मुक्तिनाथ विकास बैंक र रुपाकोट रिसोर्टबीच सहकार्य

भदौ २६, २०७६

काठमाडौं–मुक्तिनाथ विकास बैंक लि. र रुपाकोट रिसोर्ट, पोखराबीच एक सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्ड भएका सबै ग्राहकहरुले उक्त रुपाकोट रिसोर्टका विभिन्न सेवा सुविधामा १५% सम्मको विशेष छुट दिने व्यवस्था भएको छ ।

उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सी र रुपाकोट रिसोर्टको तर्फबाट बिकी्र प्रबन्धक पियुस लामाले हस्ताक्षर गरे  ।


ADVERTISEMENT

हालै मात्र मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१ देखि कार्तिक ३० गतेसम्म लागूहुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुसीको वहार’ अभियान सञ्चालन गरेको बैंकका प्रमुख सुचना अधिकारी श्री तिल बहादुर गुरुङ्गले बताए । 
 

भदौ २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार