×

NMB BANK
NIC ASIA

सुर्खेत – अबको केही महिनामा नै तीज गीतको बाढी आउने गर्छ । कतिपयले नयाँ गीतमा नाचेर आनन्द लिने गर्छन् भने कतिपयले पुराना, मुखैमा झुण्डिएका गीतको सहारा लिएर नृत्य गर्छन् ।

Muktinath Bank

तीज गीतमा पछिल्लो समयमा विकृति नआएका पनि होइनन् तर पनि केही सर्जक यस्ता छन्, जसले तीज पर्वको रौनकता, मौलिकतालाई जगेर्ना गर्ने निरन्तर प्रयास गर्दै सफलता पनि पाइरहेका छन् । ती मध्येका एक हुन् कर्णालीका हरि विष्ट ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लोकदोहोरी गीतबाट अवार्ड पाइसकेका हरि विष्ट पछिल्लो समय शब्द–रचना, अभिनय, संगीत, नृत्य निर्देशन गर्ने प्रतिभाका धनीका रुपमा कर्णालीमा स्थापित हुँदै गएका छन् । वीरेन्द्रनगरमा व्यवसाय गर्दै आइरहेका सर्जक विष्ट नेपाल तरुण दल सुर्खेतका अध्यक्ष पनि हुन् । उनले विभिन्न समयमा अनाथ, असहाय, मृर्गाैला पीडितलाई आर्थिक सहयोग गर्दै सामाजिक क्षेत्रमा समेत योगदान गर्दै आइरहेका छन् ।


Advertisment
Nabil box
Kumari

काँकरीको फूलै फुल्यो आँगनीको डिलैमा
सधैंभरि राखे आमा तिम्रो डिलैमा
किन छेक्छस् मेरै माइती रम्मझम्म बादलु
फाटि दे बादलु हेर्छु म माइतीको देश 

Vianet communication

यो तीज गीतका शब्द संगीत, कथा निर्देशक हुन् हरि विष्ट । उनको तीज गीत अहिले पनि प्रख्यात छ देश विदेशमा । धेरैको मुखमा झुण्डिएकाले पनि होला, उनको यो गीत अहिले पनि हरेक स्टेजमा धेरै सुनाइन्छ तीजको समयमा ।

रैछ डिम्पल नजरै गढ्यो
झट्ट हेर्दा यही माया मनपर्‍यो
सुर्खेत बुलबुले जाउँला
नाँचौंला मादलु तालैमा ।।

सर्जक हरि विष्टको झ्याउरे गीतमा सबैभन्दा बढी रुचाइएको यो गीत पनि एक हो । यो गीत भिडियो छायांकन नहुँदै लोकप्रिय भएको थियो ।

तिम्रो फोटो सिरानी मुनि
फोटोसँग बोलेर नहुनि,
दाँत ओठ खोलेर हाँस
मेरो माया नभइदेऊ निराश ।।

विष्टकै एल्बम तिम्रो फोटो लिइएको गीतको टुक्रा हो यो । अत्यन्तै मन पराइएको यो गीत अहिले पनि कर्णालीमा चर्चित नै छ ।

१ सयभन्दा बढी गीतको निर्देशन, शब्द संकलन गरिसकेका गायक विष्टले ३ वटा गीतमा मात्रै आफ्नो स्वर दिएका छन् । ‘तिम्रो फोटो’ बजारमा आइसकेको छ । अबको केही दिनमा नै ‘मायाको रुमाल’ गीत आउँदैछ ।

विद्यालय जीवनमा नै टेकराज भारतीले उनलाई नृत्य सिकाए । उतिबेलादेखि नै गीत संगीतप्रति मोह जागेको सर्जक विष्टले बताए । २०४५ सालमा राजा वीरेन्द्रको जन्मोत्सवका अवसरमा आयोजना गरिएको नृत्य प्रतियोगितामा तृतीय स्थान हासिल गर्न सफल विष्टले कलाकारिता क्षेत्रमा नै भविष्य खोज्ने निष्कर्ष निकालिसकेको बताउँछन् ।

‘त्यतिबेला म कापीमा केही गीत रचना गर्ने गर्थें, नृत्य भने सधैं गर्ने गर्थें,’ बाल्यकाल स्मरण गर्दै उनले लोकान्तरसँग भने, ‘तृतीय स्थान हासिल गरेपछि त मैले दुनियाँ नै जितेकोजस्तो उतिबेला महसुस गरेको थिएँ ।’ उतिबेला विष्टले गाउँघरमा हुने बिहेमा, पूजामा दोहोरी गाउने गर्थे तर उनले गायन क्षेत्रलाई त्यतिबेला खासै महत्त्व भने दिएनन् ।

\‘मिलन क्लब ढोडेखालीमा स्व. यज्ञ गुरुङ मेरा गुरु हुनुहुन्थ्यो । उहाँले हामीलाई नृत्य सिकाउनुहुन्थ्यो । मगर संघद्वारा आयोजना हुने कार्यक्रममा मामा पर्ने ललित सिंजालीले नृत्य सिकाउनुभयो २०५० सालतिर,’ उनले भने, ‘विद्यालय जीवनदेखि नै शब्द लेख्ने गरेको थिएँ । रेकर्ड चै गरेको थिएन ।’

उनले तीजतर्फ अवार्ड पाइसकेका गीतमा ‘सम्झना माइतीको एल्बमबाट ‘कि आउँछ सम्झना माइती देशको’ समयमा नेपालमा तीज सम्बन्धी अवार्ड शुरू भएको थिएन । ‘बजाइदेउ ताली तररर’बाट छायाँ छवि तीज अवार्ड प्राप्त गरेका विष्टले ‘तर्न सकिन, आइन बरिलै’, ‘तीजको दरखाने बेला’, ‘पानी सलल’, ‘हेर्छु म माइतीको देश’, ‘नदी तीरैमा’, ‘आँउछ तीज बर्खाको झरीझैं’, ‘माइती देश सम्झेर’, ‘माइतीको आश’ लगायत दर्जनौं रहेका छन् ।

लोकगीततर्फ पनि उनले अवार्ड पाएका छन् । ‘उकाली ओराली धाइरहुँला (आइयू), ‘बाँच्नका लागि भएपनि’, ‘सुर्खेत बुलबुले जाँउला’, ‘गाईखाने के कसम खाने’ लगायतका ३ दर्जनभन्दा बढी गीत बजारमा आइसकेका छन् ।

आधुनिकतर्फ उनले रचना गरेका गीतमा ‘मिलनमा हुँदो रैछ जीवन प्यारो’, ‘निष्ठुरीको छेउमा रुनु लगायतका गीत बजारमा आइसकेका छन् । राष्ट्रिय गीतमा उनले ‘बुद्धको हो यो जन्मभूमि’, ‘कोही निडर भन्छन् मलाई’ लगायतका गीत बजारमा आइसकेका छन् ।

गीत रचना गर्न गाह्रो हुने गरेको उनी बताउँछन् । राजनीति, व्यवसाय र समाजसेवासँगै कलाकारिता गर्दै आइरहेका विष्ट आफूले रातिको समयमा मात्रै रचना संकलन तथा सम्पादन गर्ने गरेको बताउँछन् । ‘गीत रचना गर्न कठिन छ । समय व्यवस्थापन गर्न गाह्रो छ,’ उनी लोकान्तरसँग भन्छन्, ‘मेरो बारेमा अरुलाई कुरा गर्न समय मिलोस् तर मलाई अरुको बारेमा कुरा गर्ने समय नमिलोस् भन्ने धारणा राख्छु । राति समाज सुनसान भएपछि मेरो सिर्जना शुरू हुन्छ ।’ उनले हालसम्म १५ वटा राष्ट्रिय अवार्ड प्राप्त गरिसकेका छन् । कलाकार विष्ट अहिले डिजिटल युगले सबैलाई सजिलो बनाइदिएको बताउँछन् । ‘पहिले स्वर परीक्षा पास गर्नैपर्ने हुन्थ्यो तर अहिले प्रविधिको प्रयोगले जसले पनि जतिबेला पनि हिट हुने वातावरण बनेको मेरो निष्कर्ष छ ।’ 

उतिबेलाको समय स्मरण गर्दै उनी भन्छन्, ‘पहिलोपटक गीत बनाएको तर कसरी रेकर्ड गर्ने तरिका थाहा नपाएको उनको अनुभव छ । उतिबेला राजेन्द्र खड्गी दाइको सहयोगमा स्टुडियोमा पुगेको थिएँ । चिनजान भयो ।’ उनले बढी तीजमा फोकस गर्नुको कारणबारे यसरी बेलिविस्तार लगाए । ‘तीज फेस्टिबल संस्कृतिको धार छोडेर गलत बाटो, भड्किलोतर्फ लम्किरहेको थियो । मुलधारमा महिलाको बेदनासँग जोडिएको संस्कार हराउँदै गएको थियो । चेलीले माइत जान अहिलेको जस्तो सुविधा थिएन । ७–१० दिन हिँड्नुपर्ने हुन्थ्यो । माइती र चेलीको भेट तीजमा नै भेट हुन्छ भन्ने मान्यता उतिबेला सर्वत्र व्याप्त थियो । नितान्त महिलाले नै गाउने र महिलाले नै नाच्ने गीत म र सुन्दरमणिले नै शुरू गरेका हौं र अहिले पनि हामी त्यही गरिरहेका छौं । मेरो उद्देश्य प्राप्त भएको छ । सही धारमा फेस्टिबल फर्किसकेपछि सायद अब म तीजभन्दा अन्य गीतमा ध्यान दिन्छु,’ उनले भने ।

उनले एकै गीतले पनि कलाकारलाई लोकप्रिय बनाउने गरेको बताए । ‘श्याम गुरुङ दाईले छिनको छिनैमा गाएर उहाँ संसारभरि चिनिनुभयो । उहाँलाई अमेरिका पुर्‍यायो । सर्जकलाई पछिल्लो समय अत्यन्तै अवसर छ तर गुणस्तरीय हुनुपर्छ,’ उनले भने ।

अहिले सबैभन्दा धेरै लोकगीतले बजार लिएको बताए । त्यसमा भाव, विकास, समृद्धि जोडिएको उनको विश्लेषण छ । ‘खोलापरी निरमाया वारी म रुने गीतले सरकारलाई गीतको भावमार्फत पुल बनाउन दबाब दिएको छ । देशमा विकास चाहिन्छ, खोलामा पुल चाहिन्छ भनेर दबाब दिएको छ,’ उनले भने ।

अभिनय क्षेत्रमा जम्न खोजिरहेको उनले बताए । ‘३ वटा चलचित्र खेलिसकेको छु । अग्निपथ, बाटुली हुँदै चलचित्र जलजलामा नायकको भूमिकामा मलाई हेर्न सक्नुहुन्छ । २ वटा म्युजिक भिडियोमा पनि मैले मोडलिङ गरिसकेको छु । मेरो जीवन गीत संगीतसहित अभिनय क्षेत्रमा सर्मपित गर्ने योजना बनाएको छु,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

फागुन २८, २०८०

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x