×

NMB BANK
NIC ASIA

घरवास सञ्चालन गरेर आम्दानी गर्दै मुक्त कमैया महिला

असोज ३, २०७६

NTC
Premier Steels

कञ्चनपुर–आर्थिकरूपमा विपन्न कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका मुक्त कमैया  महिलाले विजयसाल सामुदायिक घरवास (होमस्टे) सञ्चाल गरी आम्दानी लिन थालेका छन् ।

Muktinath Bank

आन्तरिक पर्यटक घरवासमा आउन थालेपछि मुक्त कमैया महिलाले मासिक रुपमा रु ३० हजारभन्दा बढी आम्दानी गर्न थालेका हुन् । बास बस्न आउने पर्यटकलाई रोजेअनुसारको थारू परिकार पस्किने गरिएको छ । पतौला, मिसौला, स्थानीय जातका कुखुराको मासु, स्थानीय प्रजातिका माछा, ढिक्री, अन्तीधानको भात, हरियो तरकारी, लसुनको चटनी, घोघीलगायत परिकार उपलब्ध गराउने गरिएको घरवास सञ्चालक विस्पती चौधरीले बताए।
 
पाहुनालाई रोजेअनुसारको परिकार बनाएर खुवाउँदै आएका छौँ, उनले भने, “चाहेजस्तो सत्कार पाएपछि पाहुना बढ्दै गएका छन् ।” आन्तरिक तथा बाह्य पर्यटक बस्नका लागि सुविधायुक्त पाँच घर निर्माण गरिएका छन् । एक घरमा दुईदेखि चार जनासम्म पर्यटकलाई राख्न सकिने गरी गरबास निर्माण गरिएका छन् । प्रत्येक घरमा स्नानकक्षसहितको कोठा र शौचालयसमेत छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सञ्चालक चौधरीका  अनुसार घरवासमा आउने पर्यटकका लागि खानाका परिकारअनुसार रु १३० देखि रु ३०० सम्म तोकिएको र  मनोरञ्जनका लागि थारू संस्कृतिमा आधारित नृत्यहरु देखाउनका लागि नृत्यटोलीसमेत गठन गरिएको छ ।नजिकैका सामुदायिक वनभित्र रहेको पदमार्ग, चुरेसँगै जोडिएको सिस्ने क्षेत्र र विश्वकै संरक्षणको सूचीमा राखिएको कृष्णसार, लोपोन्मुख प्रजातिकोे विजयसाल हेरेर पर्यटक रमाउन सक्ने परदेशनी डगौराले बताए।
 
नगरपालिकाले घरवासको स्तरोन्नतिका लागि रु पाँच लाख खर्चेर खाजा घरसमेत निर्माण गरिदिएको छ । घरवासमा आउने पाहुनालाई सामूहिक रुपमा खाना खुवाउनका लागि  खाजाघर निर्माण गरिएको र यसबाट  न्यून आय भएका मुक्त कमैया समुदायका महिला आत्मनिर्भर हुनाका साथै लोप हुँदै गएको संस्कृति संरक्षणमा समेत टेवा पुग्ने कृष्णपुर नगरपालिकाका नगरप्रमुख कर्णबहादुर हमालले बताए।


Advertisment
Nabil box
Kumari

घरवासको प्रचारप्रसारका लागि छिट्टै व्यापारी प्रतिनिधिमण्डल, पर्यटन व्यवसायीलाई ल्याएर यस क्षेत्रको अवलोकन गराई प्रवद्र्धनमा टेवा पुर्‍याउने लक्ष्य लिइएको उहाँको भनाइ थियो । गत आवदेखि घरवास सञ्चालनमा ल्याइएको थियो ।
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x