माघ २, २०८०
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
साउन ६, २०७६
काठमाडौं – प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको सोमवार परेको ३७ औं स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विक्रम संवत् २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली राजनीतिमा मात्र नभइ साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्याएका छन् ।
कोइराला २०१५ सालको संसदीय निर्वाचनपछि २०१६ को जेठमा पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।
प्रत्यक्ष सहकार्य नगरेपनि झापा आन्दोलनका एक अभियन्ता राधाकृष्ण मैनालीले बीपीलाई नजिकबाट चिनेका छन् । फरक–फरक राजनीतिक पृष्ठभूमि भएपनि मैनालीले बीपीलाई देशका लागि लड्ने एक इमान्दार योद्धा भएको टिप्पणी गरे ।
मैनालीलाई लोकान्तरले बीपीको चिन्तन अहिले कत्तिको सान्दर्भिक छ भनेर सोध्यो । मैनालीले बीपीको चिन्तन कहिल्यै पुरानो नहुने प्रतिक्रिया दिएका छन् । प्रस्तुत छ लोकान्तरका लागि ईश्वर अर्यालले मैनालीसँग गरेको कुराकानीको सम्पादित अंश :-
बीपीसँग मेरो प्रत्यक्ष भेटघाट र सहकार्य चाहिँ होइन । राजनीतिक आन्दोलनमा म जन्मिनुभन्दा पहिलादेखि लाग्नुभएको मान्छे हो उहाँ । नेपालको राजनीतिक आन्दोलनमा उहाँजत्तिको भूमिका खेल्ने मान्छे अर्को छैन भन्ने त ध्रुव सत्यजस्तै हो । उहाँ नेपाली कांग्रेसको नेता भएर पनि देशका लागि लड्ने लड्ने इमान्दार योद्धा हो ।
बीपीले भारतको हितमा काम गर्छन् भन्ने भ्रम
शुरू–शुरूमा उहाँको बारेमा एउटा भ्रम थियो । नेपालको हितभन्दा पनि भारतको हितका लागि काम गर्नुहुन्छ कि भन्ने भ्रम थियो । कांग्रेसइतर शक्तिहरूको बीचमा यस्तो भ्रम धेरै रह्यो तर जब जनताको दुईतिहाइ मतसहित प्रधानमन्त्री बन्नुभयो र राष्ट्रहितका लागि कदम चाल्नुभयो त्यसपछि त्यो भ्रम केही हट्यो । २०१७ सालपछिका घटनाक्रमले उहाँ साँच्चिकै विदेशीमुखी होइन कि राष्ट्रलाई चाहिने देशको स्वाभिमानकै पक्षमा हुनुहुँदो रहेछ भन्ने प्रमाणित भयो ।
राष्ट्रिय–अन्तर्राष्ट्रिय शक्ति केन्द्रकै कारण जेल
उहाँलाई थुनामा राखेर जसरी निर्दलीय पञ्चायत ल्याइयो, त्यसमा भारतीय पक्षको हात रह्यो । त्यो भारतीय भूमिकालाई नेपालका राजाहरूले आफ्नो पक्षमा प्रयोग गरे ।
उहाँ एउटा नेपालको निम्ति चाहिने राष्ट्रिय ‘एलिमेन्ट’ हो र उहाँ राष्ट्रिय चिन्तनले भरिएको व्यक्तित्व हो भन्ने कुराको पुष्टि त्यसरी भएको थियो । उहाँको जेल जर्नल लगायतका लेख रचनाले पनि त्यो पुष्टि गरेको छ र व्यावहारिक सच्चाई पनि त्यही थियो ।
उहाँको चिन्तन भनेको के हो भने प्रजातन्त्र र राजतन्त्रलाई मिलाएर सहमतिका साथ जानुपर्छ भन्ने थियो । सबै राजनीतिक शक्तिलाई एकठाउँमा राखेर सल्लाह र सहमतिमा देशलाई अघि बढाएर लैजानुपर्छ भन्ने थियो ।
बीपीको आर्थिक दर्शन मार्क्सवादी
आर्थिक दर्शनका हिसाबले उहाँ मार्क्सवादबाट प्रभावित हुनुहुन्थ्यो । उहाँमा मार्क्सवादी रुझान रहेको मैले देखेको छु । उहाँको आर्थिक चिन्तन मार्क्सवादी नै थियो भन्ने कुरा त उहाँ मजदूरका पक्षमा लड्नुभएको लडाइँले नै पुष्टि गरेको छ । सामाजिक रूपमा भने उहाँ डेमोक्रेटिक टाइपको व्यक्तित्व हो । अनि अब राष्ट्रिय रूपमा भन्ने हो भने राष्ट्रिय शक्ति सबैलाई एक ठाउँमा राखेर राष्ट्रिय मेलमिलापका साथ अघि बढ्नुपर्छ भन्ने नै उहाँको चिन्तन हो ।
उहाँको चिन्तनमा राजतन्त्र पनि थियो, उहाँको चिन्तनमा डेमोक्रेसी पनि छ, उहाँको चिन्तनमा राष्ट्रिय स्वाभिमान पनि छ । यी ३ वटै तत्वलाई समावेश गरेर लाग्ने एउटा राष्ट्रिय जागरणका लागि प्रजातान्त्रिक लडाकुको रूपमा उहाँ स्थापित हुनुभयो ।
मैले पनि पछिल्लो समयमा यसरी नै चिनेको थिएँ । यही कारणले उहाँलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय शक्तिहरूले अघि बढ्नबाट अवरोध गर्दै आइरहेका थिए । नेपालको राजतन्त्र आफूबाहेक अरू शक्तिलाई उभिन नदिने, आफूबाहेक अरूको अस्तित्वलाई नस्वीकार्ने हिसाबले राजतन्त्र अघि आइसकेपछि नेपालमा गणतन्त्र नै आयो । आफ्नै कारणले राजतन्त्र सिद्धिएको हो । बीपीले पञ्चायतको विरोध गरेकै कारण राजतन्त्र सिद्धिएको होइन ।
बीपी नेपाली राजनीतिको जीवन्त शक्ति
राजतन्त्रले प्रजातन्त्रलाई साथसाथै लिएर हिँड्न सकेन । बीपीको विचारलाई राजतन्त्रले मानिदिएको भए सायद अहिलेको गणतन्त्र आउने थिएन । गणतन्त्र आइसकेपछि देखिएको राजनीतिक संकट पनि हल हुन्थ्यो ।
बीपीको चिन्तन अहिले पनि देशलाई आवश्यक छ भन्ने कुरा गणतन्त्रपछिको राजनीतिक संकटले पनि पुष्टि गर्छ । नेपाली राजनीतिमा बीपीलाई अहिले पनि जीवन्त शक्तिको रूपमा नै मान्नुपर्ने आवश्यकता छ ।
कांग्रेसले बिर्सियो बीपीलाई
नेपाली कांग्रेसले पछिल्लो समयमा बीपीलाई बिर्सिएको सत्य हो । बीपीको समाजवाद अहिले नेपाली कांग्रेसमा खोजेर पाइँदैन । बीपीले भनेको राष्ट्रिय मेलमिलाप अथवा सबै शक्तिलाई अगाडि लिएर जानुपर्छ अर्थात् प्रजातन्त्रलाई हटाएर राजालाई लिएर जान पनि सकिँदैन, राजालाई हटाएर प्रजातन्त्र अगाडि पनि बढ्दैन भन्ने बीपीको मान्यताबाट कांग्रेस मुक्त भयो ।
प्रजातन्त्रप्रति त्यति प्रतिबद्ध नभएको कम्युनिस्ट शक्तिलाई बहुदलीय पद्धतिमा ल्याउन कांग्रेस सफल भयो । एकदलीय चिन्तन बहुदलीय चिन्तनमा जानुपर्छ भन्ने मदनको जुन आग्रह आयो र उहाँको आग्रहपछि माओवादी पनि समावेश हुनुपर्यो । त्यसो हुँदाहुँदै पनि एउटा परम्परागत शक्तिलाई पनि अगाडि लैजानुपर्छ भन्ने बीपीको चिन्तन कांग्रेसले बिर्सियो ।
गणतन्त्र आयो तर गणतन्त्रको नयाँ रूपलाई स्थायित्व दिने खालको सोच न कांग्रेसमा आयो, न त बहुदलीय चिन्तनमा रूपान्तरण भएका कुनै कम्युनिस्टमा आयो ।
कांग्रेसलाई पनि अहिले के परेको छ भने देशमा कांग्रेस कमजोर भएको छ, त्यसैले लोकतन्त्र पनि कमजोर भएको छ भन्ने परेको छ । देशको राष्ट्रियता पनि कमजोर भयो भन्ने अहिले कांग्रेसलाई परेको छ । बीपीकै बाटोमा हिँड्ने विषयमा कांग्रेसभित्र पुनर्विचार भइरहेको छ जस्तो मलाई लाग्छ । कांग्रेससँग अर्को बाटो छैन ।
बीपीको चिन्तन बोक्ने नेताको अभाव
वैचारिक हिसाबले नेपालमा अहिले कोही नेता छैन । वामपन्थीमा पनि विचारको खडेरी छ । नेपाली कांग्रेसको सन्दर्भमा वैचारिक र सैद्धान्तिक नेता कोही छैनन् । ठूलो खडेरी परेको छ ।
कोइराला फेमिलीले बीपीको विचारलाई राजनीतिकरण गर्न खोजेका होलान्, बीपीकै बाटोमा अन्य राजनीतिक शक्तिलाई समेटेर लैजाने पहल गरेकोजस्तो त देखिन्छ तर त्यो सारमा ‘जेनेटिक पोलिटिक्स’ मात्र हो । साँच्चिकै बीपीकै दर्शनलाई अंगालेर कांग्रेसलाई त्यही अनुरुप अघि लैजाने नेताहरू अहिले देखिएका छैनन् ।
झिनामसिना कुराहरू उठाउन खोजेकोजस्ता देखिन्छ तर कोइराला परिवारका ३ जना नेताहरूमा वैचारिक अडान भने छैन । भोलि विचारमा एकता गरेर बीपीको मार्गनिर्देशनका पक्षमा अडान बन्यो भने अर्कै कुरा भयो । अहिलेसम्मको स्थितिमा बीपीकै विचार या राष्ट्रलाई समेट्ने हैसियतमा कांग्रेसका कुनै पनि नेताहरू देखिएका छैनन् ।
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...