×

NMB BANK
NIC ASIA

रोष्ट्रममा उभिएर ओलीको ४५ मिनेट लामो सम्बोधन– प्रणालीको रक्षाका लागि एकताबद्ध हुन आह्वान

भदौ १, २०७६

NTC
Premier Steels

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा झण्डै ४५ मिनेट लामो सम्बोधन गरेका छन् । 

Muktinath Bank

स्वास्थोपचार गरेर गतसाता मात्र स्वदेश फर्केका ओलीले संसदको रोष्ट्रममा पौने घण्टा उभिएर सम्बोधन गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अन्य बेला प्रतिपक्षी दल नेपाली कांग्रेसप्रति आक्रामक देखिने ओली आज संयमित देखिए । प्रणाली उल्ट्याउन चलखेल गरिरहेको भन्दै उनले राजतन्त्रका समर्थकप्रति सरकार कडा हुने संकेत भने गरे ।


Advertisment
Nabil box
Kumari

प्रणालीको रक्षाका लागि सबै दल र नेताहरू एकताबद्ध हुनु अपरिहार्य रहेको उनको भनाइ थियो ।

Vianet communication

‘सम्पूर्ण राजनीतिक दललाई आग्रह गर्न चाहन्छु, संसद्को गरिमा कायम राख्ने कुरामा ध्यान दिऔं, त्यसै अनुसार अगाडि बढौं । बीचमा कुनै कमी–कमजोरी देखिए सच्याएर अगाडि बढौं,’ ओलीले भने, ‘लोकतन्त्र, प्रणालीको रक्षा र देशमा आर्थिक विकासका लागि एकजुट भएर अगाडि बढ्न जरुरी छ । एकताका लागि सबै पार्टी, दलका नेताहरूलाई राष्ट्रव्यापी रूपमा एकताबद्ध भएर अगाडि बढ्न आह्वान गर्दछु ।’

अर्को चुनावपछि आफूलाई पदमा बस्न मन नभएको उनले बताए ।

'सरकार जाने भयो, प्रधानमन्त्री लगलग काँपेका छन् भन्ने पनि सुनिन्छ । पद नगएको दुनियाँमा कोही देखेको छैन, राजा–महाराजा, सम्राट वादशाह सबैको पद जान्छ,' प्रधानमन्त्री ओलीले भने– 'आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन । निर्वाचनसम्म धैर्य गरिदिन आग्रह गर्दछु ।'

ओलीले शान्ति प्रक्रियासँग जोडिएको सत्य निरुपण तथा मेलमिलाप आयोग गठन यसै साता गर्ने तयारी रहेको जानकारी दिए ।

संसद्‍मा सम्बोधनका लागि असार ३ गते रोष्ट्रममा पुगेपनि प्रतिपक्षी दलको विरोधका कारण ओलीले सम्बोधन गर्न पाएका थिएनन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x