कात्तिक १८, २०८०
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
काठमाडौँ-प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले देशको राजधानी एवं सांस्कृतिक शहर काठमाडौँ तथा यहाँबाट बाहिर जोडिने प्रमुख सडकको अवस्था जीर्ण भएकोतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।
बैठकको शून्य समयमा बोदै सांसद राजेन्द्रकुमार केसीले बल्खु–दक्षिणकाली सडक निर्माणको केही समय बित्न नपाउँदै बिग्रेकाले अनुगमन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई अनुरोध गरे ।
भारतीय एक्जिम बंैकको ऋण सहयोगले बनाएको सडक पूरा नहुँदै भत्केकाले गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीलाई कानूनी कारवाहीको दायरामा ल्याउन पनि स्थलगत निरीक्षण गर्न उनले माग गरे ।
सांसद रामवीर मानन्धरले सांस्कृतिक शहर काठमाडौँमा ठेक्का भइसकेका सडक अलपत्र रहेको सुनाउँदै मेलम्चीले पाइप बिछ्याउन खनेका सडकका कारण जनताले सास्ती खेप्नुपरेको बताए । मेलम्चीको काम छिटो सकेर सडकको काम सम्पन्न गर्नुपर्ने उनको भनाइ थियो ।
सांसद विमला नेपालीले दलित आयोगमा पदाधिकारी रिक्त रहेको लामो समय हुँदा दलितका मुद्दा ओझेलमा परेको बताइन् । सांसद भीमसेनदास प्रधानले विश्वविद्यालयमा पदाधिकारीको अवधि सकिन लागेकाले नियुक्ति सम्बन्धमा भइरहेका गतिविधि पारदर्शी बनाई प्राज्ञिक मर्यादा कायम हुने गरी छनोट गर्न ध्यानाकर्षण गराए ।
सांसद महेश बस्नेतले भक्तपुरमा खेलकूद मैदान निर्माणमा ढिलाइ गर्न नहुनेतर्फ सचेत गराए । सांसद महेश्वरजङ्ग गहतराजले पत्रकार शालिकराम पुडासैनी आत्महत्याको घटनापछि कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउ परेको विषयलाई लिएर हुलहुज्जत भइरहेकाले प्रहरीले अनुसन्धान गर्न पाउनुपर्ने विचार राखे ।
सांसद मीनबहादुर विश्वकर्माले लोकसेवा आयोगले समावेशी सिद्धान्तविपरीत प्रकाशन गरेको विज्ञापन खारेज गरी अर्को प्रकाशन गर्न माग गर्दै शनिबार भएको प्रदर्शनमा नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष जगत बराम लगायत माथि प्रहरीले बल प्रयोग गरी पक्राउ गरेको घटनाको निन्दा गरे । समावेशी सिद्धान्तका सम्बन्धमा संवैधानिक व्यवस्था कार्यान्वयन गर्न उनले माग गरे ।
सांसद मीना सुब्बाले सामुदायिक वन व्यवस्थापन पारदर्शी हुन नसकेको बताउँदै समुदायले जम्मा गरेको पैसा कहाँ छ भनी प्रश्न राखे । सांसद मीना पाण्डेले सर्लाहीमा वन फाँडेर केही स्थानीय तहले सुकुम्बासीका नाममा बस्ती बसाउन लागेको घटना के हो भनी जिज्ञासा राखिन् ।
सांसद मोहन बानियाँले मुगुमा शनिबार आएको बाढीले पानीको मुहानमा क्षति पुगेकाले पीडितलाई राहत दिन माग गरे । सांसद यज्ञराज सुनुवारले पत्रकार शालिकराम पुडासैनी आत्महत्या घटनामा सत्यतथ्य पत्ता लगाई सार्वजनिक हुनुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गराए ।
सांसद यशोदा गुरुङ सुवेदीले लोकसेवा आयोगले त्रुटिपूर्ण विज्ञापन गर्दा सडकमा विरोध भइरहेको र प्रदर्शनकारीमाथि हस्तक्षेप भइरहेको बताए । सांसद रङ्गमती शाहीले पार्टी प्यालेसमा तीज मनाउन लगाइएको प्रतिबन्ध गलत रहेकाले खारेज हुनुपर्ने बताउँदै वर्षभर कमाएको पैसाले महिलाले रमाइलो गर्न नपाउनु न्यायोचित नहुने विचार राखे ।
सांसद रामबहादुर विष्टले अछामका अस्पतालमा औषधि र स्वास्थ्यकर्मीसमेत नरहेकाले व्यवस्था गर्नुपर्नेमा जोड दिए । सांसद रामेश्वरराय यादवले साउन २४ गते त्रिशूलीमा खसेका बसका मृतक र अज्ञात अवस्थामा रहेका परिवारलाई राहत उपलब्ध गराउन माग गरे ।
सांसद लक्ष्मणलाल कर्णले तराई क्षेत्रमा सर्पदंशले बिरामीको तत्कालै निधन हुने गरेकामा उपचारका लागि एमबिबिएस चिकित्सकको व्यवस्था हुन नसक्दा धेरै जनताले अनाहकमा जीवन गुमाउनु परिरहेकोतर्फ ध्यानाकर्षण गराए ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...