बलिउड अभिनेत्री स्वरा भास्कर गइन् मन्दिर, चोरी भयो चप्पल (भिडियो)

भदौ २६, २०७६

काठमाडौं – भारतमा गणेश उत्सव चलिरहँदा मुम्बईको लालबागस्थित गणेश प्रतिमाको दर्शन गर्न बलिउड स्टारहरू गइरहेका छन् । 

मंगलवार राति अभिनेत्री स्वरा भास्कर पनि त्यहाँ दर्शनका लागि पुगेकी थिएन् । फर्किंदा भने उनी खाली खुट्टा भइन् किनकि मन्दिरमा उनको चप्पल कसैले चोरिदियो । 


ADVERTISEMENT

स्वराले इन्स्टाग्राममा एक भिडियो शेयर गरेर चप्पल हराएको कुरा बताइन् । 

स्वरा अहिले फराज आरिफ अन्सारीको फिल्म शीर खुरमामा काम गरिरहेकी छन् । फिल्ममा शबाना आजमी र दिव्या दत्ता पनि देखिनेछन् ।

एजेन्सी
 

भदौ २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस