टेलिश्रृङ्खलालाई लिएर साथीहरूबीच चर्चा हुन्थ्यो । ...
ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि । ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ । चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...
मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...